Skip to main content

सामाजिक अध्ययनभन्नाले के बुझिन्छ ?सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्ध

 

एकाइ: १ सामाजिक अध्ययन तथा जीवनोपयोगी
शिक्षाको अवधारणा
पाठ: १
सामाजिक अध्ययन तथा जीवनोपयोगी
शिक्षाको अन्तरसम्बन्ध
•  अध्ययनभन्नाले के बुझिन्छ ?
उत्तरः सामाजिक अध्ययन भन्नाले मानव र उसको भौतिक,सामाजिक, राजनीतिक,सांस्कृतिक तथा आर्थिक वातावरणको वारेमा अन्तरक्रिया गरिने विषय भन्ने बुझिन्छ । यस अन्तर्गत मानिस र वातावरण तथ वातावरण र  मानिस बिचको दोहोरो अन्तरसम्बन्धका बारेमा अध्ययन गरिन्छ । यसमा सांस्कृतिक विविधता, सामाजिक अन्तरनिर्भता र तर्क  पूर्ण निर्णय लिन आवश्यक ज्ञान प्रदान गरिन्छ ।
• जीवनोपयोगी शिक्षा भन्नाले के बुझिन्छ ?
उत्तर: मानव जीवनका लागि आवश्यक एवम उपयोगी सिपहरू जसले व्यक्तिलाई स्वास्थ्य जीवनशैली, प्रतिस्पर्धि र सफल बन्नका लागि प्राविधिक एवम व्यवसायिक सिप प्रदान गर्दछ भने तेस्तो  शिक्षालाई जीवनोपयोगी शिक्षा भनिन्छ।
विस्वो स्वास्थ्य संगठनले जिवनौपयोगी शिक्षालाइ कति ओटा क्षेत्रमा बिभाजन गरेको छ?  उल्लेख गर्नु होस।
उत्तर: विश्व स्वास्थ्य सङ्गठनले सन 1999 मा जीवनोपयोगी सिप अन्तर्गत निम्नानुसारका ६ वटा मुख्य क्षेत्रहरू पहिचान गरेको छ।
•संञ्चार र अन्तरवैयक्तिक सिप
• निर्णय गर्ने र समस्या समाधान सिप|
•सिर्जनात्मक र समालोचनात्मक सोचाइ सिप
•आत्मजागरूकता र समानुभुती सिप
•दृढ़ता र समभाव वा आतमनियन्त्रण सिप
•उत्थानशिलता र समस्यालाई सम्बोधन गर्ने सिप

Comments

Popular posts from this blog

Factors affecting climate

 

social evils in Nepali society {Major tradition base social evils practice in Nepal }