मौलिक हकको परिभाषा लेख्नुहोस्।

 पाठ-४

नागरिक अधिकार र कर्तव्य
अति छोटो उत्तर दिनुहोस्:
मौलिक हकको परिभाषा लेख्नुहोस्।
उत्तर: राज्यको कानुनद्वारा संरक्षित व्याक्तित्व विकास र  नागरिकहरुलाइ राज्यका सेवा सुविधा तथा
स्रोत साधनहरुको उपभोग गर्ने अवसर तथा नीति निर्माणमा सहभागी हुन सक्ने लगायत विभिन्न किसिमका स्वतन्त्रताहरुलाई मौलिक हक भनिन्छ।
२. नेपालको संविधानमा कति ओटा मौलिक हकको व्यवस्था गरिएको छ?
उत्तर: नेपालको संविधानमा ३१ ओटा मौलिक हकको व्यवस्था गरिएको
३. निवारक नजरबन्दको विरुद्धका हकले नागरिकको कस्तो अधिकारको संरक्षण गर्छ ?
उत्तर- निवारक नजरबन्दको विरुद्धका हकले नागरिकको नेपालको सार्वभौमसत्ता,
भौगोलिक अखण्डता, सार्वजनिक शान्ति एवम व्यवस्थामा तत्काल खलल पार्ने पर्याप्त आधार नभई कसैको नजरबन्दमा बस्न नमिल्ने अधिकारको संरक्षण गर्छ ।
४. नागरिक कर्तव्य भनेको के हो ?
उत्तर: राज्यबाट सेवासुविधा र संरक्षण प्राप्त गरेबावत प्रत्येक नागरिकले राज्यलाई सहयोग हुनेगरी गर्नुपर्ने जिम्मेवारीलाई नागरिक कर्तव्य भनिन्छ ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता