Skip to main content

Posts

सेट ख नमुना प्रस्न पत्र कक्षा 12

 सेट ख नमुना प्रस्न पत्र   कक्षा 12  बिषय:  सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा                                                                                                     पुणााङ्क 75                समय  3 घन्टा समूह क अति छोटो उत्तर दिनुहोस १ प्रतिलिपी अधिकार भन्नाले के बुझिन्छ? २ आत्मामुल्याङ्कनका दुइओटा महत्वहरु उल्लेख गर्नुहोस। ३ समस्या पहिचान भन्नाले के बुझ्नु हुन्छ? एक वाक्यमा लेख्नुहोस। ४ अरुको दुखलाइ आफ्नै दुख झै ठानेर व्यावहार गर्नु कुन जीवन उपयोगी सीप हो ५ समानता र समताबिचको एक भिन्नता लेख्नुहोस। ६ धर्म निरपेक्षताको अर्थलाइ एक वाक्यमा स्पष्ट पार्नुहोस। ७ कस्तो अवस्थामा संयुक्त सङघिय सरकारको गठन हुन्छ?एक ...

कक्षा ११ पाठ :८ उमेर संरचनाको सङ्क्रमण र जनसाख्यिक लाभांशको उपयोग

  कक्षा ११ पाठ :८ उमेर संरचनाको सङ्क्रमण र जनसाख्यिक लाभांशको उपयोग जनसाङ्ख्यिक घटना (जन्म र मृत्यु) का कारणले जनसङ्ख्या वृद्धिदर पनि उच्च, निम्न र स्थिर हुन्छ । यिनै जनसाङ्ख्यिक घटनाका प्रभावले गर्दा जनसङ्ख्या वृद्धिदर एउटा अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुँदै जान्छ । यही प्रक्रियालाई जनसाङ्ख्यिक सङ्क्रमण भनिन्छ। सन् १९४५ मा F.W. Notyestein ले पहिलो पटक Demographic Transition शब्दको प्रयोग गरेका थिए । जनसाङ्ख्यिक सङ्क्रमणलाई निम्नलिखित तीन भागमा विभाजन गरी व्याख्या गर्न सकिन्छ : (क) प्रारम्भिक अवस्था यो जनसाङ्ख्यिक सङ्क्रमणको पहिलो अवस्था हो । यसमा जन्मदर र मृत्युदर दुवै उच्च हुने हुनाले जनसङ्ख्या बिस्तारै वृद्धि भइरहेको हुन्छ । (ख) मध्य अवस्था यो जनसाङ्ख्यिक सङ्क्रमणको दोस्रो अवस्था हो । यस अवस्थामा व्यक्तिहरू शिक्षित हुनुका साथै स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति भएका कारण मृत्युदरमा निकै कमी आइसकेको हुन्छ तर व्यक्तिका अभिवृत्ति तथा व्यवहारमा खासै परिवर्तन नआइसकेको हुनाले जन्मदर भने उच्च नै रहन्छ । त्यसकारण जनसङ्ख्या तीव्र रूपले वृद्धि भएको हुन्छ । यस अवस्थाल...

कक्षा ११ एकाइ ९ पाठ :3 जनसङ्ख्या र विकास (बाकी)

  नेपालमा प्रादेशिक विकास र जनसङ्ख्याको प्रादेशिक वितरण कुनै पनि देशको भौगोलिक तथा प्रशासनिक क्षेत्रका आधारमा छरिएर रहेको जनसङ्ख्यालाई जनसङ्ख्याको प्रादेशिक वितरण भनिन्छ । नेपाललाई प्राकृतिक संरचनाका आधारमा हिमाल, पहाड र तराई गरी तीन क्षेत्रमा विभाजन गरिएको छ । त्यसैगरी, सङ्घीय संरचनाका आधारमा सात प्रदेशमा विभाजन गरिएको छ । यी भौगोलिक तथा प्रशासनिक क्षेत्रको भौगोलिक, आर्थिक र सामाजिक विविधताका कारण जनसङ्ख्याको वितरण सबै प्रदेशमा समान छैन । भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्याको वितरण २०६८ हिमाल  १७,८१, ७९२ पहाड   १,१३,९४,००७ तराई १,३३, १८, ७०५ जम्मा २,६४,९४,५०४ प्रतिशत ६.७३ हिमाल ४३.०१पहाड ५०.२७ तराई १००.०० जम्मा हिमाली प्रदेशमा विषम हावापानी, कठिन भौगोलिक अवस्था र पूर्वाधारको कमीका कारण जनसङ्ख्या पातलो छ । त्यसमा पनि सुविधाको खोजीमा त्यहाँबाट अन्यत्र बसाइँसराइ गर्नाले त्यहाँको जनसङ्ख्या घट्दो क्रममा छ । पहाडी प्रदेशमा पनि कठिन भूबनोट, उत्पादकत्वमा कमी, जनशक्ति पलायनका कारण विकासले गति लिन नसकेको, कमजोर भूबनोटका कारणले सडकलगायतका पूर्वाधारहरू...

