Skip to main content

Posts

कक्षा १२ एकाइ ३ पाठ ४ समानुभूति

 कक्षा १२ एकाइ ३ पाठ ४ समानुभूति 1. समानुभूतिको अर्थ के हो? अरूको भावनात्मक अवस्थालाई बुझ्ने र त्यसअनुसार प्रतिक्रिया जनाउने क्षमता। 2. समानुभूतिको सिपका दुई फाइदा लेख्नुहोस्। सामाजिक सम्बन्धहरू सुदृढ हुन्छन्। व्यक्तिगत र व्यावसायिक जीवनमा सफलतामा मद्दत पुग्छ। 3. संज्ञानात्मक समानुभूतिका दुई उदाहरण दिनुहोस्। अनुहार हेरेर खुशी वा दुःखी छुट्याउन सक्ने क्षमता। अरूको संवेगात्मक अनुभवलाई बुझ्ने क्षमता। 4. समानुभूतिका दुई तत्त्वहरू के-के हुन्? अरूलाई बुझ्ने क्षमता। अरूलाई विकसित पार्ने क्षमता। 5. समानुभूति सिप विकास गर्नका लागि दुई उपायहरू के हुन्? सक्रिय रूपमा अरूको कुरा सुन्ने। विविध दृष्टिकोणबाट सोच्ने अभ्यास गर्ने। 6. समानुभूतिका प्रकारहरू के-के हुन्? संज्ञानात्मक समानुभूति। संवेगात्मक समानुभूति। 7. समानुभूति सिपको अभावले के असर पर्न सक्छ? सामाजिक सम्बन्धहरू कमजोर हुन्छन्। व्यक्तिगत र व्यावसायिक जीवनमा कठिनाइहरू आउन सक्छन्। छोटो उत्तर लेख्नुहोस समानुभुति सिपको अर्थ लेखि यसका मुल तत्वहरु ब्याख्या गर्नुहोस समानुभूति भनेको अरू व्यक्तिहरूको भावनात्मक अवस्थालाई बुझ्ने, महसुस गर्ने र तदनुर...

कक्षा १२ एकाइ ३ पाठ ३ सिर्जनात्मक चिन्तन सिप

 कक्षा १२ एकाइ ३  पाठ ३ सिर्जनात्मक चिन्तन सिप   अति छोटो प्रस्न  1. सिर्जनात्मक चिन्तन भनेको के हो? कुनै पनि परिस्थिति वा परिदृश्यमा नयाँ विकल्पहरू सोच्नु र त्यसलाई वास्तविकतामा बदल्नु नै सिर्जनात्मक चिन्तन हो। 2. सिर्जनात्मक चिन्तन गर्ने व्यक्तिसँग हुने दुई विशेषताहरू लेख्नुहोस्। जिज्ञासु र खुलापनलाई बढावा दिन्छ। एउटै कामलाई पनि फरक सोच, ढङ्ग र तरिकाबाट गर्न मद्दत गर्छ। 3. सिर्जनात्मक चिन्तनको तयारी चरणमा के गरिन्छ? आवश्यक सामग्री व्यवस्था गरिन्छ, अनुसन्धान र मस्तिष्क मन्थन गरेर सबै विकल्पहरू विचार गरिन्छ, र अन्तमा ज्ञान र अनुभवका आधारमा योजना तयार गरिन्छ। 4. सिर्जनात्मक चिन्तनको अभ्यास गर्दा हुने एक फाइदा लेख्नुहोस्। समस्याहरूको बहुआयामिक समाधान पत्ता लगाउन सहयोग गर्छ। 5. सिर्जनात्मक चिन्तनका दुइ विशेषता लेख्नुहोस। जिज्ञासु र खुलापनलाई बढावा दिन्छ। सोचाइ र चिन्तनमा विविधता ल्याउँछ। 6. सिर्जनात्मक चिन्तन प्रक्रियाका पाँच चरणहरू के-के हुन्? तयारी चरण, विकास चरण, पूर्दाप्ति चरण, मूल्याङ्कन चरण, र प्रमाणीकरण चरण। 7. सिर्जनात्मक चिन्तनको तयारी चरणमा के गरिन्छ? आवश...

