सेट ३
समूह क
अति सङ्क्षिप्त उत्तरात्मक प्रश्नहरू :(११×१=११)
१.सामाजिक अध्ययनमा प्रयोग हुने कुनै दुई सिपहरू प्रस्तुत
गर्नुहोस् ।
सकिन्छ ? आफ्ना साथीलाई कुनै पांचओटा सुझावहरू प्रस्तुत
गर्नुहोस् ।
२.ब्राउजर भन्नाले के बुझिन्छ ? एक वाक्यमा लेख्नुहोस् ।
३.दोहोरो सञ्चार हुन नसक्दा के प्रभाव पर्न सक्छ ? लेख्नुहोस्
४. अपेक्षा गरिएअनुरुप उपलब्धि हासिल नभएको अवस्थामा हुने
तनावलाई तपाईं कसरी व्यवस्थापन गर्नुहुन्छ ?
५. पूँजीवादी समाजको परिभाषा उल्लेख गर्नुहोस् ।
६. वातावरण संरक्षण कार्यमा तपाईंले निर्वाह गरेको भूमिका प्रस्तुत गर्नुहोस्
७. संविधानमा प्रस्तावना भनेको के हो
८. प्राणायाम गर्दा मानव स्वास्थ्यलाई हुने कुनै दुई लाभ उल्लेख गर्नुहोस् ।
९. चालु खर्च र पूँजीगत खर्चबिचको एक फरक लेख्नुहोस् १०. तपाईं सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भएको भए नेपालमा जनसङ्ख्या व्यवस्थापन गर्न के रणनीति तय गर्नुहुन्थ्यो ? लेख्नुहोस् ।
११. विप्रेषणबाट नेपाली अर्थतन्त्रमा के कस्तो सहयोग पुगेको छ ?लेख्नुहोस् ।
समूह ख
सङ्क्षिप्त उत्तरात्मक प्रश्नहरू :
(८×५=४०)
१२. माइक्रोसफ्ट वर्ड (Microsoft Word) मा डकुमेन्ट तयार गर्नका
लागि के कस्ता प्रक्रियाहरू अपनाइन्छ ? चरणहरू प्रस्तुत
गर्नुहोस् ।
अथवा
जीवनोपयोगी सिपअन्तर्गत निर्णय गर्ने सिप सिकाउनु परेमा निर्णय प्रक्रियाका कुन कुन चरणहरू अवलम्बन गर्न सुझाव दिनुहुन्छ ? प्रस्ट पार्नुहोस् ।
१३. नवपाषाण युगको सामाजिक सांस्कृतिक विशेषताहरू उल्लेख
गर्नुहोस् ।
१४. नेपालको पर्यावरणीय क्षेत्रहरू हिमाल, पहाड र तराई
प्रदेशबिचको अन्तरसम्बन्ध प्रस्तुत गर्नुहोस् ।
१५. तपाईं औधोगिक क्रान्तिको समय अवधिमा बेलायतमा बसोवास गर्नुहुन्थ्यो भने के कस्ता प्रभावहरू महसुस गर्नुहुन्थ्यो ? लेख्नुहोस् ।
१६. दलितसम्बन्धी सवालहरू नेपालको इतिहासमा विगतदेखि उठान गरिएको विषय हो । छुवाछुत विरुद्धका ऐन कानुनहरू पनि प्रशस्त छन् । तर दलितको सशक्तिकरण र अवस्था अपेक्षित रुपमा सुधार गर्न सकिएको छैन । किन ? कारणहरू प्रस्तुत गर्नुहोस् ।
१७, राष्ट्रियता प्रवर्द्धन गर्ने उपायहरूको सूचि तयार पार्नुहोस् ।
१८. हाम्लेट र गाउँविचका फरकहरू प्रस्तुत गर्नुहोस् ।
१९. नेपाली अर्थतन्त्रका विशेषताहरू उल्लेख गर्दै एक राष्ट्रिय दैनिकका लागि सम्पादकीय तयार पार्नुहोस् ।
अथवा
नेपालमा गुणस्तरीय स्वास्थ्य सेवाको सन्दर्भ उल्लेख गर्दै एक समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुहोस् ।
लामो उत्तरात्मक प्रश्नहरू :
समूह ग
(३x८=२४)
२०. द्वन्द्व र तनावबिचको सम्बन्ध प्रस्तुत गर्दै तनाव हुनुभन्दा पनि त्यसलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ भन्ने तथ्यलाई तर्क दिई प्रस्ट पार्नुहोस् ।
२१. विश्व मानचित्रमा नेपाल एक विशिष्ट विशेषताहरू भएको देश हुनुका आधारहरू प्रस्तुत गर्दै भौगोलिक अवस्था र जनजीवनबिचको आपसी सम्बन्ध उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
अथवा
नेपाली समाज बहुसांस्कृतिक समाज हुनुका आधारहरू प्रस्तुत
गर्दै बहुसांस्कृतिकतामा सामाजिक एकता कसरी कायम ग
सकिन्छ ? लेख्नुहोस् ।
२२. तपाईले भखरै सम्पन्न नेपालको स्थानीय तहको निर्वाचन
अवलोकन गर्नुभयो, यस निर्वाचनमा के कस्ता राम्रा पक्षहरू
प्राप्त गर्नुभयो ? यस प्रकारको निर्वाचनमा के करन
पक्षहरूमा सुधार गर्न तपाई सुझाव दिनुहुन्छ ? लेख्नुहोस्
Comments
Post a Comment