Skip to main content

Posts

एकाइ दुइ पाठ ६ कक्षा १२

 एकाइ दुइ पाठ ६ कक्षा १२ अति छोटो उत्तर दिनुहोस 1. सामाजिक तथ्याङ्क भनेको के हो? → कुनै समुदाय वा समाजको अवस्थाका वारेमा सङ्कलन गरिएका तथ्य जसमा आर्थिक, सामाजिक जनसांखिक,परिवारिक, व्याक्तिगत, धार्मिक, भाषिक, पेसागत आदि कुराहरु समेटिएका हुन्छन। 2. सामाजिक तथ्याङ्क सङ्कलनको मुख्य उद्देश्य के हो? → समाजको अवस्था अध्ययन गरी समस्या समाधान गर्नु। 3. सर्वेक्षण विधिको अर्थ के हो? → प्रश्नावली प्रयोग गरेर तथ्याङ्क सङ्कलन गर्ने विधि। 4. प्रत्यक्ष अवलोकन विधि के हो? → आफ्नै आँखाले घटनालाई अवलोकन गरी तथ्य सङ्कलन गर्ने विधि। 5. साक्षात्कार विधि भनेको के हो? → व्यक्तिसँग प्रत्यक्ष कुरा गरी सूचना लिने प्रक्रिया। 6. दृश्य-श्रव्य साधन के हो? → क्यामेरा, भिडियो, तथा अडियोजस्ता प्रविधि प्रयोग गरि तथ्य संकलन गर्ने साधन हो। 7. सामाजिक तथ्याङ्क सङ्कलन किन महत्वपूर्ण छ? → सामाजिक तथ्याङ्कले नीति निर्माण तथा निर्णय लिन सहयोग पुर्‍याउँने भएकाले यो महत्वपुर्ण छ। छोटो उत्तर दिनुहोस १. सामाजिक तथ्याङ्क सङ्कलनका मुख्य विधिहरू के हुन्? उत्तर: सामाजिक तथ्याङ्क सङ्कलनका मुख्य विधिहरू यस्ता छन्: प्रत्यक्ष अवलोकन व...

एकाइ दुइ पाठ ५ कक्षा १२

 एकाइ दुइ पाठ ५ कक्षा १२ अति छोटो उत्तर दिनुहोस क) समस्या पहिचान भन्नेको के हो? समस्या पहिचान भनेको कुनै पनि सामाजिक समस्या, घटना वा  अध्ययन गर्न आवस्यक र उपयुक्त अवधारणा पहिचान गर्नु हो। (ग) परिमाणात्मक अध्ययन पद्धति भन्नेको कस्तो पद्धति हो? परिमाणात्मक अध्ययन पद्धति भनेको संख्या र तथ्यांकको माध्यमबाट कुनै विषय वा समस्याको अनुसन्धान गर्ने प्रक्रिया हो। (घ) क्षेत्र अवलोकन भन्नेको कस्तो विधि हो? क्षेत्र अवलोकन भन्नाले अध्ययन गर्ने क्षेत्रलाई प्रत्यक्ष रूपमा अवलोकन गरी त्यहाँका तथ्य र अवस्था अध्ययन गर्ने प्रक्रिया हो २. अध्ययन विधि चयन गर्न किन आवश्यक छ? सही विधि चयनले समस्याको प्रभावकारी अध्ययन र    समस्याको  समाधान सुनिश्चित गर्ने भयकाले अध्ययन विधि चयन गर्न आवश्यक छ? ३. गुणात्मक अध्ययन पद्धति कस्तो विधि हो? गुणात्मक अध्ययन पद्धति भावना, अनुभव, र वर्णनमा आधारित अध्ययन विधि हो। ४.कस्तो अनुसन्धान पद्द्ति लाइ मिश्रीत अनुसंन्धान पद्द्ति भनिन्छ? परिमाणात्मक र गुणात्मक दुवै पद्धतिलाई संयोजन गरी प्रयोग गर्ने अनुसन्धान पद्धतिलाई मिश्रित अनुसन्धान पद्धति भनिन्छ। ४. अन्तर...

एकाइ दुइ पाठ ४ लेखन कार्यमा अरुको लेख रचना प्रयोग गर्दा ध्यान दिनुपर्ने पक्ष कक्षा १२

