कुर्नै पनि देशमा लोकतन्त्रको अवस्था कस्तो छ भन्ने कुरा थाहा पाउन त्यस देशको संविधानमा उल्लिखित नागरिक अधिकारहरु हेरे पुग्छ । यस भनाइलाई पुष्टि गर्नुहोस् ।

 कुर्नै पनि देशमा लोकतन्त्रको अवस्था कस्तो छ भन्ने कुरा थाहा पाउन त्यस देशको संविधानमा उल्लिखित नागरिक अधिकारहरु हेरे पुग्छ । यस भनाइलाई पुष्टि गर्नुहोस् ।

उत्तरः लोकतन्त्रमा जनताको हक र अधिकारको सुनिश्चिता गरेको हुन्छ । लोकतन्त्र बिना जनताले मौलिक हक र अधिकारको पूर्ण उपयोग गर्न सक्दैनन् । कुनै व्यक्ति वा सासकले मनोमानी ढङ्गले अधिनायकवादी शासन सञ्चालन गर्न सक्छ । लोकतन्त्रमा मौलिक हक अधिकारहरुको संरक्षणको लागि संवैधानिक उपचारको व्यवस्था सुनिश्चित गरिएको हुन्छ लोकतान्त्रीक शासन व्यवस्था भित्र जाती, भाषा, लिङ्ग, धर्म र भौगोलिक क्षेत्र आदिको आधारमा नागरिक अधिकारहरु बिना भेदभाव सबैलाई बराबर सुनिश्चित गरिएको हुन्छ ।यसको संरक्षणका लागि संवैधानिक निकायको व्यवस्था गरिएको छ नागरिक अधिकारको। रूपमा मानव अधिकारलाई सर्वोपरि ठानिन्छ र यसको संरक्षणको लागि मानव अधिकार आयोगको व्यवस्था गरिएको छ।जस्तै नेपालमा राष्ट्रिय मानव अधिकार आयोग (NHRC) रहेको छ
विश्वव्यापी रुपमा हेर्दा जुन राष्ट्रले माथि उल्लेखित व्यवस्था र अधिकारहरुको प्रत्याभुत गरेको छ । त्यो राष्ट्रियलाई लोकतान्त्रिक राज्य व्यवस्थाको रुपमा मूल्याङ्कन गरिन्छ । तसर्थ स्वतंत्रता, मानव अधिकार मौलिक अधिकार र नागरिक अधिकार जस्ता विषयले त्यस देशको शासन व्यवस्थालाई उजागर गर्दछ ।

Comments