संघिय, प्रदेश र स्थानीय सरकारबिचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस।

 संघिय, प्रदेश र स्थानीय सरकारबिचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस।

संविधानको अनुसूची ७ मा सङ्घ तथा प्रदेशको साझा अधिकार र अनुसूची ९ मा सङ्घ
प्रदेश र स्थानीय निकायबियको साझा अधिकारबिचको व्यवस्था गरिएको छ । तीनवटै सरकार बिचमा अन्तरसम्बन्ध छ भन्ने कुरा यसबाट पुष्टि हुन्छ ।त्यसैगरी
सङ्घले बनाएको कानुन प्रदेश र स्थानीय निकायले पालना गर्नु पर्दछ । प्रदेश र स्थानीय तहले कानन बनाउँदा सङ्घीय कानुनसँग नबाझिने गरी बनाउनु पर्छ सङ्घीय लोकसेवा आयोग नबने सम्म प्रदेश र स्थानीय तहमा सङ्घले नै कर्मचारी व्यवस्था गर्ने छ । प्रदेश र स्थानीय तहले वैदेशिक साहयता लिन सङ्घीय सरकारको अनुमती लिनु पर्छ । सङ्‌घले सङ्कलन गरेको राजस्व प्रदेश र स्थानीय तहलाई न्यायोपिता वितरण गनु पर्ने छ । त्यसैगरी प्रदेश र स्थानीय तहले सङ्कलन गरेको राजस्वको केही हिस्सा केन्द्र, प्रदेश र स्थानीय तहमा कानून बमोजिम रहने छ । प्रदेश र स्थानीय तहको निर्वाचन सङ्घीय कानुन बमोजिम हुन्छ। राज्य सञ्चालनको क्रममा सङ्‌घले प्रदेश र स्थानीय तहलाई आवश्यक निर्देशन दिन सक्छ । यसरी तिनवटै सरकारको सहकार्य र समन्यबाट देशको समानुपातिक विकास गर्ने र जनतालाई सुविधाहरु उपलब्ध गराउने कार्य गर्नुपर्छ । तसर्थ यो तिन वटै निकाय एक अर्काका परिपूरक हुन् ।

Comments