 एकाइ दुइ पाठ ४ कक्षा १२ अति छोटो उत्तर दिनुहोस १.बौद्धिक चोरी भनेको के हो? बौद्धिक चोरी भन्नाले अरूको बौद्धिक सम्पत्ति जस्तै लेख, विचार, सिर्जना, अनुसन्धान, वा आविष्कारलाई बिना अनुमति आफ्नो नाममा प्रयोग गर्ने वा त्यसको श्रेय लिने कार्यलाई जनाउँछ। २. मानिसहरूले बौद्धिक चोरी गर्नका कुनै दुई कारणहरू लेख्नुहोस्। क. सजिलो तरिकाले प्रतिष्ठा र फाइदा लिन खोज्नु। ख. आफ्नो सिर्जना गर्न समय र मेहनत बचाउन खोज्नु। ३. जानाजान गरिने बौद्धिक चोरीका कुनै दुई उदाहरण दिनुहोस्। 1. कसैको लेख/अनुसन्धानलाई आफ्नो नाममा प्रकाशित गर्नु। 2. इन्टरनेटबाट सामग्री लिएर बिना स्रोत उल्लेख आफ्नो कार्यमा समावेश गर्नु। छोटो उत्तर दिनुहोस बौद्धिक चोरिमा कस्तो सजायको व्यावस्था गरियको छ उल्लेख गर्नुहोस  उत्तर: नेपालको संविधानको धारा २५ मा बौद्धिक सम्पत्ति लगायत अन्य सम्पत्ति आर्जन गर्ने, उपभोग गर्ने, बेचबिखन गर्ने तथा व्यावसायिक लाभ प्राप्त गर्ने अधिकारको व्यवस्था गरिएको छ। यसै अन्तर्गत प्रतिलिपि अधिकार ऐन, २०५९ ले किताब, पत्रिका, लेख, अनुसन्धान, नाटक, गीत, संगीत, श्रव्य दृश्य रचना, आर्किटेक्चरल डिजाइन, चित्रकला, ...

कक्षा १२ एकाइ ११ पाठ ५ शिक्षा र रोजगार

 कक्षा १२ एकाइ ११  पाठ ५ शिक्षा र रोजगार 1. प्रश्न: साधारण शिक्षा भनेको के हो? उत्तर: व्यक्तिले आफ्नो जीवनका लागि प्राप्त गर्ने आधारभूत शिक्षा, जसले साधारण जीवन जिउन आधार दिन्छ तर विशिष्ट सीप प्रदान गर्दैन। 2. प्रश्न: प्राविधिक शिक्षा के हो? उत्तर: कुनै प्रविधिसँग सम्बन्धित व्यावसायिक ज्ञान, जसले व्यक्तिलाई विशिष्ट सीप र दक्षता प्रदान गर्छ। 3. प्रश्न: नेपालमा रोजगार क्षेत्रको मुख्य समस्या के हो? उत्तर: श्रम बजारमा रोजगारीका अवसरहरूको अभाव र उपलब्ध रोजगारीका लागि आवश्यक सीप तथा दक्षता भएका जनशक्तिको कमी। 4. प्रश्न: बौद्धिक पलायन रोक्न के गर्न सकिन्छ? उत्तर: देशमा गुणस्तरीय रोजगारीका अवसरहरू सिर्जना गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिने, र लगानीमैत्री वातावरण बनाउने। 5. प्रश्न: नेपालले वैदेशिक जनशक्ति किन आयात गर्नु परेको हो? उत्तर: देशमा प्राविधिक, व्यावहारिक तथा प्रयोगात्मक ज्ञान भएका दक्ष जनशक्तिको अभावका कारण। 6. प्रश्न: नेपालमा बेरोजगारीका प्रमुख कारणहरू के हुन्? उत्तर: श्रमशक्तिसँग उपलब्ध सीप र दक्षता अनुसारको अवसरको अभाव, उच्च जनसंख्या वृद्धि दर, र प्राविधिक त...

कक्षा १२ एकाइ ११ पाठ ४ "शिक्षामा समुदायको सहभागिता"

 कक्षा १२ एकाइ ११ पाठ ४ "शिक्षामा समुदायको सहभागिता" 1. प्रश्न: समुदायको सहभागिता भन्नाले के बुझिन्छ? उत्तर: समुदायका सदस्यहरू निर्णय, कार्यान्वयन,अनुगमन, मूल्याङ्कन, निरन्तरता र संरक्षणमा सक्रिय रूपमा सहभागी हुनु। 2. प्रश्न: राणा शासनकालमा विद्यालयहरूको विकास नहुनुको एक कारण के थियो? उत्तर: सरकारी अनुदानको अभाव र समुदायको सहयोग नहुनु। 3. प्रश्न: शिक्षाले समुदायको विकासमा कसरी भूमिका खेल्छ? उत्तर: शिक्षाले समुदायमा जवाफदेहिता र पारदर्शिता कायम गर्न मद्दत गर्छ। 4. प्रश्न: शिक्षाको विकासमा समुदायले के कस्तो भूमिका खेल्न सक्छ? उत्तर: भौतिक, शैक्षिक र व्यवस्थापकीय कार्यमा आर्थिक, भौतिक तथा मानवीय सहयोग प्रदान गर्नु। 5. प्रश्न: समुदायले विद्यालयका कार्यक्रमहरूमा कसरी सहयोग गर्न सक्छ? उत्तर: घरको वातावरण सुधार गरेर र अभिभावकहरूलाई सचेत बनाएर। 6. प्रश्न: विद्यालय र घरबीचको सम्बन्ध कसरी सुदृढ गर्न सकिन्छ? उत्तर: प्रभावकारी सञ्चार सम्बन्ध कायम गरेर। 7. प्रश्न: विद्यार्थीहरूको सिकाइमा समुदायको योगदान के हुन सक्छ? उत्तर: गृहकार्य र परियोजना कार्यमा सूचना र विचार प्रदान गरेर। 8. प्रश्न: ...

