गुठी र बिर्ताबिच कुनै एक भिन्नता उल्लेख गर्नुहोस्।

 

मध्यकालीन नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था
अति छोटो उत्तर दिनुहोस :
१. गुठी र बिर्ताबिच कुनै एक भिन्नता उल्लेख गर्नुहोस्।
उत्तरः गुठीको लागि छुट्याइएको जमिनलाई गुठी भनिन्दयो भने राजाले दान दिएको भूमिलाई बिर्ता भनिन्थ्यो ।
पञ्चकचहरी भनेको के हो ?
उत्तर- पञ्यकचहरी भनेको मध्यकालमा स्थानीय सामाजिक समस्या समाधान गर्न निर्माण गरिएको ५ जनाको समूह हो ।
मल्लकालीन नेपालमा प्रचलित कुनै दुई संस्कार कर्महरूको नाम लेख्नुहोस् ।
उत्तर: मल्लकालीन नेपालमा प्रचलित दुई संस्कार कर्महरु यस प्रकारका थिए:
अन्नप्रासन
व्रतवन्ध
भीम स्थारोहण कस्तो संस्कार हो ?
उत्तर: भीम रथारोहण ८० वर्ष उमेर पुगेका मानिसहरुलाई विशेष अनुष्ठान पछि रथारोहण गराउने नेवार समुदायको एउटा महत्त्वपूर्ण संस्कार हो ।
कस्तो प्रथालाई डोलाजी प्रथा भनिन्थ्यो ?
राजा महाराजाहरूले आफ्ना छोरीहरुलाई बिहे गरेर बाहिर नपठाई बेहलालाई घरमै ल्याएर बिहे गरिदिने प्रयालाई डोलाजी प्रथा भनिन्थ्यो 

पचपन्न झयाले दरबार कसले बनाएका हुन ?
उत्तर: पचपन्न भ्याले दरबार भुपतीन्द्र मल्लले बनाएका हुन्


Comments