Posts

Showing posts from March, 2023

कक्षा११पाठ ४ स्थानीय औपचारिक र अनौपचारिक कारोबार

p> कक्षा११पाठ ४  स्थानीय औपचारिक र अनौपचारिक  कारोबार खरिदबिक्रगरिने कार्यलाई कारोबार भनिन्छ । समाजमा यस्ता कारोबारहरू तीन प्रकारका हुन्छन् : (क) स्थानीय कारोबार स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा सेवा त्यहीँ बिक्री गर्ने कार्यलाई स्थानीय कारोबार भनिन्छ । ऐँचोपैंचो, सरसापट, मेलापात, हारगुहार आदिबाट काम चल्छ । परम्परागत रूपमा लुगा सिउने, फलामका भाँडा तथा औजारहरू बनाउने, मर्मत गर्ने, खेती गर्ने, पशुपक्षीपालन तथा बिक्रीवितरण जस्ता कार्य पनि स्थानीय कारोबार हुन् । स्थानीय कारोबारले स्थानीय आवश्यकता पूरा गर्दछ । (ख) अनौपचारिक कारोबार अनौपचारिक कारोबार भन्नाले त्यस्ता कारोबारहरू पर्दछन् जसलाई कुल राष्ट्रिय उत्पादनमा गणना गरिँदैन ।यस्ता कार्य बाट राज्यलाई कर पनि पनि प्राप्त हुँदैन । सामान्यतया यस्ता कारोबारलाई राज्यले वैध कारोबार मान्दैन तर पनि यस्ता कारोबारहरू समाजमा लुकीचोरी हुने गर्दछन् । समाजमा ढुकुटी, जुवातास जस्ता अवैध खेलमा पनि ठुलो लेनदेन हुन्छ । गाउँका साहुमहाजनहरूले चर्को व्याजदरमा गाउँका सिधासाधा जनतालाई ऋण लगानी गर्ने कार्य पनि गर्दछन् । घुसखोरी, अवैध यौनधन्दा, मानव

कक्षा ११ पाठ :५ कृषि, उद्योग र निर्माण

  कक्षा ११ पाठ :५ कृषि, उद्योग र निर्माण नेपालको अर्थतन्त्र समयअनुसार बदलिरहेको छ । नेपालको अर्थतन्त्रमा कृषि, उद्योग र निर्माण क्षेत्रहरूको योगदान महत्त्वपूर्ण रहेको छ । (क) कृषि नेपालको अर्थतन्त्रको मूल आधार कृषि नै हो र कृषिको विकास भएमा मात्र नेपालको आर्थिक समृद्धि हुन सक्छ। नेपालको कृषि परम्परागत र निर्वाहमुखी भएको हुनाले यसलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नु आवश्यक छ । कृषियोग्य जमिनको अधिकतम सदुपयोग गरी खाद्यान्नमा आत्मनिर्भर हुँदै खाद्यान्न निकासी गरेर विदेशी मुद्रा आर्जनमा समेत कृषिलाई उपयोग गर्नुपर्ने देखिन्छ । विश्वमा विकास भएका नयाँ नयाँ प्रविधिहरूको आयात गर्नुका साथै आफ्नै देशमा कृषिको अध्ययन अनुसन्धान गरी यहीँको हावापानी र माटोअनुकूलको प्रविधि विकास गर्नुपर्ने देखिन्छ । पछिल्ला दिनमा नेपालमै बसेर केही गर्न चाहने उद्यमीहरू र वैदेशिक रोजगारीबाट कृषिका विभिन्न सिप हासिल गरेर फर्केका युवाहरूबाट आधुनिक र व्यावसायिक कृषि तथा पशुपालनको सुरुआत भएको देखिन्छ । (ख) उद्योग (ग) निर्माण < नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिने क्षेत्र निर्माण पनि

