Skip to main content

दैनिक जीवनमा दर्शनको प्रभाव

 एकाइ: ४

पाठ:४
दैनिक जीवनमा दर्शनको प्रभाव
दर्शन जीवन र जगत बारे मानव अनुभव र अनुभूतिलाई व्याख्या तथा विश्लेषण गर्न सिकाउने ज्ञानको भण्डार हो । दर्शनमा चिन्तन पद्धतिका साथ साथै जीवनका लागि पनि आवश्यक मार्ग निर्देशन पाइन्छ । त्यसैले दर्शनको उपयोगिता बौद्धिक विचार, प्राज्ञिक चिन्तनका साथसाथै व्यवहारिक जीवनमा पनि रहेको छ । तसर्थ जीवनमा दर्शनको उपयोगीतालाई निम्नानुसार
उल्लेख गर्न सकिन्छ:
जीवनलाई बुझेर लक्ष्य निर्धारण गर्न,
कुनै पनि कुराको गहिराई सम्म पुगेर निर्णय गर्ने क्षमताको विकास गर्न,
विभिन्न व्यवहार, समाज र विश्वका हरेक गतिविधिहरु प्रति आफ्नो धारणा बनाउन, कुनै पनि विषयवस्तुको विश्लेषण गर्न,
आफना अधिकार, कर्तव्य र जीवनका उद्देश्य बुझ्न,
• समालोचानात्मक चिन्तन सिपको विकास गर्न,
. व्यक्तित्व विकास गर्न,
कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न,
कर्नै पनि विषयको मूल्य मान्यता बारे स्पष्ट हुन,
बौद्धिक स्तरको विकास गर्न,
• आफ्ना संस्कार र संस्कृतिहरुको औचित्य बोध गर्न,
तार्किक क्षमताको विकास गर्न,
अध्ययन प्रतिको रुचि वृद्धि गर्न,
वास्तविकताको खोजी गर्न,
विचार र व्यवहारहरूको मन्थन गर्न।

Comments

Popular posts from this blog

Factors affecting climate

 

social evils in Nepali society {Major tradition base social evils practice in Nepal }