पाठ :१ एकाइ ६ कक्षा१२ नेपालको इतिहास नेपालको प्राचीन इतिहास नेपालको इतिहासको काल विभाजन प्राचीन काल वि.सं. ९३६ भन्दा अघि नेपाल संवत् सुरु हुनुअघि मध्य काल वि.सं. ९३६ देखि १८२५सम्म नेपाल संवत् सुरु भएदेखि नेपाल एकीकरणका क्रममा पृथ्वीनारायणशाहबाट कान्तिपुर विजय नभएसम्म आधुनिक काल वि.सं. १८२५ देखि हालसम्म पृथ्वीनारायणशाहबाट काठमाडौँ विजय भएदेखि हालसम्म नेपाल गौरवशाली इतिहास बोकेको देश हो । नेपालको इतिहास निकै प्राचीन मानिन्छ । नेपाललाई सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन र द्वापरयुगमा मुक्तिसोपान भनिन्थ्यो । पौराणिक कालका विभिन्न ग्रन्थमा नेपाल नाम उल्लेख भएबाट नेपालको इतिहास निकै प्राचीन भएको अनुमान लगाउन सकिन्छ। पश्चिम नेपालको बुटवलक्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्ष भन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास सुरु भइसकेको तथ्य पुष्टि हुन्छ । नेपाल विभिन्न ऋषिमुनिहरूको तपोभूमिकारूपमा रहेको थियो । कौशिक, बाल्मीकिलगायतका सयौँ ऋषिमुनिले यहाँ आई तपस्या गर्थे । यहाँ बेलाबखतमा विपश्वी बुद्ध, शिखी बुद्ध, विश्वभू बुद्ध, मञ्जुश्री बोधिसत्व, क्रकुच्छन्द बुद्धजस्...