Skip to main content

modelquestions class ११

 


सबै प्रश्नहरुको उत्तर दिनुहोस् ।

समुह क

तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस् । ११x१= ११

१.सामाजिक अध्ययन र सामाजिक विज्ञान विचको अन्तरसम्वन्ध एक वाक्यमा उल्लेख गर्नुहोस ।

२. परियोजना कार्य गर्ने सिलसिलामा समुदायका व्यक्तिहरुसँग कसरी कुराकानी शुरु गर्नुहुन्छ ? एक वाक्यमालेख्नुहोस ।

३ इन्टरनेटको प्रयोग गर्दा सावधानी अपनाउनु पर्दछ । किन ? कुनै एक तर्क प्रस्तुत गर्नुहोस ।

४. होमो सेपियन्स मानव जातीको कुनै एक विशेषता लेख्नुहोस ?

५ होरोडोटसले लेखेको इतिहासको चर्चित पुस्तकको नाम लेख्नुहोस ।

६ तपाईं कुन पर्यावरणीय क्षेत्रमा बस्नुहुन्छ र त्यसले तपाइँको जीवनमा पारेको कुनै एक प्रभाव लेख्नुहोस् ।

७ जात र जनजाति बिचको कुनै एक फरक लेख्नुहोस् ।

८ नेपालको राष्ट्रिय सभाको निर्वाचनको लागि कस्तो निर्वाचन प्रणाली अवलम्वन गरिएको छ ?

९ उद्यमशीलता भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् ।

१०. ग्रामिण बस्ती र सहरी बस्ती विचको कुनै एक भिन्नता लेख्नुहोस् ।

११. लागुपदार्थको दुर्व्यसनवाट बच्ने कुनै एक उपाय सुझाउनुहोस् ।

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् ।

समुह ख

८X ५ = ४०

१२. अन्तरवैयक्तिक सीपको प्रभावकारी उपयोग कसरी गर्न सकिन्छ ? आफ्ना साथीलाई कुनै पाँचवटा

सुझावहरु प्रस्तुत गर्नुहोस् ।

अथवा

कम्प्युटर तथा अन्य डिजिटल डिभाइसको प्रयोगले तपाँईको जीवनमा पारेका सकारात्मक प्रभावहरु

लेख्नुहोस् ।

१३. पशुपालन युगको जीवन पद्धतीका विशेषतालाई पाँचवटा बुँदामा उल्लेख गर्नुहोस् ।

१४. भौगोलिक विविधताले पर्यटन क्षेत्रमा पार्ने प्रभावहरु ब्याख्या गर्नुहोस् ।

१५. औद्योगिक क्रान्तिले विश्वमा उपनिवेशको शुरुआत गर्यो । यस भनाईलाई पुष्टि गर्नुहोस ।

अथवा

छुवाछुत बिरुद्धको कानुनी ब्यबस्था प्रभाबकारी हुन नसक्नाका कारणहरु पाँचवटा बुँदामा बिश्लेषण गर्नुहोस्

१६. सरकारी वित्त भनेको के हो ? उदाहरणसहित सरकारी वित्तका श्रोतहरु उल्लेख गर्नुहोस् ।

१७. जनसंख्या वितरणमा प्रभाव पार्ने कुनै ५ तत्वहरुको व्याख्या गर्नुहोस् ।

१८. हाम्रो देशको सीमा सुरक्षाका लागि कस्तो रणनीति अवलम्बन गर्नु पर्छ भन्ने सन्दर्भमा राष्ट्रिय सुरक्षा

परिषद्लाई सुझावसहित पत्र लेख्नुहोस् ।

१९. आफ्ना किशोर तथा युवाअवस्थाका साथीहरुलाई नियमित योग तथा ध्यान गर्न का लागि प्रेरित गर्नु परेमा

तपाईं कसरी प्रेरित गर्नुहुन्छ ?

समूह ग लामो प्रस्न ३×८=२४

तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस् ।

२०. तनावलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न कुनै ८ ओटा व्यवहारिक सुझावहरु प्रस्तुत गर्नुहोस ।

२१. मानवलाई ढुङ्गे युगबाट कृषि तथा पशुपालन युगमा रुपान्तरण हुनुमा कुन कुन कुराले प्रेरित गरेको थियो

? के नेपाली समाजमा कृषि र पशुपालन युगको प्रभाव देख्न सकिन्छ ? कसरी ?

अथवा

नेपाली समाजमा जाति व्यवस्थाले उब्जाएका समस्याहरू पहिचान गर्दै जाति व्यवस्था नभएको भए नेपाली

समाज कस्तो हुन्थ्योहोला, आफ्नो विचार प्रस्तुत गर्नुहोस्

२२. “अन्तर्राष्ट्रिय युवा दिवसका दिनमा १० प्रतिभावान् युवालाई जनही रु १ लाख नगद पुरस्कार सहित

राष्ट्रिय युवासम्मान प्रदान गरिएको छ ।” प्रस्तुत समाचार पढेर तपाईंले पनि भविष्यमा यस्तै पुरस्कार

प्राप्त गर्न के गर्नु हुन्छ ? आफ्नो कार्य योजना प्रस्तुत गर्नुहोस् ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...