Skip to main content

सामाजिक वर्गको परिचय दिनुहोस् ।

 एकाइ ७

पाठ १
सामाजिक वर्ग र रुपान्तरण
अति छोटो उत्तर दिनुहोस्
१. सामाजिक वर्गको परिचय दिनुहोस् ।
उत्तरः वर्गीकरणका आर्थिक, सामाजिक वा सांस्कृतिक आधारहरुमध्ये कुनै पनि आधारमा समान अवस्था वा हैसियतमा रहेका मानिसहरुको समूहलाई सामाजिक वर्ग भनिन्छ
२. साधन र स्रोतमाथिको पहुँच बर्ग निर्माणको एक आधार हो । कसरी ?
उत्तर: साधन र स्रोतको पहुँचका आधारमा स्तरीकरण गरी ठूलो सानो,सम्पन्न, विपन्नलगायतका विभिन्न वर्ग छुटिने भएकाले साधन र स्रोतको पहुँच वर्ग निर्माणको एक आधार हो ।
३. सामाजिक वर्ग किन गतिशील हुन्छ ?
उत्तर : समाज परिवर्तन र गतिशील भएकाले उत्पादनका साधन, तरिका, र ऊपादनका सम्बन्धमा निरन्तर परिवर्तन आइरहने हुनाले सामाजिक वर्ग गतिशिल हुन्छ ।
४. सामाजिक वर्गले सिर्जना गर्ने कुनै दुई समस्याहरू लेख्नुहोस्
उत्तर: सामाजिक वर्गले सिर्जना गर्ने कुनै दई समस्याहरु :
सामाजिक सम्बन्ध र व्यवहारमा नकारात्मक प्रभाव
विभेद र वर्गीयद्वन्द ५. सामाजिक रुपान्तरण भनेको के हो ? नेपालमा सामाजिक रुपान्तरणका कुनै दुई चुनौती
उत्तर: समाजका विपन्न तथा वञ्चितीकरणमा पारिएका न्यून वर्गीय मानिसहरुको स्रोत र साधन साथै शिक्षा, स्वास्थ्य, रोजगारीलगायत राज्यबाट प्रदान गरिने सेवा सुविधामाथि पहुँच कायम गराई उनीहरुको सामाजिक र आर्थिक हैसियत कायम गराउने पक्रियालाई सामाजिक रुपान्तरण भनिन्छ। नेपालमा सामाजिक रूपान्तरणका कुनै दुई चुनौती यस प्रकार छन्।
जातीय व्यवस्था र सामाजिक कुप्रथा

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...