नेपालमा किराँती शासनको सुरुआत र अन्त्य कसरी भयो ?

 

नेपालमा किराँती शासनको सुरुआत र अन्त्य कसरी भयो ?
उत्तर. किराँतहरु नेपालको पूर्वी पहाडका बासिन्दा थिए । उनीहरूले महिषपालवंशी राजा भुवन सिंहलाई युद्धमा परास्त गरेर नेपालमा आफ्नो शासन
सञ्चालन गरेका थिए । यसरी नेपालमा किराँती शासनको सुरुआत भयो । किराँती वंशका २८ औं राजाका  पालादेखि किराँती राज्यमा सोमवंशी राजाहरुले आक्रमण थाले । पटक पटकको आक्रमणपछि किराँतीहरू कमजोर हुँदै गए र गास्ती नामका राजाको पालामा सोमवंशीले किराँत राज्यमाथि विजय प्राप्त गरेसँगै नेपालमा किराँती शासनको अन्त्य भयो ।

Comments