पाठ :१ एकाइ ६ कक्षा१२ नेपालको इतिहास नेपालको प्राचीन इतिहास नेपालको इतिहासको काल विभाजन

 पाठ :१ एकाइ ६ कक्षा१२

नेपालको इतिहास

नेपालको प्राचीन इतिहास

नेपालको इतिहासको काल विभाजन


प्राचीन काल वि.सं. ९३६ भन्दा अघि नेपाल संवत् सुरु हुनुअघि

मध्य काल वि.सं. ९३६ देखि १८२५सम्म 

नेपाल संवत् सुरु भएदेखि नेपाल एकीकरणका क्रममा पृथ्वीनारायणशाहबाट कान्तिपुर विजय नभएसम्म

आधुनिक काल वि.सं. १८२५ देखि हालसम्म

 पृथ्वीनारायणशाहबाट काठमाडौँ विजय भएदेखि हालसम्म

नेपाल गौरवशाली इतिहास बोकेको देश हो । नेपालको इतिहास निकै प्राचीन मानिन्छ । नेपाललाई सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन र द्वापरयुगमा मुक्तिसोपान भनिन्थ्यो । पौराणिक कालका विभिन्न ग्रन्थमा नेपाल नाम उल्लेख भएबाट नेपालको इतिहास निकै प्राचीन भएको अनुमान लगाउन सकिन्छ। पश्चिम नेपालको बुटवलक्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्ष भन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास सुरु भइसकेको तथ्य पुष्टि हुन्छ । नेपाल विभिन्न ऋषिमुनिहरूको तपोभूमिकारूपमा रहेको थियो । कौशिक, बाल्मीकिलगायतका सयौँ ऋषिमुनिले यहाँ आई

तपस्या गर्थे । यहाँ बेलाबखतमा विपश्वी बुद्ध, शिखी बुद्ध, विश्वभू बुद्ध, मञ्जुश्री बोधिसत्व, क्रकुच्छन्द बुद्धजस्ता तपस्वीहरू आउने गर्थे ।

नेपालको इतिहासलाई मुख्य गरी प्राचीन काल, मध्य काल र आधुनिक काल गरी तीन खण्डमा

विभाजन गरेर अध्ययन गरिन्छ। काल भन्नाले समय अवधि बुझिन्छ। पृथ्वीनारायण शाहबाट एकीकरण

हुनु अघिसम्म नेपाल भन्नाले काठमाडौँ उपत्यकामा विकास भएको राज्यलाई बुझिन्थ्यो । सो राज्य

समय समयमा विस्तार हुने र टुक्रिने गरिरहन्थ्यो गोरखाका राजा पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा काठमाडौँ विजय गरे । त्यसपछि उनले काठमाडौँलाई राजधानी बनाएरआधुनिक नेपाल राज्यको स्थापना गरे । यही गौरवशाली देश नै आजको नेपाल हो ।

१. नेपाल राज्यको उत्पत्ति

नेपालको राज्यको उत्पत्ति कसरी भयो भन्ने सम्बन्धमा इतिहासकारहरूले विभिन्न प्रमाणहरूको खोजी गरेर तथ्य बाहिर ल्याएका छन् । यसका आधारमा नेपालको उत्पत्ति र नामकरण कसरी भयो होला भनी अनुमान लगाउन सकिन्छ । नेपाल राज्यको उत्पत्ति र नामकरणका विषयमा विभिन्न तथ्य तथा धारणाहरू प्रकाशमा आएका छन् ।