कक्षा १२ एकाइ ११ पाठ ३ शिक्षाले सामाजिक तथा सास्कृतिक विकासमा ल्याउने परिवर्तन र प्रभाव

 कक्षा १२ एकाइ ११ पाठ ३ शिक्षाले सामाजिक तथा सास्कृतिक विकासमा ल्याउने परिवर्तन र प्रभाव 1. प्रश्न: शिक्षाले सामाजिक समानता कसरी प्रवर्द्धन गर्छ? उत्तर: शिक्षाले सबैलाई समान अवसर प्रदान गरी सामाजिक विभेद घटाउँछ। 2. प्रश्न: संस्कृति संरक्षणमा शिक्षाको भूमिका के हो? उत्तर: शिक्षाले सांस्कृतिक सम्पदाको संरक्षण र विकासमा योगदान पुर्‍याउँछ। 3. प्रश्न: नैतिक मूल्यहरूको विकासमा शिक्षा कसरी सहायक हुन्छ?  उत्तर: शिक्षाले नैतिकता र सामाजिक उत्तरदायित्वको भावना बढाउँछ। 4. प्रश्न: सामाजिक सचेतना वृद्धि गर्न शिक्षाले के भूमिका खेल्छ?  उत्तर: शिक्षाले व्यक्तिहरूलाई सामाजिक मुद्दाहरू र समस्याहरुका वारेमा सचेत र जागरूक बनाउँछ। 5. प्रश्न: आर्थिक विकासमा शिक्षाको योगदान के हो? उत्तर: शिक्षाले दक्ष जनशक्ति उत्पादन गरी आर्थिक समृद्धिमा मद्दत गर्छ। 6. प्रश्न: स्वास्थ्य र जीवनस्तर सुधारमा शिक्षा कसरी प्रभावकारी छ?  उत्तर: शिक्षाले स्वास्थ्य सम्बन्धी ज्ञान बढाई जीवनस्तर उकास्छ। 7. प्रश्न: लैङ्गिक समानता प्रवर्द्धनमा शिक्षाको भूमिका के हो?  उत्तर: शिक्षाले लैङ्गिक विभेद हटाई समानता स्थ...

कक्षा १२ एकाइ ११ पाठ २ शिक्षामा पहुँच र समावेशिता" अति छोटो प्रश्नहरू

 कक्षा १२ एकाइ ११ पाठ २ शिक्षामा पहुँच र समावेशिता"  अति छोटो प्रश्नहरू 1. प्रश्न: शिक्षामा पहुँच भन्नाले के बुझिन्छ? उत्तर: सबै व्यक्तिले लिङ्ग, सामाजिक वर्ग, जातीय पृष्ठभूमि, अपाङ्गता आदि आधारमा कुनै भेदभाव विना शिक्षा लिन सक्ने क्षमता र अवसर प्राप्त गर्नु। 2. प्रश्न: समता र समानतामा के फरक छ? उत्तर: समानतामा सबैलाई समान व्यवहार गरिन्छ, तर समतामा प्रत्येक व्यक्तिको आवश्यकता अनुसार न्यायपूर्ण व्यवहार गरिन्छ। 3. प्रश्न: शिक्षामा समावेशिता के हो? उत्तर: विविध पृष्ठभूमि र क्षमताका सबै बालबालिकालाई एउटै कक्षामा राखेर गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रक्रिया। 4. प्रश्न: नेपालको संविधानले आधारभूत र माध्यमिक शिक्षामा के व्यवस्था गरेको छ? उत्तर: प्रत्येक नागरिकलाई माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने हक। 5. प्रश्न: शिक्षामा पहुँच रोक्ने कुनै दुई बाधा के हुन्? उत्तर: गरिबी र लैङ्गिक भेदभाव। 6. प्रश्न: शिक्षामा पहुँच वृद्धि गर्न राज्यले के गरेको छ? उत्तर: आधारभूत तहसम्म निःशुल्क शिक्षा र पाठ्यपुस्तकको व्यवस्था। 7. प्रश्न: समावेशी शिक्षाले के फाइदा पुर्‍याउँछ? उत्तर: सबै बालबालिकाको सहभ...