नेपालको संविधान विगत र वर्तमान

 ११Class

पाठ :१
एकाइ ८
नेपालको संविधान विगत र वर्तमान
राज्य सञ्चालन गर्ने मूल कानुन संविधान हो ।नेपालमा हाल सम्म निम्न संविधानहरु जरि भयका छन।
नेपालका संविधानहरू (२००४-२०७२)
नेपाल सरकारको वैधानिक कानुन २००४
नेपालको अन्तरिम शासन विधान २००७
नेपाल अधिराज्यको संविधान २०१५
नेपालको संविधान २०१९
नेपाल अधिराज्यको संविधान २०४७
नेपालको अन्तरिम संविधान २०६३
नेपालको संविधान
संविधान र नागरिक सचेतना
नेपाल अधिराज्यको संविधान २०४७ को प्रस्तावना
स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नेपालको राज्यशक्तिको स्रोत जननता हुन।
नेपालको संविधानको प्रस्तावना
हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता,
नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई
अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै,
राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक
जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवम् सहिदहरू तथा
बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै, सामन्ती, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले
सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विवधितायुक्त विशेषतालाई आत्मसात्
गरी विविधताबिचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र
प्रवर्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको
अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र
सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गर्दै, जनताको
प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव
अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम
न्यायपालिका र कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित
समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न,
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन,
समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौं ।

Comments