Posts

प्रदेशहरुको सामाजिक सांस्कृतिक अवस्था कस्तो छ छोटकरिमा वर्णन गर्नुहोस

  पाठ:3 प्रदेशहरुको सामाजिक सांस्कृतिक अवस्था कस्तो छ छोटकरिमा वर्णन गर्नुहोस जातिय हिसाबले नेपाल बहुजाती र बहुसंस्कृति भएको देश हो । यहाँ 125 प्रकारका जाति तथा जनजातिहरु र यिनीहरूले बोलने 123 भाषा रहेका छन् । (जनगणना २०६८ ) धार्मिक हिसाबले नेपालीहरू हिन्दु, बौद्ध, इस्लाम, इसाई, किराँत, सिख आदि धर्म मान्दछन् । प्रदेश १ को सामाजिक सास्कृतिक अवस्था यस प्रदेशमा ब्राह्मण, क्षेत्री, मगर, राई, लिम्बु, लेप्चा, तामाङ, शेर्पा,मेचे, कोचे,सतार, धिमाल, राजवंशी, थारु, आदि जातिका मानिसहरूको बसोबास रहेको छ ।भाषागत आधारमा मैथिली, चाम्लिङ, वान्तवा, कुलुङ, यम्फू,नेपाली, याक्खा, लेप्चा, सुनुवार,तामाङ, शेर्पा आदि बोलिन्छन् ।यस प्रदेशमा मनाइने मुख्य चाडपर्वहरु उद्यौली, उभौली, शेर्पाको ल्होसार, मानिरिम्दु, दुम्जी हिन्दुहरुको दशैं, तिहार र मधेसी समुदायको होली छठ जस्ता चाडपर्वहरू मुख्य छन् । यहाँका मुख्य धार्मिक स्थलमा पाथिभरा, माइपोखरी,चतरा धाम, बराह क्षेत्र, हलेसी महादेव बुढासुब्बा आदि प्रमुख रहेका छन् । सन् २०१९ को UNDP प्रतिवेदन अनुसार यस प्रदेशको मानव विकास संचाइक ०.५८ रहेको छ ।

नेपालको प्रदेश अनुसारको जनसंख्याउल्लेख गर्नुहोस

  पाठ-२ नेपालको प्रदेश अनुसारको जनसंख्याउल्लेख गर्नुहोस जनसंख्याको वितरण भौगोलिक क्षेत्र र प्रशासनिक विभाजन अनुसार फरक फरक रहेको छ । भौगोलिक क्षेत्र अनुसार सबैभन्दा बढी जनसंख्या तराईमा छ भने सबैभन्दा कम हिमाली क्षेत्रमा रहेको छ । प्रशासनिक विभाजन अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी जनसङ्ख रहेको छ भने  कर्णाली प्रदेशमा सबैभन्दा कम जनसङ्ख्या रहेको छ। क्षेत्र              जनसंख्या                            जनघनत्व           2068                2078             2068       2078 नेपाल 26494504      2,91,92,480         १८० ...

परिवार र पारिवारिक आदर्श

  परिवार र पारिवारिक आदर्श परिवार समाजको आधरभूत संस्था हो । सामाजिक सम्बन्धहरूको विकास कस्तो हुने भन्ने कुरा परिवारको स्वरूप र भूमिका कस्तो छ भन्ने कुरा त्यसले निर्धारण गर्दछ  सामाजीकिकरण र संस्कृतिकरणमा पनि परिवारको महत्त्वपूर्ण भूमिका छ । एउटा आदर्श परिवार कस्तो हुनुपर्छ भन्ने मान्यताको निर्धारणमा धर्म, संस्कृति, दर्शन र अर्थत्रन्त्रको ढाचा आदिको प्रत्यक्ष प्रभाव परेकोहुन्छ । हिन्दू समाजमा समाज र राष्ट्रको लागि परिवारको महत्वलाई गृहस्थाश्रमको महिमा मार्फत बताइएको छ । व्यक्तिको जीवनशैली, सोच, दृष्टिकोण, चरित्रको निर्माणमा परिवारको प्रभाव पर्दछ । आधुनिकता, प्रविधिको प्रयोग, रोजगारी,विश्वव्यापीकरण, स्व संस्कृतिकरण, पर संस्कृतिकरण, बसाइसराई आदि जस्ता कारणहरुले पारिवारिक संरचना, स्वरुप र सामाजिक सम्बन्धमा परिवर्तन आएको छ।सामाजिक अन्तरनिर्भता मानिस आफैमा पूर्ण आत्मनिर्भर हुन सक्दैन । आफ्ना आवश्यकता परिपूर्ति गर्न अरु व्यक्तिहरुसँग निर्भर रहनु पर्दछ यस्तो सामाजिक अवस्थालाई सामाजिक अन्तरनिर्भता भनिन्छ परम्परागत समाजमा कुल कुटुम्ब र आफन्तहरू सहितको अन्तरसम्बन्ध लाई महत्व दिएको देखिन...