(क) भौगोलिक तथ्य

करिब १३ करोड वर्ष पहिला नेपाल रहेको ठाउँमा टेथिस सागर नामक एक समुद्र थियो। दक्षिणतर्फको जमिन उत्तरतर्फ सर्दै जाने क्रममा टेथिस सागरको पिँध च्यापिँदै गयो र पिँधको जमिनमाथि उठ्दै गयो । वरिपरिका नदीहरूले ल्याएका पदार्थहरू पनि थुनिँदै गयो । यसरी हिमालय पर्वत र मोडदार पर्वतहरूको उत्पत्ति भयो । त्यही मोडदार पर्वतको बिचमा हालको नेपाल रहेको छ । नेपालको अधिकांश ठाउँमा चुन ढुङ्गालगायतका पत्रे चट्टानहरू पाइनुले पनि यस तथ्यलाई पुष्टि गर्छ । समुद्रमा करोडौँ वर्षसम्म समुद्री जीवको हड्डी जम्मा भएर चुन ढुङ्गा निर्माण हुन्छ । नेपालको हिमाली क्षेत्रमा पनि समुद्री जीवावशेष पाइन्छ। शालिग्राम त्यस्तै समुद्री जीवको जीवावशेष हो । काली गण्डकी नदीले हिमाली क्षेत्रबाट शालिग्राम बगाएर ल्याउँछ ।पहाडहरू बन्ने क्रममा हाल काठमाडौँ उपत्यका रहेको स्थानमा एक विशाल ताल बनेको थियो । लाखौँ वर्षसम्म यस वरिपरिका खोलाहरू बागमती, विष्णुमती, हनुमन्ते, मनहरा, गोदावरी, कोड्कु, नक्खु आदिले बगाएर ल्याएका वस्तु थुप्रिएर सो तालको पिँध माथि उठ्दै आयो । चोभरको डाँडा चुनढुङ्गाले बनेको पहाड हो । चुनढुङ्गा पानीसँग प्रतिक्रियागर्ने हुनाले त्यहाँ चुनढुङ्गा खिइँदै गएर गल्छी बन्यो र तालको पानी सुक्न गयो । त्यसपछि यहाँ वरिपरिका डाँडाबाट मानिसहरू आई गाइवस्तु चराउन थाले । यहीँ खेतीपाती गरेर बस्न थाले । त्यसपछि त्यहाँ नेपाल नामको राज्य स्थापना भयो ।

(ख) पौराणिक तथ्य

महाभारत, पशुपति पुराण, बौद्ध ग्रन्थलगायतका विभिन्न धार्मिक ग्रन्थहरूमा नेपाल राज्य र यहाँका राजाहरूको उल्लेख पाइन्छ । नेपाल नामको पहिलो उल्लेख ५०० देखि ६०० इ.पू.मा रचना गरिएको अथर्वपरिशिष्टमा गरिएको पाइन्छ ।यी तथ्यबाट पौराणिक कालदेखि नै नेपालको अस्तित्व थियो भन्न सकिन्छ ।त्यसबेला मध्यक्षेत्रमा नेपाल, पूर्वमा मिथिला राज्य, पश्चिममा शाक्य वंशीय राज्य रहेको पाइन्छ।

(ग) ऐतिहासिक तथ्य

भारतीय गुप्त सम्राट् समुद्रगुप्तले आफ्नो इलाहावाद अभिलेखमा नेपालको उल्लेख 'छिमेक राज्य' को रूपमा गरेका छन् । त्यसपछिका प्रायः सबै स्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेका छन्। नेपालका शिलालेखहरूमा भने वि.सं. ५६९ को टिस्टुङ अभिलेखमा पहिलोपटक नेपाल शब्दको उल्लेख भएको छ। यसरी यो मुलुक प्राचीन समयदेखि नै नेपाल नामबाट परिचित रहेको स्पष्ट हुन्छ ।

नेपाल शब्दको उत्पत्ति

नेपाल शब्दको उत्पत्ति बारे विभिन्न पौराणिक, ऐतिहासिक र भाषिक आधारमा व्याख्या गरिएको छ। यी मध्ये केही प्रमुख धारणा निम्न छन्:

1. पौराणिक आधार:

पौराणिक कथाहरूमा, नेपाल शब्दको उत्पत्ति "न्याय पालक" बाट भएको भनिन्छ। यस कथाअनुसार महादेवको भक्त ने (ऋषि) ले यस उपत्यकाको रक्षा र शासन गरेका थिए। "ने"मुनिले पालन गरेका कारण यस देशको नाम नेपाल  रहन गयो।

अर्को पौराणिक कथा अनुसार, भगवान विष्णुले नेपाललाई "ने" (ध्यान गर्ने) र "पाल" (संरक्षक) भनेर संरक्षण गरेको ठानिन्छ। यस अर्थमा, नेपाल भनेको ध्यान गर्ने र रक्षा गर्ने ठाउँ हो।

