एकाइ ५ पाठ ८ कक्षा १२ नेपालमा विपत् व्यवस्थापन योजना निर्मण र संयन्त्र
एकाइ ५ पाठ ८ कक्षा १२ नेपालमा विपत् व्यवस्थापन योजना निर्मण र संयन्त्र नेपालले विपत् व्यवस्थापनका लागि विभिन्न योजना, रणनीति र संयन्त्रहरू विकास गरेको छ। नेपालले विपत् व्यवस्थापनका लागि जापानको सेन्डाईमा आयोजना भएको विश्व सम्मेलनले पारित गरेको राष्ट्रिय विपत् न्यूनीकरण नीति तथा रणनीतिक योजना २०१७-२०३० (सेन्डाई फ्रेमवर्क) लाई अपनाउँदै आएको छ। प्रकोप (उद्धार) ऐन, २०३९ लागूभएपछि विपत् व्यवस्थापनमा उद्धार तथाराहत कार्य र पूर्वतयारी कार्यलाई जोडदिँदै आएको देखिन्छ । सन् १९९१ माप्राकृतिक विपत् न्यूनीकरण अन्तर्राष्ट्रिय दशकको घोषणापछि विपत् व्यवस्थापनमा पूर्वतयारी कार्यलाई विशेष जोड दिन थालिएको छ । नेपालको संविधानले नागरिकलाई विपतबाट सुरक्षित गराउन सबै तहका सरकारको प्राथमिक दायित्वहुने व्यवस्था गरेको छ । संविधानको अनुसूची ७ मा विपत् व्यवस्थापन सङ्घ र प्रदेश सरकारहरूको संयुक्त अधिकार, अनुसूची ८ ले स्थानीय सरकारको एकल अधिकार र अनुसूची ९ ले सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारलाई उल्लेख गरेको छ । नेपाल सरकारले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ सँग सम्बन्धित नियमावली २०७५ ...