कक्षा ११ एकाइ ९ पाठ :3 जनसङ्ख्या र विकास

  कक्षा ११ एकाइ ९ पाठ :3 जनसङ्ख्या र विकास जनसङ्ख्या दुईओटा शब्दहरू 'जन' र 'सङ्ख्या' मिलेर बनेको शब्द हो । यसमा 'जन' को अर्थ मानिस र ‘सङ्ख्या'को अर्थ गणना गर्दाको परिमाण भन्ने हुन्छ । यसका आधारमा जनसङ्ख्याको अर्थ गणना गर्दा आउने मानिसहरूको परिमाण भन्ने बुझिन्छ । अतः कुनै खास ठाउँमा कुनै निश्चित समयमा बसोबास गर्ने मानिसहरूको कुल सङ्ख्यालाई जनसङ्ख्या भनिन्छ। विकासको शाब्दिक अर्थ उन्नति वा प्रगति हो । कुनै व्यक्ति, संस्था, समाज वा राष्ट्रको भौतिक, मानसिक, बौद्धिक उन्नति हुनुलाई विकास भनिन्छ । मानवीय चाहनाहरू परिपूर्ति गरी सुख, सुविधा बढाउन विद्यमान प्राकृतिक, भौतिक, मानवीय र सांस्कृतिक स्रोतहरूको रचनात्मक, सकारात्मक र सन्तुलित रूपमा प्रयोग गरी जीवनमा सुधार ल्याउनु नै विकास हो । विकास एक गतिशील प्रक्रिया हो । जनसङ्ख्या र विकास एकअर्काका पूरक हुन् । यी दुवैबिच अन्योन्याश्रित सम्बन्ध रहेको छ । जनसङ्ख्या विकासको आधारभूत तत्त्व हो । जनसङ्ख्याले देशमा उपलब्ध स्रोतसाधनको परिचालन गरी विकासको गतिलाई अगाडि बढाउन मदत गर्दछ । जनसङ्ख्याको वृद्धिसँगै मानिसले जी...

कक्षा ११(ख) सहरी बस्ती (Urban Settlement):

  (ख) सहरी बस्ती (Urban Settlement): सहरको अङ्ग्रेजी शब्द Urban, Latin भाषाको Urbs बाट आएको हो । यसको अर्थ नगर अथवा नगरसँग सम्बन्धित हुन्छ । सामान्यतया सहरी बस्ती सेवा उद्योग, व्यापार, पर्यटन आदिमा आधारित हुन्छ। कुनै बस्ती सहर हुनका लागि देशअनुसार फरक फरक मापदण्ड निर्धारण गरिएको पाइन्छ। नेपालमा हिमाली क्षेत्रमा १०,०००, पहाडी क्षेत्रमा ४०, ००० भित्री मधेसमा ५०,००० तराईमा ७५,००० हजार र काठमाडौँ उपत्याकामा १,००,०००, जनसङ्ख्यासहित नगरीय सेवा तथा सुविधाहरू,जस्तै : विद्युत्, सडक, खानेपानी, सार्वजनिक उद्यान, नगर सभागृह भएको अर्धसहरी क्षेत्रलाई नगर घोषणा गरिन्छ । तसर्थ सहरी बस्तीलाई परिभाषित गर्न कठिन छ । यद्यपि केही विद्वान्हरूले आआफ्नै ढङ्गबाट १. A.B. Gallion का अनुसार : “सहर भन्नाले त्यस ठाउँमा बस्ने सम्पूर्ण बासिन्दाहरू, बस्नका लागि घरहरू, किनबेचका लागि पसल, हिँड्नका लागि सडक (गल्ली) र व्यापारका लागि स्थान उपलब्ध भएको क्षेत्रलाई जनाउँछ ।” Von Richthofen का अनुसार : "सहरले त्यस्तो क्षेत्र समावेश गरेको हुन्छ, जहाँ कृषिभन्दा फरक मुख्य पेसाका रूपमा व्यापार र उद्योग हुन्छ ।” सहरी...

