एकीकरण पछिको राज्य सात्ता continue

दशरथ चन्द,शुक्रराज शास्त्री) लाई फाँसीको सजाय भयो
बि.स. २००६ मा नेपालीकाङ्ग्रेसको नेतृत्वमा सशत्र युद्ध
गरी वि.स. २००७ सालमा दिल्ली सम्झौता भई
१०४ वर्षको राणाशासन सधैका लागि अन्त्य भयो ।
क्रमणकालीन अवधि, वि.स. २००७-२०१७
(Transitional Period)
वि.सं. २००७ फागुन ७ गते राजा त्रिभुवनले नेपालमा १०४ वर्षे राणा शासन अन्त्य भएको घोषणा गरे ।
वि.स. २००७ सालमै अन्तरिम शासन विधान जारी भई
देशमा पहिलोपल्ट संवैधानिक शासन व्यवस्था लागु
वि.सं. २०११ सालमा राजा त्रिभुको मृत्युपछि राजा
महेन्द्र नेपालका राजा भए ।
वि.स. २०१५ मा राजा महेन्द्रले केही विज्ञहरूको
सहयोगमा संविधान बनाई जारी गरे र सोही
संविधानअनुसार नेपालमा पहिलोपटक आम निर्वाचन
भयो । जुन निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ
बहुमत ल्याई विजयी भयो ।
वि.पी. कोइरालाको नेतृत्वमा प्रथम जननिर्वाचित
मन्त्रिमण्डल बन्यो ।
प्रजातान्त्रिक सरकारको देश विदेशमा प्रभाव बढेको
राजा महेन्द्रलाई मन नपरेपछि अनेकौं आरोप लगाई
वि.सं. २०१७ पुस १ गते मन्त्रिमण्डल भङ्ग गरी सबै
राजनीतिज्ञहरूलाई जेल हाले र बहुदलीय व्यवस्थाको
अन्त्य गरी निर्दलीय पञ्चायती व्यवस्था लागु भयो ।
पञ्चायत काल, वि.सं. २०१७-२०४७
(Panchayat Period)
राजा महेन्द्रले देशमा जनताले सङ्घर्ष गरी ल्याएको
प्रजातन्त्रको अन्त्य गरी पञ्चायती व्यवस्था लागु गरेपछि
दलहरूमाथि प्रतिबन्ध लगाइयो ।

Comments