नेपालमा सामाजिक रुपान्तरणका लागि कुनै पाँच सुझाव पेस गर्नुहोस

 नेपालमा सामाजिक रुपान्तरणका लागि कुनै पाँच सुझाव पेस गर्नुहोस

उत्तर : नेपालमा सामाजिक रुपान्तरणका लागि पाँच सुझाव निम्नअनुसार रहेका छन्:
• समाजमा स्थापित वर्गका मानिसहरुमा हुने नकारात्मक विभेद, शोषण,अन्याय र अत्याचारको प्रवृत्तिको पूर्ण निवारण गर्नुपर्छ,
•समावेशीकरणको सिद्धान्त अनुसार पछाडि परेका वर्गहरूलाई राज्यको मूलधारमा समावेश गर्नुपर्छ,
•सामाजिक एकता र सदभावलाई हानि गर्ने हरेक किसिमका कुरीति र विसङ्गति लाई हटाउन जरुरी छ ।
•देशमा रोजगारीको सिर्जना, शिक्षा र व्यवसायिक सिप प्रदान, पुँजी र अवसरको सहज उपलब्धता जस्ता उपायहरु पनि अवलम्बन गर्न सकिन्छ,
•पोषण आधारभूत चिकित्सा सुविधा, ज्ञान एवम सूचना प्राप्ति र अनलाइन शासन प्रणालीमा नागरिकको सहज पहुँच र स्वतन्त्र प्रेसजस्ता विषयहरुलाई पनि बलियो बनाउनुपर्छ।

Comments