सेट ङ बिषय: सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा

 सेट ङ बिषय: सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा                   पुणाङ्क 75     समय        3 घन्टा                    समूह (क) अति छोटो उत्तर दिनुहोस्      ११×१=११ १  जीवन उपयोगी सीप भन्नाले के बुज्नु हुन्छ? २  स्वतन्त्र चर र निर्भर चरका एक एक उदाहरण दिनिहोस। 3  आत्मा आलोचना र स्वरुपान्तरण सिपको भिन्नतालाइ एक वाक्यमा प्रस्ट पार्नुहोस। 4  जानजान गरिने बौद्धिक चोरिका दुई उदाहरण दिनुहोस। 5  माक्सवादी धारणाले आर्थिक व्यावस्थालाइ बर्ग निर्माणको आधार मान्दछ तर सामाजिक आधारमा पनि बर्ग  निर्मण हुन्छ भन्ने तथ्य लाई एक उदाहरण सहित प्रस्ट पार्नुहोस। 6 किशोरावस्थामा सहपाठी समूह किन महत्वपूर्ण  हुन्छ ?दुई वाक्यमा लेखनुहोस। 7  वर्तमान नेपालको सङ्घिय प्रशासनिक संरचना अनुसार स्थानिय निकायलाइ कति वोटा  गाउँपालिका र नगरपालिकामा छुट्याइएको छ? 8  तपाईं गाउपालिकाको न्यायिक शाखा प्रमुख हुनुभयो। तपाइको कार्यालयमा ज्यान मार्ने कसुर र नाता सम्वन्ध कायम गरिपाउ भन्ने उजुरी परेमा यस्ता मुद्दालाइ कस्ता प्रकृतीका मुद्दा  भनी कर्वाही  चलाउनु हुन्छ? 9  मानव बिकस सुचाङ्क (HDI) गणना गर्नुको मुख्य दुई उदेश्य लेख्नु

सेट घ बिषय: सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा नमुना प्रस्न पत्र कक्षा 12

  सेट घ बिषय:  सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा                                                                                                      नमुना प्रस्न पत्र   कक्षा 12    पुणाङ्क 75                समय  3 घन्टा समूह क अति छोटो उत्तर दिनुहोस १ आस्तिक दर्शनको मुख्य आसय के हो? २ संवेग व्यावस्थापन भन्नाले के बुझिन्छ? ३ अन्त्य टिप्पणी भन्नाले के बुझिन्छ? एक वाक्यमा लेख्नुहोस। ४ तथ्याङ्क  व्यावस्थापन भनेको के हो? ५ भौगोलिक सुचना प्रणाली(GIS) भनेको के हो? ६ वर्ग निर्माणका कुनै दुई आधार उल्लेख गर्नुहोस। ७ नेपालमा कति तहको सरकार छ ?लेख्नुहोस। ८ नेपाल सरकारले तर्जुमा गरेका कुनै दुइओटा बिदेश नितिहरु लेख्नुहोस। ९ BIMSTEC को पूरा रुप लेख्नुहोस। १० नेपालको बैदेशिक व्यापार किन घाटामा छ ?कुनै दुइओटा कारणहरु उल्लेख गर्नुहोस। ११ साधारण शिक्षा र प्राविधिक शिक्षाबिचको एक फरक लेख्नुहोस। समूह ख छोटो उत्तर दिनुहोस १२ विश्व स्वास्थ्य  सङ्गठनले जीवनौपयोगी शिपहरुलाइ कति भागमा वर्गिकरण गरेको छ? उल्लेख गर्नुहोस। अथवा शाव्दिक प्रस्तुतिकरणलाइ प्रभावकारी बनाउने कुनै पाँच

सेट ग बिषय: सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा नमुना प्रस्न पत्र कक्षा 12

  सेट ग बिषय:  सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा                                                                                                      नमुना प्रस्न पत्र   कक्षा 12    पुणाङ्क 75                समय  3 घन्टा समूह क अति छोटो उत्तर दिनुहोस १ जीवन उपयोगी शिक्षाको परिभाषा दिनुहोस २ पुर्विय चिन्तन भन्नाले के बुझिन्छ? ३ अध्यन प्रस्तावना भनेको के हो? एक वाक्यमा लेख्नुहोस। ४ समानुभुतिसिपका मुख्य तत्वहरु मध्य कुनै दुई तत्वहरु लेख्नुहोस। ५ विपतलाइ एकवाक्यमा परिभाषित गर्नुहोस। ६ स्थानिय ज्ञान भन्नाले के बुझ्नु हुन्छ? एक वाक्यमा लेख्नुहोस। ७ नेपालको कानुन अनुसार जनसंख्याको आधारमा हिमालको शहरिकरणको मापदण्ड  उल्लेख गर्नुहोस। ८ गाउँ शहर सम्बन्ध भन्नाले के बुझ्नुहुन्छ? एक वाक्यमा लेख्नुहोस। ९ बसाइसराइको धार भनेको के हो?एक वाक्यमा उल्लेख गर्नुहोस। १० आप्रवासी कामदारहरुले भोग्नु परेका मुख्य दुई समस्याहरु लेख्नुहोस। ११ नेपालको आर्थिक विकासका कुनै दुइ अवरोधहरुको नाम लेख्नुहोस। समूह ख छोटो उत्तर दिनुहोस १२ मानिसले आफैले गणना गर्नुभन्दा कम्प्युटर सफ्टवेयर प्रयोग ग

