नेपाल- चिन सम्वन्ध

 नेपाल- चिन सम्वन्ध

सामाजिक तथा सांस्कृतिक सम्बन्ध
नेपाल चीनबिचको सामाजिक तथा सांस्कृतिक सम्बन्ध परापूर्वकालदेखि रहँदै आएको छ । ७औं
शताब्दीमा नेपालकी राजकुमारी भृकुटीको विवाह तिब्बतका सम्राट सङ्चङ गम्पोसँग भएको
थियो । नेपाली भिक्षु तथा विद्वान बुद्धभद्र ५औं शताब्दीको सुरुमा, नेपाली सिल्पकार अरनिको ११औं
शताब्दीको उत्तरार्द्धमा चीनको भ्रमण गरेका थिए । त्यसैगरी जिन शासनको पालामा चिनियाँ भिक्षु
मन्त फा जियान र जाटा शासनका पालामा चिनियाँ भिक्षु मङ्क जुआन नेपाल भ्रमणमा आएका
थिए । यी दुई देशको सीमाक्षेत्रमा बसोबास गर्ने मानिसहरू एकआपसमा वैवाहिक सम्बन्ध पनि कायम
हुने गरेको छ । यसका साथै उनीहरू एकअर्काको घरपरिवार तथा समाजमा जानेआउने पनि गर्छन वर्तमान
समयमा नेपालमा पर्यटक आवागमनको हिसाबले चीन चौथो देश हो । नेपाल सरकार अर्थमन्त्रालय
(२०७८) का अनुसार सन् २०२० मा नेपालमा ८.४ प्रतिशत पर्यटकहरू चीनबाट आएका थिए ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायत अन्य क्षेत्रको भम्रणका लागि चिनियाँ पर्यटकहरू नेपाल
आउने गर्छन् । नेपालीहरूलाई उच्च शिक्षा अध्ययनका लागि चीनका विश्वविद्यालयहरूमा छात्रवृत्तिको व्यवस्था
गरिएको छ । चीनमा नेपाली भाषाको अध्ययन अध्यापन हुने गर्छ । नेपालमा पनि चिनियाँ भाषा
अध्ययन गर्नेको सङ्ख्या बढिरहेको छ ।

Comments