अनुसन्धान अनुसन्धान भन्नाले के बुझिन्छ ?

 

पाठ १
- अनुसन्धान
अनुसन्धान भन्नाले के बुझिन्छ ?
उत्तर:- कुनै एउटा घटना, क्षेत्र, स्थान वा विषयवस्तुमा केन्द्रित रहेर तथ्याङ्क। सङ्कलन, व्यवस्थापन र विश्लेषण गरी निष्कर्ष निकालने कार्यलाई अनुसन्धान भनिन्छ। यस विधि अन्तर्गत क्षेत्र भ्रमणः परियोजना कार्य,छलफल विधि, प्रश्नोत्तर विधि, अन्तर्वार्ता विधि, समस्या समाधान विधि आदि पर्दछन् ।
तथ्याङ्‌क भनेको के हो ?
उत्तरः तथ्याङ्‌क भन्नाले कुनै पनि विषयसँग सम्बन्धित जानकारी,आँकड़ा, तथ्य, चित्र वा सङ्‌केत विवरण भन्ने बुझिन्छ ।
तथ्यइक दुईप्रकारका छन् :
परिमाणात्मक तथाङ्‌क
गुणात्मक तथ्याङ्‌क
परिमाणात्मक तथ्याङ्क
जुन तथ्यलाई सङ्ख्यामा व्याख्या गर्न सकिन्छ ती तथ्यलाई परिमाणात्म तथ्य भनिन्छ । जस्तै: ५.के. जि. १० लिटर, १०० रुपैया आदि।
गुणात्मक तथ्याङ्क
जून तथ्यले कुनै विषयको गुण र विशेषताहरू जाहेर गर्दछ भने यस्ता तक्याङकलाई गुणात्मक तयाङ्क भनिन्छ यीनिहरू प्रश्नावली, अवलोकन, अन्तरवर्ता आदि द्वारा सङ्कलन गरिन्छ। जस्तै: राम्रो, नराम्रो, सेतो, कालो आदि

Comments