एकाइ ३ कक्षा१२ पाठ २ समालोचनात्मक चिन्तन सिप

 एकाइ ३ कक्षा१२ पाठ २ समालोचनात्मक चिन्तन सिप अति छोटो प्रस्न 1. समालोचनात्मक चिन्तन भनेको के हो? कुनै विषयवस्तु वा कुराको राम्रा तथा नराम्रा पक्षहरूको निष्पक्षताका साथ मूल्याङ्कन गर्ने कार्य समालोचनात्मक चिन्तन हो।  2. समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरू के-के हुन्? विश्लेषण, अर्थ निर्माण, निष्कर्ष अनुमान, व्याख्या, आत्मनियमन, खुला सोचाइ, समस्या समाधान।  3. विश्लेषण सिप भनेको के हो? कुनै घटना, समस्या वा मुद्दासँग सम्बन्धित सूचना र तथ्याङ्क सङ्कलन गरी तिनीहरूको प्रभाव वा नतिजाबारे विचार गर्ने सिप।  4. आत्मआलोचना सिपको उद्देश्य के हो? आफ्ना सबल पक्ष र कमजोर पक्ष पहिचान गरी भविष्यमा कमजोरी सच्याई आफूलाई सबल र सफल बनाउन सहयोग गर्नु।  5. आत्मआलोचना र स्वरूपान्तरणबीचको सम्बन्ध के हो? आत्मआलोचनाले आफ्ना कमजोरीहरू पहिचान गर्न सहयोग गर्छ, जसको आधारमा स्वरूपान्तरणद्वारा ती कमजोरीहरू सुधार गरी व्यक्तिले आफूमा परिवर्तन ल्याउँछ।  6. समालोचनात्मक चिन्तनको महत्त्व के हो? यो कुनै मुद्दा वा समस्याको वास्तविक निष्कर्षमा पुग्न, सान्दर्भिक तथ्य र प्रमाणहरू समेट्न, सबै सर...

कक्षा १२, एकाइ ३, पाठ १ "जीवनोपयोगी सिपको ऐतिहासिक पृष्ठभूमि, वर्गीकरण र अभ्यास"

  कक्षा १२, एकाइ ३, पाठ १ "जीवनोपयोगी सिपको ऐतिहासिक पृष्ठभूमि, वर्गीकरण र अभ्यास"  अति छोटो प्रश्न 1. प्रश्न: जीवनोपयोगी सिप विद्यालय शिक्षामा औपचारिक रूपमा कहिलेदेखि सुरु भएको हो? उत्तर: सन् २००० मा  2. प्रश्न: विश्व स्वास्थ्य सङ्गठनका अनुसार जीवनोपयोगी सिपहरू कति समूहमा वर्गीकृत गरिएका छन्? उत्तर: तीन समूहमा: आत्मबोध सिप, अन्तरवैयक्तिक सिप, र सोचाइ सिप। 3. प्रश्न: समस्या समाधान सिप जीवनोपयोगी सिपको कुन समूहमा पर्छ? उत्तर: सोचाइ सिप समूहमा। 4. प्रश्न: अन्तरवैयक्तिक सिपअन्तर्गत पर्ने कुनै दुई सिपहरू उल्लेख गर्नुहोस्। उत्तर: समानुभूति र सम्बन्ध व्यवस्थापन। 5. प्रश्न: आत्मबोध सिपले केमा सहयोग पुर्‍याउँछ? उत्तर: व्यक्तिको जीवनलाई व्यवस्थित बनाउन। 6. प्रश्न: जीवनोपयोगी सिप सिक्नाले व्यक्तिमा केको विकास हुन्छ? उत्तर: सकारात्मक सोच र तनाव व्यवस्थापन क्षमताको। 7. प्रश्न: सोचाइ सिपले व्यक्तिलाई केमा सघाउँछ? उत्तर: दिमागलाई सही तरिकाले परिचालन गर्न। ८. स्वसचेतना सिपअन्तर्गत पर्ने कुनै दुईवटा जीवनोपयोगी सिपहरू उल्लेख गर्नुहोस्। उत्तर: आत्मबोध (Self-awareness) आत्मनियन्त्रण (Self-r...

कक्षा १२, एकाइ २, पाठ ९ "शाब्दिक जानकारीलाई प्रस्तुत गर्ने तरिका"

 कक्षा १२, एकाइ २, पाठ ९ "शाब्दिक जानकारीलाई प्रस्तुत गर्ने तरिका" 1. प्रश्न: प्राविधिक शब्दको परिचय के हो? उत्तर: अनुसन्धानमा प्रयोग गरिने विशेष शब्दहरूको परिभाषालाई प्राविधिक शब्द भनिन्छ। 2. प्रश्न: पादटिप्पणी भनेको के हो? उत्तर: पृष्ठको तलमा दिइने थप जानकारी वा टिप्पणीलाई पादटिप्पणी भनिन्छ। 3. प्रश्न: अन्त्य टिप्पणी के हो? उत्तर: लेख वा प्रतिवेदनको अन्त्यमा दिइने थप विवरणलाई अन्त्य टिप्पणी भनिन्छ। 4. प्रश्न: छोटो रूपको सूची किन आवश्यक छ? उत्तर: पुनरावृत्त शब्दहरूको संक्षिप्त रूप प्रयोग गर्दा समय र स्थान बचत हुन्छ। 5. प्रश्न: प्राविधिक शब्दहरूको सूचीलाई के भनिन्छ? उत्तर: प्राविधिक शब्दहरूको सूचीलाई शब्दावली (glossary) भनिन्छ। छोटो उत्तर दिनुहोस छोटो रूपको सूचीको परिचय दिइ छोटो रूपको सूची तयार गर्ने क्रममा ध्यान दिनुपर्ने कुराहरू उल्लेख गर्नुहोस छोटो रूपको सूची भनेको कुनै पाठ, प्रतिवेदन वा पुस्तकमा प्रयोग गरिने संक्षिप्त शब्दहरू (संक्षेपाक्षर) वा संक्षिप्त रूपहरूको व्यवस्थित रूपमा राखिएको सूची हो। यो सूचीले पाठकलाई शब्दहरूको संक्षिप्त अर्थ बुझ्न मद्दत गर्दछ। छोटो रूपको सूची ...

