एकाइ ५ पाठ १० कक्षा १२ भौगोलिक सूचना प्रणाली (GIS) को परिचय:

 एकाइ ५ पाठ १० कक्षा १२

भौगोलिक सूचना प्रणाली (GIS) को परिचय:

GIS एक प्रणाली हो जसले भू-स्थानसँग सम्बन्धित  तथ्याङ्क सङ्कलन, विश्लेषण, र दृश्यात्मक रूपमा प्रस्तुत गर्न प्रयोग गरिन्छ। यसले विभिन्न प्रकारका भू-स्थानिक जानकारीलाई समेटेर, नक्सा, ग्राफ, र अन्य दृश्यात्मक उपकरणहरूको रूपमा प्रस्तुत गर्छ। GIS ले तथ्याङ्क लाई स्थान अनुसार विश्लेषण गर्न मद्दत गर्छ, जसले गर्दा निर्णय लिने प्रक्रियामा मद्दत गर्छ। शहरी योजना, परिवहन व्यवस्थापन, वातावरणीय विश्लेषण, र आपतकालीन व्यवस्थापनमा प्रयोग गरिन्छ। यसको पहिलो प्रयोग रोजर तिमिल्सिनले सन १९६२ मा गरेका हुन।

ग्लोबल पोजिशनिङ सिस्टम (GPS)

GPS एक उपग्रह आधारित प्रणाली हो जसले पृथ्वीमा कुनै पनि स्थानको सटीक पोजिशन (अवस्थिति) प्रदान गर्छ। GPS ले पृथ्वीको सतहमा बिन्दुको स्थान निर्धारण गर्न सधैं उपग्रहहरूको नेटवर्क प्रयोग गर्दछ। GPS ले प्रयोगकर्ताको स्थानको लम्बाइ र अक्षांश (longitude and latitude) को सटीक जानकारी दिन्छ, जुन पृथ्वीको सतहमा 24 उपग्रहहरूको नेटवर्कद्वारा प्राप्त गरिन्छ।  यात्रा मार्ग निर्देशन, नक्शा बनाउने, अनलाइन रियल-टाइम ट्र्याकिङ, र आपतकालीन सेवाहरूमा प्रयोग गरिन्छ।

GIS र GPS बीचको सम्बन्ध:

GIS र GPS एकअर्कासँग मिलेर काम गर्छन्। GPS उपकरणले GIS प्रणालीलाई सटीक स्थान डेटा प्रदान गर्दछ, जसले GIS लाई भू-स्थानिक डेटा व्यवस्थापन र विश्लेषणमा मद्दत गर्छ। GPS ले प्राप्त स्थान डेटा GIS मा इनपुटको रूपमा प्रयोग गरिन्छ, जसले गर्दा GIS ले डेटा को दृश्यात्मक रूपमा विश्लेषण र प्रस्तुत गर्न सक्छ यसरी, GIS र GPS दुईवटा अलग-अलग तर महत्त्वपूर्ण प्रविधिहरू हुन् जसले स्थान-आधारित डेटा व्यवस्थापन र विश्लेषणमा सहयोग पुर्याउँछन्।

दुर संवेदना (Remote Sensing) 

दूर संवेदना (Remote Sensing) भनेको पृथ्वीको सतहको बारेमा जानकारी प्राप्त गर्न विभिन्न उपकरण र प्रविधिहरू प्रयोग गरेर दूरीबाट निरीक्षण गर्ने प्रक्रिया हो। यसमा मुख्य रूपमा उपग्रहहरू, ड्रोनहरू, वा विमानहरूमा जडित सेन्सरहरूको प्रयोग गरिन्छ। यी सेन्सरहरूले प्रकाश, गर्मी, वा अन्य विकिरणहरू मापन गरेर पृथ्वीको भौगोलिक, वातावरणीय, र मौसमसम्बन्धी जानकारी संकलन गर्छन्। यस प्रविधि प्रयोगले वातावरणीय अनुगमन, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि, र प्राकृतिक विपद् व्यवस्थापनजस्ता धेरै क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्छ। सौर्यिक किरण तापको प्रमुख स्रोत हो, जसले वायुमण्डलमा तापलाई विकिरणबाट पठाउँछ ।विकिरणका तरङहरू कुनै वस्तुमा परेपछि सेन्सरले रेकर्ड गर्न थाल्छ। सेन्सरले रेकर्ड गरएका वस्तुहरूको प्रसारण, ग्रहण र प्रसकरणले दृश्य प्रतिनिधित्व फोटो तयार हुँदैजान्छ । यसलाई छवि भनिन्छ । तसर्थ, पृथ्वीको वास्तविक स्वरूपको जानकारी छविको विश्लेषणबाट गरिन्छ ।