व्यक्तित्वका आधार, व्यक्तिका कर्तव्य र अधिकार बारेमा पुर्विय तथा पस्चिमा दर्शनमा के कस्ता अवधारणा पाइन्छ?

  व्यक्तित्वका आधार, व्यक्तिका कर्तव्य र अधिकार बारेमा पुर्विय तथा पस्चिमा दर्शनमा के कस्ता अवधारणा पाइन्छ? कुनै पनि व्यक्तिको व्यक्तित्व कस्तो हुन्छ भन्ने कुरामा देश, काल परिस्थिति आदिको प्रत्यक्ष प्रभाव परेको हुन्छ । वैदिक, हिन्दू, बौध, जैन धर्म दर्शन मा साधारण र विशेष धर्मको अवधारणा रहेको पाइन्छ । साधारण भन्नाले धर्म भन्नाले विश्वका सबै मानिसका लागि लागू हुने निती नियमहरू मानिन्छन् भने विशेष धर्म भन्नाले व्यक्तिको व्यक्तित्व, समय, स्थान परिवेश लगायतका कुराहरु परिवर्तन हुँदा फरक पर्न जाने निती नियमहरू मानिन्छन् ।व्याक्तित्व निर्माणमा पुर्विय दर्शनले चरित्रलाई धेरै महत्व दिएको छ संकार संस्कृती र सदाचारको पालनाले अधिकार प्राप्त हुने मान्यता देखिन्छ मानव जीवनकोअन्तिम लक्ष्य मोक्ष हो भन्ने उपदेश पूर्विय दर्शनमा पाइन्छ । हिन्दू जीवन पद्धतिमा जीवको स्थुल सुक्ष्म र कारण शरिर हुने र जीवनमा धर्म, अर्थ, काम र मोक्षको लक्ष्य अनुसार कर्म गर्नुपर्ने उपदेश  रहेको छ। मानिस जन्मिन साथ ऋषीऋण, देव ऋण र पितृ ऋण लाग्ने यसबाट मुक्त हुन ज्ञान, उपासना र कर्म मार्फत कर्तव्य पूरा गर्नु पर्ने उल्लेख...

सामाजिक सम्बन्धको विकासमा पुर्विय तथा पस्चिमा दर्शनमा के कस्ता धारणा रहेका छन् ? उल्लेख गर्नुहोस।

  पाठ २ सामाजिक सम्बन्धहरुको विकास र सामाजिक अन्तरनिर्भरता १) सामाजिक सम्बन्धको विकासमा पुर्विय तथा पस्चिमा दर्शनमा के कस्ता  धारणा रहेका छन् ? उल्लेख गर्नुहोस। उत्तर : व्यक्तिलाई समाजको आधरभूत एकाइ मानिन्छ । परिवार समाजको आधरभूत संस्था हो । सामाजिक सम्बन्धमा परिवार, कूल कुटुम्ब, समुदाय जस्ता संरचनाहरु रहेका हुन्छन् । परिवार, कुल कुटुम्ब, ग्राम गण आदिसंरचनाहरु राज्यको तुलनामा निकै प्राचिन छन् । सामाजिक र राजनैतिक संस्थाको विकास बारे प्रयाप्त जानकारी वेदमा पाइन्छ । वैदिक साहित्यमा व्यक्ति र दमपत्तिको अस्तित्वलाई सामाजिक सम्बन्धको प्रारम्भ मानिएको छ । अथर्व वेदका अनुसार बनेको पहिलो संस्था परिवार थियो । यसलाई गाहूपत्य भनिएको छ जीवन र परिवारको अस्तित्वले निजी सम्पत्तिको अवधारणा विकास भयो । पारिवारिक संगठन पछि "आवहनिय" संथाको विकास भयो ।यसको अर्थ 'बोलाइएको अवस्थामा जम्मा हुने हुन्छ यो संगठन गाउँ सभा जस्तो संस्था हो । आवहनिय संस्था पछि दक्षिणानी" संथाको विकास भयो । यो जनताका प्रतिनिधि मूलक जस्तो संस्था देखिन्छ । यहाँ ग्रामका प्रतिनिधिहरू भेला हुन्थे । जन प्रतिनिधि...

