सामाजिक विविधताको स्वरूप

 

सामाजिक विविधताको स्वरूप
समाजमा अनेक जातजाति, भाषा, धर्म र संस्कृति भएका मानिसहरु बसोबास गरेका छन् । संसारमा करिब ६५०
प्रजातिय समुदायहरू त्यस्तै ४३०० धार्मिक आस्थाजन्य सम्प्रदायहरू रहेका छन । करिब ७१०० जति भाषा बोलिन्छन् । विश्वभरि आन्तरिक तथा अन्तराष्ट्रिय
बसाइसराइको कारण एक स्थानबाट अर्को स्थानमा रोजगारी,व्यापार, शिक्षा तथा पर्यटन प्रयोजनका लागि जाने कार्य तिव्र छ ।यसले विश्वलाई विविधतायुक्त बनाएको छ ।
उदाहरणको रुपमा सन् २०२१मा लन्डन सहरमा गरिएको एक अध्ययनले त्यहाँ करिब २७० प्रकारका जातिहरू र तिनीहरूले ३०० प्रकारका भाषाहरु बोल्ने तथ्य बाहिर ल्यायो । धार्मिक पनि सयौं धर्ममा समाज विभाजित थियो । यसले के प्रस्तुत गर्दछ भने विश्व समाज प्रविधि, बसाइसराई, भाषा, संस्कृति, आदिका कारणले विविधतापूर्ण छ ।
विविधताको अवस्था जति बढ्छ उति नै यसको समनयको
आवश्यकता पनि बढ्दो छ । धर्म, संस्कृति, जाति, भाषा, कला र राष्ट्रियता जस्ता विषय  दोन्दका बाहना बने भने धेरै जटिलता आइ पर्छ । तसर्थ दोन्द व्यवस्थापन र शान्तिको लागि विविधतालाई कसरी सम्बोधन गर्ने भन्ने निति आवश्यक पर्दछ । त्यसैले विविधताको समन्वय वर्तमान विश्वको आवश्यकता हो ।

Comments