गण्डकी प्रदेश आर्थिक अवस्था

 

गण्डकी प्रदेश आर्थिक अवस्था
यहाँका मानिसहरूको मुख्य पेसा कृषि हो । ७२.४% मानिसहरु कृषिमा संलग्न छन् । यो प्रदेशको हिमाली क्षेत्रमा आलु फापर उवा लगायतका बाली उत्पादन हुन्छ । पहाडी क्षेत्रमा मकै, कोदो, गहुँ, धान, र तरकारी खेती लगाइन्छ।भने भित्री मधेस र तराईका जिल्लामा धान उत्पादन गरिन्छ । यो प्रदेशको मुख्य व्यापारिक केन्द्र पोखरा हो भने अन्य स्थानमा वालिङ गैंडाकोट, कावासोती, दमौली, बेनि, जोमसोम आदि प्रमुख छन् । यहाँ पोखरा, अन्नपूर्ण क्षेत्र, मुक्तिनाथ, गोरखा मनकामना आदि क्षेत्रमा
पर्यटन व्यावसाय विकास भएको छ । यो प्रदेशमा कालिगण्डकी 'ए' मस्यादी लगायत ठुला साना जलविद्युत आयोजनाहरु सञ्चालनमा छन् । नेपाल भित्रनै विदेशी पर्यटकहरु मध्ये ३३% पर्यटक गण्डकी प्रदेशमा आउँछन् । यो प्रदेश यातायातका पूर्वाधारको विकासमा अगाडि छ। सबै जिल्लाहरु काठमाडौं र तराई जोड्ने सडक तथा हवाई मार्गसँग जोडिएका छन् ।

Comments