भाषागत आधारमा नेपालको नामांकरण कुन कुन भाषाबाट कसरी भएकोमानिन्छ ?प्रत्येकको छोटकरीमा वर्णन गर्नुहोस् ।

भाषणत आधारमा नेपालको नामकरण विभिन्न भाषाबाट निम्नानुसारभएको मानिन्छ :

किराँती र नेवारी भाषामा

 नेपाल शब्दको अर्थ मध्य भागमा रहेको (ने. मध्य, पाल: देश/ भन्ने बुझिन्छ । काठमाडौँ उपत्यका मध्य पहाडी भागमा अवस्थित भएकाले किराँती र नेवारी भाषामा यसलाई मध्यपहाडी देश भन्नका लागि नेपाल शब्दको प्रयोग गरिएकाले यसको नाम नेपाल रहन गएको हुनुपर्छ ।

तिब्बती भाषामा

तिव्बती भाषामा 'नेपाल' शब्दको अर्थ उन पाइने ठाउँ वा घर 'ने' उन, 'पाल: घर / हुन्छ । त्यस समयमा उनलागि आउने तिब्बतीहरुले यस ठाउँलाई उनको घर वा उन पाइने ठाउँ भन्नका लागि नेपाल शब्दको प्रयोग गर्थे । तिब्बतीहरूले प्रयोग गरेको नेपाल यही नामका कारण पछि गएर यस ठाउँको नाम नेपाल रहन गयो भन्न सकिन्छ

लिम्बु भाषामा 

लिम्बु भाषामा 'नेपाल' को अर्थ समथर भुमी भन्ने हुन्छ । काठमाडौमा समथर भूमि भएको र लिम्बुहरुले यसलाई नेपाल भन्ने गरेकाले उपत्यकाको नाम नेपाल रहन गएको हो भन्न सकिन्छ

 संस्कृत भाषा

 संस्कृत भाषाको 'नीप शब्दबाट काठमाडौँ उपत्यकाको नाम नेपाल, रहन गएको भन्ने तर्क पनि इतिहासकारहरूले प्रस्तुत गरेका छन् ।नीप शब्दको अर्थ पहाडको फेदी हो । काठमाडौँ उपत्यका पहाडको फेदीमा रहेकाले यसलाई 'नीप ' भनिएको र पछि नेपाल भन्न थालिएको हो।

 तामाङ भाषा

तामाङ भाषामा 'नेपाल' शब्दले पवित्र भूमि भन्ने बुझाउँछ । पवित्र मन्दिरहरु रहेको काठमाडौँ उपत्यकालाई तामाङहरुले नेपाल भन्ने क्रममा यस ठाउँको नाम नेपाल रहन गएको पनि हुन सक्छ ।


प्राचीन नेपालकाे इतिहास विविध सांस्कृतिक, धार्मिक, र राजनीतिक विकासकाे कथा हाे। नेपाल प्राचीन समयमा धेरै साना-साना राज्यहरूमा विभाजित थियो, जसमा मुख्य रूपमा गोपाल, महिशपाल, किराँत, लिच्छवि, वंशकाे शासन देखिन्छ।

गोपाल वंश

गोपालहरु दक्षिणतिरबाट गाईको बथान लिएर चरनको खोजी गर्दैहिँडने क्रममा काठमाडौँ आइपुगेका समुदाय थिए ।यिनिहरु काठमाडौँ प्रवेश गरेपछि स्थानीय नाग जातिका मानिसहरूसँग चरनका लागि भिडन्त भयो । उनीहरूले नाग जातिलाई हराई काठमाडौंबाट लखेटे । त्यस समयमा बाग्मती नदीको किनारमा तपस्या गरेर बस्ने ने नामका ऋषिले भुक्तमान नाम गरेका एकजना गोपाललाई काठमाडौँको राजा बनाएका थिए  (जसलाई भूमिगुप्त पनि मानिन्छ) यिनी गोपालवंशका संस्थापक तथा नेपालका प्रथम राजा हुन् । गोपाल वंशावलीअनुसार गोपालवंशी आठजना शासकहरूले करिब ५०५ वर्ष नेपालको शासन गरेको अनुमान छ। जसमा गोपालवंशी शासकहरू भूमि गुप्त, जय गुप्त, धर्म गुप्त,हर्ष गुप्त, भिम गुप्त, मणि गुप्त, विष्णु गुप्त र जीन गुप्तले शासन रहेका थिए । यसरी गोपालहरू नेपालको पहिलो राजवंश बन्न पुगे ।

