Skip to main content

आधुनिक काल Modern Period • आधुनिक कालको परिचय

 

पाठ ६
आधुनिक काल
Modern Period
• आधुनिक कालको परिचय
(Introduction to Modern Period)
वि.सं. १८२५ मा पृथ्वीनारायण शाहले कान्तिपुर कब्जा गरी एकीकृत नेपालको निर्माण पछिको समयलाई नेपालको आधुनिक काल भनिन्छ । यस कालअन्तर्गत निम्नानुसारका ऐतिहासिक राजनीतिक काल खण्डहरू पर्दछन् :
● पृथ्वीनारायण शाहको शासन (वि.सं. १७९९-१८३१.
सम्म)
राणा शासन (वि.सं. १९०३-२००७ सम्म)
• सङ्क्रमणकालीन अवधि (वि.सं. २००७-२०१७ सम्म)
पञ्चायत काल (वि.सं. २०१७-२०४६ सम्म)
बहुदलीय प्रजातन्त्र (वि.सं. २०४७-२०६३ सम्म)
दोस्रो सङ्क्रमणकालीन अवधि (वि.सं. २०६३-२०७२
सम्म)
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक काल (वि.सं.
२०७२ देखि हालसम्म)
नेपाल एकीकरण (Nepal Unification)
नेपालको इतिहासमा शाहवंशीय राज्यसत्ताको स्थापना
गर्ने राजा पृथ्वीनारायण शाह हुन् ।
गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका
जेष्ठ सुपुत्रको रूपमा वि.सं. १७७९ पुस २७ गते
पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
आधुनिक नेपालको निर्माताको रूपमा उनलाई चिनिन्छ
र त्यसैले उनलाई राष्ट्रनिर्माता पनि भनिन्छ ।
तत्कालीन समयमा कम्तीमा ५३ टुक्रामा विभाजित
नेपालको गोरखा राज्यका राजा पृथ्वीनारायण शाह थिए
उनले गोरखाबाट नै एकीकरण अभियान सुरू गरेका
थिए ।उनले छरिएर रहेका बाइसे, चौबिसे राज्यलगायत
उपत्यकाका कान्तिपुर, पाटन र भादगाउँका साथै
वरिपरिका नुवाकोट, मकवानपुर, विजयपुर आदि
राज्यहरूलाई मिलाई एक सक्षम र सिङ्गो नेपाल
निर्माण गरेका थिए ।उनी एक जनचाहनाको कदर गर्ने राजा थिए ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...