मध्यकालका नाम चलेका मल्ल राजाहरुको नाम लेखी तिनीहरुले गरेका सुधार कार्यहरूको सूची बनाउनुहोस् ।
उत्तर: उत्तर मध्यकालका नाम चलेका मल्ल राजाहरुले गरेका सुधारका कार्यहरू निम्नानुसार रहेका छन् :
जयस्थिति मल्ल:- जग्गालाई अब्बल, दोयम: सिम र चाहार गरी चार भागमा विभाजन; घर, जमिन बेचबिखन गर्न र बन्धक राख्न पनि पाइने व्यवस्था. जातिय पेसा र पहिरनको व्यवस्था
यक्ष मल्ल:- तोमडी टोलको मन्दिर, दत्तात्रय मन्दिर, यक्षश्वर मन्दिर,ललितपुरको भीमनाथ मन्दिर स्थापना
रत्न मल्ल:- तामाको मुद्रा प्रचलन; तलेजु मन्दिर निर्माण: पशुपतिमा सप्तर्षि र अष्टमातृकाका मूर्ति स्थापना
सिद्धिनरसिंह मल्ल :- पाटनको कृष्ण मन्दिर निर्माण, भण्डारखालको धारा पोखरी निर्माण
जगतज्योति मल्ल :- भक्तपुरमा विस्केट जात्रा सुरु गरेका
Comments
Post a Comment