सबभन्दा पहिलो विश्व युद्धमा सैन्य निगरानीका लागि हवाई चित्रणको विकास गरिएको थियो । २० औ शताब्दीको उत्तरार्धमा उपग्रहहरूको विकाससँगै रडारलाई सैन्य उद्देश्यले प्रयोग गर्न थालियो । स्पेस प्रोब्सको बाह्य अन्तरिक्ष यानले बुध ग्रहको विस्तृत भौगोलिक नक्सा प्रदान गरेको थियो । सन् १९६० र १९७० को दशकमा उपग्रहलाई फोटो संस्करणको रूपमा विकास भयो । यसलाई इमेजरीको छवि संस्करण पनि भनिन्छ।

भूउपग्रह र विमानमा जडान गरिएका रिमोट सेन्सिङले भुकम्पका क्षतिको विवरण तयार पार्नका साथै

जहाजहरूमा रहेको प्रणालीबाट समुद्रको गहिराइको तस्बिर हेर्न दूर संवेदनको प्रयोग गरिन्छ । उपग्रहमा

जडित क्यामेराले महासागरको तापक्रममा हुने परिवर्तनको पनि तस्बिर लिन पनि यसको उपयोग रहने हुँदा यस प्रविधिको महत्त्व रहेको छ । सहरी विकास, भूउपयोग, जङ्गल आदिको परिवर्तनलाई अभिलेखिकरण गर्न पनि यो प्रविधि महत्त्वपूर्ण मानिन्छ ।

GPS (Global Positioning System) र GIS (Geographic Information System) को महत्व 

GPS (Global Positioning System)

1 GPS ले पृथ्वीको कुनै पनि स्थानको सही भौगोलिक स्थिति (अक्षांश र देशान्तर) निर्धारण गर्न मद्दत गर्छ। यसले स्थानको सटीकता प्रदान गर्दछ, जुन यात्रा, नक्सा निर्माण, र स्थानिक डेटा संकलनमा उपयोगी छ।

2.  यातायात व्यवस्थापन र नेविगेशनमा GPS अत्यन्त उपयोगी छ। यसले रियल-टाइममा मार्ग निर्देशन, ट्राफिक अवस्थाको विश्लेषण, र प्रवासको प्रभावकारिता सुधार्न सहयोग पुर्याउँछ।

3. आपतकालीन अवस्थामा (जस्तै दुर्घटना वा आपतकालीन प्रतिक्रिया) GPS ले तात्कालिक स्थिति ट्र्याक गर्न र राहत सेवाहरूलाई सही स्थानमा पठाउन मद्दत गर्दछ।

4 GPS ले कृषि, वन, र प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानको सटीकता प्रदान गर्छ, जसले गर्दा संसाधनको प्रबंधन र निगरानीमा मद्दत गर्दछ।

GIS (Geographic Information System)

1. डेटा विश्लेषण: GIS ले भौगोलिक डेटा को संग्रह, विश्लेषण, र व्यवस्थापन गर्न अनुमति दिन्छ। यसले विविध प्रकारका डेटा (जस्तै, भौगोलिक, जनसंख्या, मौसम) लाई दृश्यात्मक र विश्लेषणात्मक रूपमा प्रस्तुत गर्दछ।

2. निर्णय प्रक्रियामा सहयोग: GIS ले समस्याहरूको समाधान र निर्णय प्रक्रियामा सहयोग पुर्याउँछ। यसले डेटा को समन्वय गरेर भौगोलिक समस्या समाधानको लागि विश्लेषणात्मक उपकरणहरू प्रदान गर्दछ।

3. प्लानिङ र विकास: शहरी योजना, इन्फ्रास्ट्रक्चर विकास, र भूमि उपयोग योजनामा GIS महत्त्वपूर्ण भूमिका खेल्छ। यसले विभिन्न योजनाहरूको प्रभाव र परिणामहरू विश्लेषण गर्न मद्दत गर्दछ।

4. वस्तु, व्याक्ति र पर्यावरणको अनुगमन गर्न मद्दत गर्दछ।

 पर्यावरणीय स्वास्थ्य र संरक्षणका लागि GIS ले भौगोलिक डेटा विश्लेषण गरेर वन, जल, र भूमि व्यवस्थापनमा सहयोग पुर्याउँछ।

5 विश्वको नक्सा तयार गर्न मद्दत गर्दछ।

6 वास्तविक समय मापन गर्न सहयोग गर्छ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता