Skip to main content

medel question class 11

 सेट २: 

समुह क

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् । -

समय : ३ घन्टा

(११×१=११)

१. सामाजिक अध्ययन र सामाजिक विज्ञानविचको अन्तरसम्बन्ध एक वाक्यमा उल्लेख गर्नुहोस् ।

२. परियोजना कार्य गर्ने सिलसिलामा समुदायका व्यक्तिहरूसंग कसरी कुराकानी सुरू गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।

३. इन्टरनेटको प्रयोग गर्दा सावधानी अपनाउनुपर्दछ । किन ?कुनै एक तर्क प्रस्तुत गर्नुहोस् ।

४ होमो स्यापियन्स मानव जातिको कुनै एक विशेषता

लेख्नुहोस ?

५. होरोडोबसले लेखेको इतिहासको चर्चित पुस्तकको नाम लेख्नुहोस ।

६. तपाईं कुन पर्यावरणीय क्षेत्रमा बस्नुहुन्छ र त्यसले तपाईंको जीवनमा पारेको कुनै एक प्रभाव लेख्नुहोस् ।

 ७.जात र जनजातिविचको कुनै एक फरक लेख्नुहोस् ।

८. नेपालको राष्ट्रिय सभाको निर्वाचनको लागि कस्तो निर्वाचन प्रणाली अवलम्बन गरिएको छ ?

९. उद्यमशीलता भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् ।

१०. ग्रामिण बस्ती र सहरी बस्तीबिचको कुनै एक भिन्नता उल्लेख गर्नुहोस।

११.गुपदार्थको दुर्वेसन बाट बच्ने कुनै एक उपाय सुझाउनुहोस् । .

समुह ख

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् ।

१२. अन्तरवैयक्तिक सिपको प्रभावकारी उपयोग कसरी गर्न सकिन्छ आफ्नो साथिलाइ पाँच ओटा सुझावहरु प्रस्तुत गर्नुहोस।

पशुपालन युगका विशेसताहरुलाइ पाँच बुधामा प्रस्तुत गर्नुहोस।

१४ भौगोलिक विविधताले पर्यटन क्षेत्रमा पार्ने प्रभावहरू व्याख्यागर्नुहोस् ।

१५. औद्योगिक क्रान्तिले विश्वमा उपनिवेशको सुरूआत गन्यो । यस भनाइलाई पुष्टि गर्नुहोस ।

अथवा

छुवाछुत विरुद्धको कानुनी व्यवस्था प्रभावकारी हुन नसक्नाका कारणहरू पाँचओटा बुंदामा विश्लेषण गर्नुहोस् ।

१६ सरकारी वित्त भनेको के हो ? उदाहरणसहित सरकारी वित्तका स्रोतहरू उल्लेख गर्नुहोस् ।

१७. जनसङ्ख्या वितरणमा प्रभाव पार्ने कुनै ५ तत्त्वहरूको व्याख्या गर्नुहोस् ।

१८. हाम्रो देशको सीमा सुरक्षाका लागि कस्तो रणनीति अवलम्बन गर्नु पर्छ भन्ने सन्दर्भमा राष्ट्रिय सुरक्षा परिषद्लाई सुझावसहित पत्र लेख्नुहोस् ।

१९. आफ्ना किशोर तथा युवाअवस्थाका साथीहरूलाई नियमित योग तथा ध्यान गर्नका लागि प्रेरित गर्नु परेमा तपाईं कसरी प्रेरित गर्नु हुन्छ?

समुह ग

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् ।

(३×८=२४)

२० तनावलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न कुनै ८ ओटा व्यावहारिक सुझावहरू प्रस्तुत गर्नुहोस् ।

२१. मानवलाई ढुङ्गे युगबाट कृषि तथा पशुपालन युगमा

रुपान्तरण हुनुमा कुन कुन कुराले प्रेरित गरेको थियो ? के

नेपाली समाजमा कृषि र पशुपालन युगको प्रभाव देख्न

सकिन्छ ? कसरी ?

अथवा

नेपाली समाजमा जाति व्यवस्थाले उब्जाएका समस्याहरू

पहिचान गर्दै जाति व्यवस्था नभएको भए नेपाली समाज

कस्तो हुन्थ्यो होला, आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।

२२. “अन्तर्राष्ट्रिय युवा दिवसका दिनमा १० प्रतिभावान् युवालाई जनही रु. १ लाख नगद पुरस्कारसहित राष्ट्रिय युवा सम्मान प्रदान गरिएको छ ।" प्रस्तुत समाचार पढेर तपाईले पनि भविष्यमा यस्तै पुरस्कार प्राप्त गर्न के गर्नुहुन्छ ? आफ्नो कार्य योजना प्रस्तुत गर्नुहोस्

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...