पाठ ३
● शिक्षाले सामाजिक र सांस्कृतिक विकासमा ल्याउने परिवर्तन र प्रभाव
सामाजिक विकास भन्नाले के बुझिन्छ ?
उत्तरः समाजको सफलता यसका सदस्यहरूको सफलतासँग जोडिने भएकाले प्रत्येक व्यक्तिले आफ्नो क्षमताको उच्चतम तहसम्म पुग्न सकने गरी उनीहरूको
सुविधामा सुधार गर्नु नै सामाजिक विकास हो ।
शिक्षाले देशको अर्थतन्त्रलाई कसरी सबल बनाउँछ ?
उत्तरः शिक्षा व्यक्तिको विकासको समग्र रूप नै राष्ट्रिय विकास हो । शिक्षाले
●व्यक्तिहरुको क्षमता विकास गरी आर्थिक विकाससमेत गर्ने भएकाले यसले अर्थतन्त्रलाई सबल बनाउन सहयोग गर्दछ ।
ग) शिक्षाले सामाजिक विकासमा प्रत्याउन सक्ने कुनै पाँच योगदानहरूको सूची बनाउनुहोस् ।
उत्तर: शिक्षाले सामाजिक विकासमा पुर्याउन सक्ने कुनै पाँच सुचि यस प्रकार छन
सामाजिकीकरण
मानिसलाई समाजको मूल्य मान्यता, नैतिकता, नीति नियम, परम्परा,रीतिरिवाज, कला, साहित्य जस्ता समाजिकीकरणका प्रक्रिया सिकाउने एउटा महत्त्वपूर्ण माध्यम शिक्षा हो ।
• क्षमता विकास
शिक्षाले ज्ञान, सिप र प्रविधि दिएर व्यक्तिलाई दक्ष जनशक्ति बनाउँछ ।यस्तै, आफूलाई आवश्यक परेको ज्ञान, सिप र प्रविधि प्राप्त गर्ने क्षमता समेत विकास गराउँछ ।सबल अर्थततन्त्र व्यक्तिको विकासको समग्र रूप नै राष्ट्रिय विकास हो । शिक्षाले व्यक्तिहरुको क्षमता विकास गरी आर्थिक विकाससमेत गर्ने भएकाले यसले राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन सहयोग गर्दछ ।
असल स्वास्थ्य
शिक्षित व्यक्तिहरु आफ्नो स्वास्थ्यप्रति सचेत हुन्छन्। उनीहरू काम, आराम र खाना बिचमा सन्तुलन गर्न सक्षम हुन्छन् ।
Comments
Post a Comment