कक्षा१२ एकाइ २ पाठ ८ तथ्यांक प्रसोधन र विश्लेशणमा माइक्रोसफ्ट एक्सेलको प्रयोग

  कक्षा१२ एकाइ २ पाठ ८ तथ्यांक प्रसोधन र विश्लेशणमा माइक्रोसफ्ट एक्सेलको प्रयोग अति छोटो उत्तर दिनुहोस 1. प्रश्न: माइक्रोसफ्ट एक्सेल के हो? उत्तर: माइक्रोसफ्ट एक्सेल एक स्प्रेडशीट सफ्टवेयर हो, जसलाई परिमाणात्मक तथ्याङ्क प्रशोधन र विश्लेषण गर्न प्रयोग गरिन्छ। 2. प्रश्न: मध्यिका (Median) भनेको के हो? उत्तर: मध्यिका भनेको परिमाणका आधारमा क्रममा मिलाइएको तथ्याङ्कलाई ठिक दुई भागमा विभाजन गर्ने तथ्य हो। 3. प्रश्न: माइक्रोसफ्ट एक्सेलमा मध्यिका कसरी निकाल्ने? उत्तर: आवश्यक सेलमा "=MEDIAN(तथ्याङ्क क्षेत्र)" टाइप गरी Enter थिचेर मध्यिका निकाल्न सकिन्छ। 4. प्रश्न: माइक्रोसफ्ट एक्सेलमा औसत (Mean) कसरी गणना गर्ने? उत्तर: आवश्यक सेलमा "=AVERAGE(तथ्याङ्क क्षेत्र)" टाइप गरी Enter थिचेर औसत निकाल्न सकिन्छ। 5. प्रश्न: माइक्रोसफ्ट एक्सेलमा स्तरीय भिन्नता (Standard Deviation) कसरी निकाल्ने? उत्तर: आवश्यक सेलमा "=STDEV.P(तथ्याङ्क क्षेत्र)" टाइप गरी Enter थिचेर स्तरीय भिन्नता निकाल्न सकिन्छ। 6. प्रश्न: माइक्रोसफ्ट एक्सेलमा ग्राफ कसरी बनाउने? उत्तर: तथ्याङ्क चयन गरी "Insert...

एकाइ २ पाठ ७ 'तथ्याङ्क तथा सूचनाको विश्लेषण र प्रस्तुतीकरण'

 एकाइ २ पाठ ७ 'तथ्याङ्क तथा सूचनाको विश्लेषण र प्रस्तुतीकरण' 1. तथ्याङ्क तयारी भनेको के हो? तथ्याङ्कलाई सफा र व्यवस्थित गरी विश्लेषणका लागि तयार पार्ने प्रक्रिया। 2. तथ्याङ्क विश्लेषण चरणलाई किन सबैभन्दा महत्त्वपूर्ण मानिन्छ? यस चरणमा तथ्याङ्कको अर्थ निकालेर अनुसन्धान प्रश्नहरूको उत्तर पाइन्छ। 3. गुणात्मक तथ्याङ्क प्रशोधन गर्ने दुई कम्प्युटर सफ्टवेयरहरू के-के हुन्? Microsoft Excel र Google Sheets। 4. शाब्दिक प्रस्तुतीकरण भनेको के हो? शब्द, वाक्य र अनुच्छेदमार्फत जानकारी प्रस्तुत गर्ने तरिका। 5. तथ्याङ्क सङ्कलनपछि गर्नुपर्ने कार्यहरू महत्त्वपूर्ण किन हुन्छन्? सङ्कलित तथ्याङ्कलाई तयारी, प्रशोधन, विश्लेषण र प्रस्तुतीकरण गरेर मात्र अनुसन्धान पूर्ण हुन्छ। 6. शाब्दिक प्रस्तुतीकरणलाई प्रभावकारी बनाउने पाँच उपायहरू के-के हुन्? लेखकको भावनात्मक शब्द प्रयोग नगर्ने, सटिक व्याख्या गर्ने, दोहोऱ्याइ नगर्ने, तथ्याङ्क पुनरावलोकन गर्ने, र विशिष्ट मात्रासहितका शब्द प्रयोग गर्ने। 7. चित्रात्मक प्रस्तुतीकरणका पाँच प्रकारहरू के-के हुन्? चार्ट, ग्राफ, तालिका, फोटो, र नक्सा। 8. चित्रात्मक प्रस्तुतीकर...