Skip to main content

शिक्षाको विकासमा समुदायले पुर्याउन सक्ने योगदानहरूबारे चर्चा गर्नुहोस् ।

 ङ.) शिक्षाको विकासमा समुदायले पुर्याउन सक्ने योगदानहरूबारे चर्चा गर्नुहोस् ।

उत्तरः शिक्षासम्बन्धी कुनै पनि समस्याको समाधान गर्न समुदायको योगदान महत्त्वपूर्ण हुन्छ । समुदायको योगदानले शिक्षालयको भौतिक स्रोत र साधनामा वृद्धि गर्छ
यसबाहेक शिक्षा, अभिभावक र समुदायबिचको सहकार्यबाट विद्यार्थीको सिकाइमा उच्च सफलता सम्भव हुन्छ । शिक्षालयको समय भन्दा पहिला र शिक्षालयको समय भन्दा पछाडिको समय विद्यार्थीले समुदाय र परिवारमा नै बिताउने भएकोले उनीहरुको सिकाइमा समुदायले महत्त्वपूर्ण भुमिका निर्वाह गरिरहेको हुन्छ । समुदायको संलग्नताले विद्यार्थीहरुको शिक्षालयमा भर्नादर, नियमितता र उपलब्धता वृद्धि गर्दछ ।आफू सहभागी भएर गरिएका कार्यहरुमा अपनत्वको भावना विकास हुन्छ । त्यसैले त्यस्ता कार्यहरुको संरक्षणमा समुदाय नै लागि रहनेछ । शिक्षाको विकासमा समुदायले पुर्याउन सकने योगदानहरू यसप्रकार रहेका छन्ः
- सामुदायिक स्कूलको स्थापना
- शिक्षाको उद्देश्यको निर्माण तथा शिक्षामाथि नियन्त्रण
- सार्वजनिक शिक्षाको व्यवस्था
- व्यावसायिक तथा औद्योगिक शिक्षाको व्यवस्था
- प्रौढ शिक्षाको व्यवस्था आदि ।

नेपालमा शिक्षामा समुदायको सहभागिता
समुदायको सहभागिता भन्नाले के बुझिन्छ ?
उत्तर: विकासको पहल, योजना, निर्णायक, प्रक्रिया, स्रोत साधनको परिचालन र कार्यान्यन आदिमा समुदायको प्रत्यक्ष वा अप्रत्यक्ष सहभागीलाई नै समुदायको सहभागिता
भनिन्छ ।


Comments

Popular posts from this blog

Factors affecting climate

 

social evils in Nepali society {Major tradition base social evils practice in Nepal }