लिच्छविकालीन नेपालको सामाजिक, राजनीतिक र आर्थिक अवस्था गौरव गर्न लायक थियो । यस भनाइलाई विभिन्न उदाहरणसहित पुष्टि गर्नुहोस ।

 

लिच्छविकालीन नेपालको सामाजिक, राजनीतिक र आर्थिक अवस्था गौरव गर्न लायक थियो । यस भनाइलाई विभिन्न उदाहरणसहित पुष्टि गर्नुहोस ।
लिच्छविकालीन नेपालको सामाजिक, राजनीतिक र आर्थिक अवस्था विभिन्न  कारणले गौरव गर्न लायक थियो लिच्छविकालीन नेपालको सामाजिक, आर्थिक,र राजनीतिक विशेषताहरु यस प्रकार रहेका छन
• लिच्छविकालीन नेपाल सामाजिक र राजनीतिक रुपले व्यवस्थित र आर्थिक रूपले सम्पन्न थियो ।
• लिच्छवि समाजमा बसोबास गर्ने १८ जातका मानिसहरू विच जातीय सद्भाव थियो
• सामाजिक कार्यका लागि प्रदीप गोष्ठी, पानीय गोष्ठी अर्चा गोष्ठी लगायतका विभिन्न गोष्ठीहरूको गठन गरिन्थ्यो ।
• परिवार पितृसत्तात्मक थियो तर समाजमा महिलाको पनि उत्तिकै सम्मान गरिन्थ्यो
• राज्जय शक्तिको विकेन्द्रीकरणका लागि राज्यलाई विभिन्न एकाइहरूमा विभाजन गरिएको थियो ।
• प्रशासन सञ्चालनका लागि विभिन्न अड्डाहरूको व्यवस्था गरिएको थियो।
• मूर्ति, काठका सामाना उनी कपासका कपडा। कम्बल, तेल आदि व्यावसायिक रूपमै ठूलो मात्रामा उत्पादन गरि बेचविखन गरिन्थ्यो।
• नेपालमा उत्पादिन उनका समान तथा उनको खपत तिब्बत र भारतमा हुने गर्दथ्यो ।
• विदेशमा व्यापार गर्ने व्यापारीको सुरक्षाका लागि चौकीहरु स्थापना गरिएको थियो ।
माथि उल्लेखित लिच्छवीकालीन नेपालको सामाजिक, आर्थिक र राजनीतिक विशेषताहरुको कारण सामाजिक, राजनीतिक र आर्थिक अवस्था गौरव गर्न लायक थियो ।

Comments