एकाइ ६ पाठ ८ कक्षा१२ आधुनिक कालको अर्थतन्त्र, कानुन, सस्कृती र कलाकौशल
एकाइ ६ पाठ ८ कक्षा१२ आधुनिक कालको अर्थतन्त्र, कानुन, सस्कृती र कलाकौशल १. अर्थतन्त्रको विकास पृथ्वीनारायण शाहको काल (वि.सं. १७७९-१८३१) एकीकृत अर्थतन्त्रको थालनी साना-साना राज्यहरूलाई गोरखामा एकत्रित गरी नेपाल एकीकृत बनाइयो ।व्यापारिक नीतिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइयो। "अरूका माल खानु हुँदैन, आफ्ना माल बेच्नु पर्दछ" भन्ने नीतिले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन खोजियो। काठमाण्डू उपत्यका व्यापारिक केन्द्र थियो, जहाँ भारत र तिब्बतसँगको व्यापारले ठूलो योगदान पुर्यायो। १. बहादुर शाह (वि.सं. १८३१-१८५५) पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहले नेपालको एकीकरण अभियानलाई अघि बढाउँदै आर्थिक सुधारका लागि थुप्रै प्रयास गरेका थिए। अर्थतन्त्र र आर्थिक सुधार: 1. व्यापार र राजस्वको विस्तार: नेपाल एकीकरणपछि तराईका उपजाऊ भूभागलाई करसंग्रहको प्रमुख स्रोत बनाइयो। तिब्बत र भारतसँगको व्यापारलाई निरन्तरता दिए। 2. भन्सार व्यवस्थापन: भारत र तिब्बतबाट हुने आयात-निर्यातमा भन्सार शुल्क लगाएर राजस्व वृद्धि गरियो।उपत्यकालाई व्यापारिक केन्द्रका रूपमा विकसित गर्ने प्रयास भयो। 3. कृषि सुधार: किसान...