Skip to main content

गण्डकी प्रदेशकोसामाजिक सास्कृतिक अवस्था

 

गण्डकी प्रदेशकोसामाजिक सास्कृतिक अवस्था
यो प्रदेशमा ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, नेवार, तामाङ, थकाली,कुमाल, दराई, थारु आदि जातिका मानिसहरूको बसोबास रहेको छ । यहाँका प्रमुख भाषाहरु नेपाली, गुरुङ, मगर, नेवारी, तामाङ, थकाली,कुमाल, दराई आदि प्रमुख छन् । मनकामना, मौलाकाली, गोरखनाथ,विन्ध्यवासिनि, मुक्तिनाथ', गलेश्वर, त्रिवेणी धाम, ताल बाराहि आदि प्रमुख धार्मिक स्सालहरू हुन् । दसैँ, तिहार, बुद्ध जयन्ति, ल्होसार, क्रिस्मस, होली लगायतका चाडहरू मनाइन्छ ।
यस प्रदेशमा हिन्दु, बौद्ध, इसाई, इस्लाम र बोन धर्म मान्ने मानिसहरुको बसोबास छ । घाँटु, कौरा र सोरठी यस प्रदेशका मौलिक नृत्य हुन् यस प्रदेशको HDI 0.61 रहेको छ ।
लुम्बिनी प्रदेश
यस प्रदेशमा ब्राह्मण, क्षेत्री, थारु, राजवंशी,मुसलमान, मगर,दलित आदि समुदायका मानिसहरूको बसोबास रहेको छ । नेपाली, अवधि,भोजपुरी, थारु, मगर, गुरुङ, लगायतका विभिन्न भाषा बोलिन्छ । यो प्रदेशमा हिन्दु, बौद्ध, इसाई र इस्लाम धर्म मान्ने मानिसहरुको बसोबास छ। यहाँका प्रमुख चाडहरू। दसैं, तिहार, होलि, ल्होसार, इद, क्रिस्मस, बुद्ध जयन्ती,आदि हुन् । गौतम बुद्धको जन्मस्थान लुम्बिनी, बागेश्वरी, स्वर्गद्वारी,रिडी, सुपा देउराली, राम्दी, आदि धार्मिक स्थलहरू छन् । यस प्रदेशको HDI 0.56 रहेको छ

Comments

Popular posts from this blog

Factors affecting climate

 

social evils in Nepali society {Major tradition base social evils practice in Nepal }