गुणस्तरीय जीवनस्थर र शिक्षा
शिक्षित व्यक्तिहरु असल तथा स्वास्थ्य बनी व्यवहार गर्ने भएकाले यिनीहरुको जीवन गुणस्तरीय हुन्छ ।
घ) सांस्कृतिक विकास र प्रवर्धनमा शिक्षाको कस्तो भूमिका हुन्छ ? व्याख्या गर्नुहोस् ।
उत्तर : शिक्षाले पुरानो संस्कृतिलाई समाजिकीकरणका माध्यमबाट निरन्तरता दिन्छ भने नयाँ ज्ञान र अनुभवका
आधारमा पुराना संस्कृतिलाई परिमार्जन तथा
नयाँ संस्कृतिको सिर्जना गर्दछ । यसरी शिक्षाले सांस्कृतिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यस्तै शिक्षाले संस्कृतिको संरक्षण र प्रसारण गर्नका साथै परिवर्तित परिस्थिति अनुसार संस्कृतिमा परिवर्तन र सुधार पनि ल्याउँछ । पुराना असान्दर्भिक सांस्कृतिक मूल्य मान्यता हरुलाई विस्थापित गर्ने वा सुधार गर्ने कार्य शिक्षाले नै गर्दछ यसरी सांस्कृतिक विकास र प्रवर्धनमा शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ ।
Comments
Post a Comment