सदुरपश्चिम प्रदेशको आर्थिक अवस्था
यहाँको पेशा कृषि हो । यस प्रदेशमा ६०% भन्दा बढी
मानिसहरु कृषि पेशामा संलग्न छन् । यहाँ मुख्य धान, मकै, गहुँ, कोदो,अन्य आलु, दाल, जडीबुटीसँग सम्बन्धित बालीहरु उत्पादन गरिन्छ ।हिमाली क्षेत्रमा पशुपालन व्यवसायको सम्भावना धेरै छ । यहाँ विभिन्न उद्योगहरू रहेका छन जसले लगभग २१% रोजगारी सृजना गरेको छ । यहाँको मुख्य औद्योगिक केन्द्र धनगढी हो । त्यस्तै
व्यापारिक नाकाहरूमा महेन्द्रनगर, टिकापुर, अत्तरिया, डडेलधुरा,दिपायल, गौरीफन्टा, गड्डाचौकी, झुलाघाट आदि प्रमुख छन् । विभिन्न प्राकृतिक तथा धार्मिक स्थलहरूले, पर्यटन विकासमा योगदान पुयाउने सम्भावना उच्च रहेको छ यस प्रदेशमा माहाकाली, सेती, चौलानी, बडीगङ्गा आदि नदीहरुबाट जलविद्युतको सम्भावना धेरै छ।यहाँका मानिसहरु वैदेशिक रोजगारीको लागि भारतका विभिन्न सहरहरुमा गईरहेको देखिन्छ । यस प्रदेशको तराई क्षेत्रमा सडक र हवाईमार्गको पूर्वाधार विकास भएको छ । धनगढीबाट पहाड र हिमाल जोड्ने सडक मार्ग बनेका छन् यो प्रदेशका सबै जिल्ला सदरमुकाम सडकले जोडिएका छन् ।
Comments
Post a Comment