सामाजिक विविधताको स्वरूप

  सामाजिक विविधताको स्वरूप समाजमा अनेक जातजाति, भाषा, धर्म र संस्कृति भएका मानिसहरु बसोबास गरेका छन् । संसारमा करिब ६५० प्रजातिय समुदायहरू त्यस्तै ४३०० धार्मिक आस्थाजन्य सम्प्रदायहरू रहेका छन । करिब ७१०० जति भाषा बोलिन्छन् । विश्वभरि आन्तरिक तथा अन्तराष्ट्रिय बसाइसराइको कारण एक स्थानबाट अर्को स्थानमा रोजगारी,व्यापार, शिक्षा तथा पर्यटन प्रयोजनका लागि जाने कार्य तिव्र छ ।यसले विश्वलाई विविधतायुक्त बनाएको छ । उदाहरणको रुपमा सन् २०२१ मा लन्डन सहरमा गरिएको एक अध्ययनले त्यहाँ करिब २७० प्रकारका जातिहरू र तिनीहरूले ३०० प्रकारका भाषाहरु बोल्ने तथ्य बाहिर ल्यायो । धार्मिक पनि सयौं धर्ममा समाज विभाजित थियो । यसले के प्रस्तुत गर्दछ भने विश्व समाज प्रविधि, बसाइसराई, भाषा, संस्कृति, आदिका कारणले विविधतापूर्ण छ । विविधताको अवस्था जति बढ्छ उति नै यसको समनयको आवश्यकता पनि बढ्दो छ । धर्म, संस्कृति, जाति, भाषा, कला र राष्ट्रियता जस्ता विषय  दोन्दका बाहना बने भने धेरै जटिलता आइ पर्छ । तसर्थ दोन्द व्यवस्थापन र शान्तिको लागि विविधतालाई कसरी सम्बोधन गर्ने भन्ने निति आवश्यक पर्दछ । त्यसैले वि...

भाषिक विविधता

  ग)भाषिक विविधता मानिसहरूले बोल्ने भाषाका आधारमा विभाजित हुने अवस्थालाई भाषिक विविधता' भनिन्छ । भाषा, विचार आदान प्रदानको प्रमुख माध्यम पनि हो । नेपालमा १२३ प्रकारका भाषाहरू बोलिन्छन्। नेपालको यहि विविधतालाई भाषिक विविधता भनिन्छ । घ) सांस्कृतिक विविधता संस्कृति कुनै पनि समुदायको मौलिक पहिचान हो । संस्कृतिले मानिसहरुलाई जोड्ने र साझा पहिचान दिने गर्दछ । तसर्थ विभिन्न संस्कृतिहरु रहेका मानिसहरुको अवस् थिति लाई सांस्कृतिक विविधता भनिन्छ । जाति, भाषा, धर्म, आदि जस्ता सामाजिक पक्षले सांस्कृतिक विविधतालाई बढाउँछ ।एउटै समाजमा ङ.) कलाका आधारमा हुने विविधता कला सामाजिक विविधताको मुख्य आयाम हो । कला अन्तर्गत चित्रकला, मूर्तिकला, संगित, नृत्य, साहित्य, नाटक आदि अनेकों क्षेत्र छन् । यहीँ आधारमा हुने सामाजिक विविधतालाई कलाका आधारमा हुने विविधता भनिन्छ ।