कक्षा ११ पाठ :५ कृषि, उद्योग र निर्माण

 

कक्षा ११
पाठ :५
कृषि, उद्योग र निर्माण
नेपालको अर्थतन्त्र समयअनुसार बदलिरहेको छ ।
नेपालको अर्थतन्त्रमा कृषि, उद्योग र निर्माण क्षेत्रहरूको योगदान महत्त्वपूर्ण रहेको छ ।
(क) कृषि
नेपालको अर्थतन्त्रको मूल आधार कृषि नै हो र कृषिको विकास भएमा मात्र नेपालको आर्थिक समृद्धि हुन
सक्छ। नेपालको कृषि परम्परागत र निर्वाहमुखी भएको हुनाले यसलाई आधुनिकीकरण र व्यवसायीकरण
गर्नु आवश्यक छ । कृषियोग्य जमिनको अधिकतम सदुपयोग गरी खाद्यान्नमा आत्मनिर्भर हुँदै खाद्यान्न
निकासी गरेर विदेशी मुद्रा आर्जनमा समेत कृषिलाई उपयोग गर्नुपर्ने देखिन्छ । विश्वमा विकास भएका
नयाँ नयाँ प्रविधिहरूको आयात गर्नुका साथै आफ्नै देशमा कृषिको अध्ययन अनुसन्धान गरी यहीँको
हावापानी र माटोअनुकूलको प्रविधि विकास गर्नुपर्ने देखिन्छ । पछिल्ला दिनमा नेपालमै बसेर केही गर्न
चाहने उद्यमीहरू र वैदेशिक रोजगारीबाट कृषिका विभिन्न सिप हासिल गरेर फर्केका युवाहरूबाट
आधुनिक र व्यावसायिक कृषि तथा पशुपालनको सुरुआत भएको देखिन्छ ।
(ख) उद्योग
(ग) निर्माण
< नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिने क्षेत्र निर्माण पनि हो । देशमा पूर्वाधार विकास,
सहरीकण तथा विभिन्न आयोजनाहरूको कार्यान्वयनका क्रममा विभिन्न प्रकारका भौतिक निर्माण कार्यहरू
गर्नुपर्ने हुन्छ । यस्ता निर्माण कार्यहरूलाई सञ्चालन गर्नका लागि निर्माण व्यवसायहरू सञ्चालन
भएका हुन्छन् । त्यस्ता निर्माण व्यवसायले उपलब्ध प्राकृतिक, आर्थिक र मानवीय स्रोत साधनहरूलाई
परिचालन गर्दै रोजगारीका अवसर सिर्जना गरिरहेको हुन्छ । त्यसैले औद्योगिक नीति तथा औद्योगिक
व्यवसाय ऐनमा निर्माण व्यवसायलाई उद्योगका रूपमा परिभाषित गरिएको छ :

Comments