कक्षा ११ एकाइ ९ पाठ १ मानव वस्ती

  कक्षा ११ एकाइ ९ पाठ १ मानव वस्ती मानिसको बसोबास भएको ठाउँ, टोल, गाउँ, सहर आदिलाई मानव बस्ती भनिन्छ । मानव बस्ती जमिनमा प्रत्यक्ष रूपमा देख्न सकिने एक सांस्कृतिक भुस्वरुप हो। Jean Brunhes का अनुसार घर मानिसको खानापछिको दोस्रो आवश्यकता हो । उनका विचारमा खाना प्रथम जैविक आवश्यकता हो भने निद्रा दोस्रो जैविक आवश्यकता हो । चाहे त्यो सामान्य झुपडी होस् या ठुला महल, सुत्नका लागि मानिसलाई घरको आवश्यकता पर्दछ । Ellsworth Huntington का अनुसार घर मानिसको खाना र कपडापछिको तेस्रो आवश्यकता हो । यसले आश्रय मात्र दिने होइन जङ्गली जनावर, घाम, पानी, हावा, हुरी आदिबाट जोगाउँछ । R.L. Sing का अनुसार : बस्न, प्रयोग गर्न, कुनै कुरा सञ्चित गर्न आदि जुनसुकै उद्देश्यका लागि निर्माण गरिएका घर तथा सडक गल्ली नै बस्ती हुन् । यी सबैका भनाइका आधारमा मानिसको बसोबास भएको ठाउँ, टोल, गाउँ, सहर आदिलाई बस्ती भनिन्छ ।बस्तीले मानिस र प्राकृतिक वातावरणबिचको सम्बन्धलाई उजागर गर्दछ किनकि बस्ती निर्माणमा मानिसले विभिन्न भौतिक वस्तुहरूको प्रयोग गरेका हुन्छन् । यसले मानिसको भौतिक वस्तुको प्रयोग गर्ने क्षमतालाई ...

कक्षा ११ पाठ : ३ नेपालको निर्वाचन प्रणाली

  कक्षा ११ पाठ : ३ नेपालको निर्वाचन प्रणाली  निर्वाचन आयोगले संविधान र सङ्घीय कानुनअन्तर्गत रही राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश सभाका सदस्य र स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्दछ । यसले निर्वाचनका लागि निम्ति मतदाताको नामावलीसमेत तयार गर्दछ । नेपालमा प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचनका लागि दुई किसिमको निर्वाचन प्रणालीको व्यवस्था गरेका छन् । एउटालाई पहिलो हुने निर्वाचित हुने प्रणाली भनिन्छ भने अर्कोलाई समानुपातिक प्रणाली भनिन्छ । पहिलो हुने निर्वाचित हुने प्रणालीअनुसार एक निर्वाचन क्षेत्र एक पदका आधारमा निर्वाचन हुन्छ । यसमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सदस्यमा निर्वाचित हुने प्रावधान छ । समानुपातिक निर्वाचन प्रणालीअनुसार प्रतिनिधि सभा सदस्यको हकमा सम्पूर्ण देशलाई र प्रदेश सभाको हकमा सम्बन्धित प्रदेशलाई एक निर्वाचन क्षेत्र मानिन्छ । यस प्रणालीमा आफूले चाहेको दललाई मतदान गरिन्छ । प्रत्येक दलले प्राप्त गरेको कुल मत सङ्ख्याको अनुपातमा त्यस्तो दल...