(ख) महिषपालवंश

गोपाल राजवंशावलीमा उल्लेख भएअनुसार गोपालवंशका जीन गुप्तलाई युद्धमा परास्त गरि महिषपालहरूले नेपालको शासनमा नियन्त्रण कायम गरेका थिए । गाई पाल्नेलाई गोपाल र भैसि पाल्ने लाई महिषपाल वा आभीर भनिन्थ्यो । उनीहरू सिम्रौनगढ रजनकपुरबिचको समतल भूमिमा हातहतियारसमेत राखी ठुलो सङ्ख्यामा भैंसी पाल्ने गरेका थिए । यस वंशका प्रथम राजा बर सिंह हुन भाषा वंशावली अनुसार यस वंशका तीन शासकहरू बर सिंह, जय सिंह र भुवन सिंहले करिव १६१ वर्ष शासन गरेका थिए ।

(ख) किरातवंश

गोपाल वंशावलीमा किरात राजाहरूको सूचीका साथै उनीहरूको मूलस्थानतामाकोसी र सुनकोसीबिचको

भूभाग भनी बताइएको छ । किरातवंशका २९ पुस्ताका ३२ राजाहरूले झन्डै१५०० वर्ष जति शासन चलाएको मानिन्छ । यलम्बरको नामबाट पाटन सहरको पुरानो

नाम यल रहन गएको मानिन्छ । इन्द्रजात्रामा खम्बामा राखिने आकाश भैरवको टाउको यिनै यलम्बरको भएको मानिन्छ । यिनैको पालामा किरातेश्वर महादेवको उत्पत्ति भएको र महाभारत युद्धका एक

महारथी अर्जुनसँग किरातेश्वर महादेवको लडाइँ भएको उल्लेख छ। सातौँ किराती राजा जितेदास्तीका पालामा गौतम बुद्धका चेला भिक्षु आनन्द नेपाल आएका थिए ।

चौधौं किराती राजा स्थुङ्कोको पालामा भारतका मौर्य सम्राट् अशोक छोरी चारुमतीलाई साथमा लिएर

नेपाल आएका थिए। उनले लुम्बिनीमा गौतमबुद्धको जन्मस्थल पत्ता लगाएर राखेको स्तम्भ अझै जस्ताको

त्यस्तै छ । ललितपुरमा पनि सम्राट् अशोकले सहरको चार कुनामा चारओटा चार स्तूपहरूबनाउन

लगाएका थिए। ती स्तूपहरू ललितपुरको लगनखेल, पुल्चोक र इमाडोलमा अझै देख्न पाइन्छ । उनकी

छोरी चारुमतीले चाबहिलमाविहार निर्माण गरेको कुरा उल्लेख छ । बौद्ध भिच्छुहरू बस्न र अध्ययन

गर्नका लागि बनाइएको विहारलाई बहिल पनि भनिन्छ । चारुमतीकै नामबाट सो विहारको नाम चाबहिल

रहेको मानिन्छ ।चारुमतीको विवाह कान्तिपुरका देवपालसँग भएको थियो । उनकै नामबाट त्यहाँ एक

बस्तीको निर्माण भयो जसलाई देवपत्तन (देउपाटन) भनेर चिनिन्छ ।

किरातकालमा नामकरण भएका केही बस्तीहरू अहिले पनि रहेका छन् । भक्तपुरलाई नेवारी भाषामा

खोप भनिन्छ । यसलाई किरातकालमा खोप्रिङ भनिन्थ्यो । त्यसै गरी किरातकालीन नाम तेखुबाट टेकु, सङ्गबाट साँगा, चङ्गबाट चाँगु, खुर्पासीबाट खोपासी जस्ता बस्तीका नामहरूरहेका थिए जो अभ