एकाइ १० कक्षा११ पाठ :२ सार्वजनिक, निजी तथा सहकारी क्षेत्र

  एकाइ १० कक्षा११ पाठ :२ सार्वजनिक, निजी तथा सहकारी क्षेत्र देश विकास गर्नका लागि  क्रियाशील भएका हुन्छन्  नेपालमा यी तीनओटै क्षेत्रबिच एकआपसका सहकार्य गरी जनतालाई बढीभन्दा बढी सुविधा दिने नीति अपनाइएको छ जसलाई तीन खम्बे नीति भनिन्छ । (क) सार्वजनिक क्षेत्र सार्वजनिक क्षेत्रलाई सरकारी क्षेत्र भनिन्छ । सरकारसँग राष्ट्र विकासका लागि दूरदृष्टि, योजना, स्रोत र साधनहरू उपलब्ध हुन्छन् । स्रोत र साधनको परिचालन गर्नका लागि संविधान, कानुन, मानव संसाधन र जनताद्वारा प्रदान गरिएको शक्ति पनि हुन्छ र बजेट खर्च गर्ने अधिकार पनि हुन्छ । सरकारले देश निर्माणका लागि नीति,योजना, रणनीति तथा मापदण्डको तर्जुमा गर्दछ । सोहीअनुसार विभिन्न निकायमार्फत विकास निर्माण र सामाजिक सेवाका कार्यहरू सञ्चालन हुन्छन् । सार्वजनिक क्षेत्रले समग्र विकास प्रयासमा निजी, सहकारी, सामुदायिक र गैरसरकारी क्षेत्रको लगानी र सहभागिताका लागि समेत उत्प्रेरणा प्रदान गर्दछ । यसले उच्च, दिगो र समावेशी आर्थिक वृद्धि र स्थायित्व कायम गर्न लगानीको वातावरण निर्माण गर्दछ । नेपालमा सार्वजनिक क्षेत्रको लगानीका लागि तीन तहका सरकारहरू

एकाइ १० कक्षा ११ पाठ :१ नेपालको अर्थतन्त्रका आधार र विशेषताहरू

  एकाइ १० कक्षा ११ पाठ :१ नेपालको अर्थतन्त्रका आधार र विशेषताहरू १. नेपालको अर्थतन्त्रका आधार विश्वमा पाइने धेरै प्रकारका हावापानी, वनस्पति र धरातलीय स्वरूप यहाँ पाइन्छन् । नेपालमा प्रशस्त जल विद्युत् निकाल्न सकिने अपार जल स्रोतको भण्डार  रहेको छ। हावापानी र प्राकृतिक सुन्दरताका कारण पर्यटन व्यवसायको पनि ठुलो सम्भावना रहेको छ । औद्योगिकीकरणको पनि उत्तिकै सम्भावना छ । यति ठुलो सम्भावना भएर पनि नेपालले त्यसको पर्याप्त उपयोग गर्न अझै धेरै काम गर्न बाँकी छ । हालको नेपालको अर्थतन्त्रलाई विश्लेषण गर्दा अर्थतन्त्रका आधारहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ : (क) कृषि नेपालमा ६०.४ प्रतिशत जनसङ्ख्या कृषिमा आबद्ध छन् अधिकांश नेपालीहरू कृषिलाई सुरक्षित पेसा मान्दछन् किनकि कृषिमा थोरै लगानीमा नै निर्वाहका लागि आवश्यक खाद्यवस्तु प्राप्त गर्न सकिन्छ । नेपालका अधिकांश कृषकको आफ्नै जग्गा भएका कारण पनि यो पेसाबाट बाहिरिन नेपाली कृषकहरूलाई कठिन भएको देखिन्छ । नेपालमा कुल गार्हस्थ उत्पादनमा २७.६ प्रतिशत योगदान कृषिको रहेको छ । त्यसैले नेपालको अर्थतन्त्रको मूल आधार कृषि नै हो भन्न सकिन्छ । नेप