प्रचलनमा रहेका छन् । किरात शासनको अन्त्यतिर ललितपुरको च्यासल भन्ने ठाउँमा आठसय किरातीको हत्या गरिएको थियो । च्यासको अर्थ आठसय हुन्छ । त्यसैले त्यस ठाउँको नाम च्यासल रहन गएको हो । किरातकालको ऐतिहासिक र पुरातात्त्विक प्रमाणहरू नभेटिए पनि पशुपतिमा रहेको चौडा छाती भएको विरूपाक्षको मूर्ति किरातकालकै भएको मानिन्छ । अन्तिम किराती राजा गास्ती थिए ।

कुनै इतिहासकारहरूले अन्तिम किराती राजा खिगु हुन् भनी लेखेका छन् ।

गोपाल, महिशपाल, र किरातकालको सामाजिक-आर्थिक अवस्था 

1. गोपालकाल (Gopal Era):

सामाजिक अवस्था: गोपालहरू मुख्य रूपमा गोठालो थिए र गाईपालनमा आधारित थिए। समाज गाईबाट प्राप्त हुने दूध र अन्य उत्पादनमा निर्भर थियो। गोपालहरूको समुदायमा खेतीपातीको प्रचलन थिएन, र उनीहरू चरिचरनलाई मुख्य आयस्रोत मान्थे।

आर्थिक अवस्था: 

गोपालकालमा गाईपालन मुख्य व्यवसाय थियो। कृषि धेरै विकसित थिएन, र आर्थिक अवस्था गाईपालनबाटै परिभाषित हुन्थ्यो। गोपालहरूले दूध, दही, घ्यू जस्ता उत्पादनहरूको आदान-प्रदान गरी जीवन निर्वाह गर्थे।

2. महिशपालकाल (Mahishpal Era):

सामाजिक अवस्था: महिशपालहरू गोपालहरूको उत्तराधिकारी थिए, र उनीहरूको समाज मुख्यतः भैंसी पालनमा आधारित थियो। भैंसीको पालनले गर्दा महिशपालहरूको सामाजिक संरचना पनि गोपालहरूको जस्तै थियो। पशुपालन नै मुख्य पेशा थियो।

आर्थिक अवस्था:

 महिशपालकालमा भैंसी पालन मुख्य आयस्रोत बनेको थियो। भैंसीबाट प्राप्त हुने उत्पादनहरूको माध्यमबाट उनीहरू आर्थिक गतिविधि सञ्चालन गर्थे। कृषि युगसम्म पनि पूर्णरूपमा प्रवेश भएको थिएन, र आर्थिक अवस्था पशुपालनकै वरिपरि केन्द्रित थियो।

3. किरातकाल (Kirat Era):

सामाजिक अवस्था: किरातकाल गोपाल र महिशपालकालभन्दा अगाडि बढेको थियो। किरातहरूको समाज कृषि, पशुपालन, र शिकारमा आधारित थियो। उनीहरूको समाजमा जातीय विविधता थियो, र किरातहरूलाई शक्तिशाली योद्धा र कुशल शासकका रूपमा चिनिन्थ्यो। समाज हिन्दु धार्मिक परम्परामा आधारित थियो । पशुपतिनाथको उत्पत्ति र मन्दिर निर्माणको कुराले त्यस बेला शैव धर्मको विकास भएको अनुमान लगाउन सकिन्छ । पशुपतिमा किरातेश्वर महादेव 

रहनुले किरात कालमा पनि शैवधर्म चलेको देखिन्छ । सो समयमा हिन्दु परम्पराअनुसारका विभिन्न चाडपर्वहरू मनाइन्थ्यो ।

आर्थिक अवस्था:

 किरातकालमा कृषि र व्यापारको विकास भएको देखिन्छ। किरातहरू भूमि खेती गर्थे र अन्य वस्त्र, धातु, औजार आदिको उत्पादन र व्यापार पनि गर्थे। व्यापारका लागि उनीहरू तिब्बत र भारतसँग सम्पर्कमा थिए, जसले आर्थिक गतिविधिलाई अझ प्रभावकारी बनायो।

यी तीन कालहरूले नेपालको इतिहासमा प्राचीन सभ्यताको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन्। गोपाल र महिशपालकालमा मुख्य व्यवसाय पशुपालन थियो भने किरातकालमा कृषि र व्यापारको विस्तार भयो।


Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता