Skip to main content

एकाइ दुइ पाठ ३ कक्षा १२

 एकाइ दुइ पाठ ३ कक्षा १२ 

अध्यान प्रस्तावनाको संरचना

अति छोटो उत्तर दिनुहोस

1. अध्ययन प्रस्तावना भनेको के हो?

अध्ययन प्रस्तावना भनेको कुनै विषयको अध्ययन गर्न तयार गरिने योजना वा ढाँचा हो।

2. अध्ययन प्रस्तावनाको मुख्य उद्देश्य के हो?

अध्ययनलाई व्यवस्थित, स्पष्ट, र सटीक बनाउने यसको मुख्य उद्देश्य हो।

3. अध्ययन प्रस्तावनाको पहिलो चरण के हो?

अध्ययनको शीर्षक निर्धारण।

4. अध्ययन प्रस्तावनामा तथ्य संकलनका तरिकाहरू के के हुन्?

प्रश्नावली, अन्तर्वार्ता, अवलोकन, र अभिलेख विश्लेषण।

5. अध्ययन प्रस्तावनाले कसरी अनुसन्धानलाई व्यवस्थित बनाउँछ?

यसले अध्ययनका उद्देश्य, सीमा, र विधि स्पष्ट गरेर अनुसन्धानलाई व्यवस्थित बनाउँछ।

छोटो उत्तर दिनुहोस

1. अध्ययन प्रस्तावनाका चरणहरू वर्णन गर्नुहोस।

उत्तर:

अध्ययन प्रस्तावना तयार पार्नका लागि निम्न चरणहरू अपनाइन्छ:

शीर्षक निर्धारण: अध्ययनको उद्देश्यअनुसार शीर्षक चयन गरिन्छ।

पृष्ठभूमि जानकारी: अध्ययनको सन्दर्भ र विषयको परिचय दिनु।

उद्देश्य निर्धारण: अध्ययनले के पत्ता लगाउन चाहन्छ भन्ने स्पष्ट गर्नु।

विधि चयन: अध्ययन गर्न उपयुक्त विधिहरू, जस्तै प्रश्नावली, अन्तर्वार्ता आदि चयन गर्नु।

सीमा निर्धारण: अध्ययनको भौगोलिक र समयसीमालाई स्पष्ट गर्नु।

तथ्य संकलन र विश्लेषण: तथ्य संकलनका विधिहरू र तिनको विश्लेषणको प्रक्रिया उल्लेख गर्नु।

2. अध्ययन प्रस्तावनाको महत्त्व वर्णन गर।

उत्तर:

अध्ययन प्रस्तावनाको महत्त्व निम्न छन्:

योजना बनाउन सहयोग: यसले अनुसन्धानलाई व्यवस्थित र प्रभावकारी बनाउँछ।

उद्देश्य स्पष्टता: अध्ययनका उद्देश्य र सीमा स्पष्ट हुन्छ।

समस्या समाधान: अध्ययनलाई समस्याको समाधान केन्द्रित बनाउन सहयोग गर्छ।

समय र स्रोतको बचत: अध्ययन व्यवस्थित हुँदा समय र स्रोत खेर जान पाउँदैन।

तथ्यहरूको विश्लेषण: अध्ययनलाई तथ्य र तथ्याङ्कमा आधारित बनाउन सहयोग गर्छ।

लामो उत्तर दिनुहोस

 अध्ययन प्रस्तावनाको संरचनाका चरणहरु स्पष्ट पार्नुहोस

उत्तर:

अध्ययन प्रस्तावनाको संरचनाका चरणहरु निम्नानुसार  उल्लेख गरिएको छ।

१.शीर्षक:

अध्ययनको विषय चयन गरी आकर्षक र सटीक शीर्षक बनाइन्छ।जस्तै: "नेपालमा जलवायु परिवर्तनको प्रभाव।"

२.पृष्ठभूमि:

अध्ययनको विषयको सन्दर्भ र त्यससँग सम्बन्धित समस्याहरूको परिचय दिइन्छ।

यसले अध्ययनको महत्त्वलाई स्पष्ट पार्छ।

३.उद्देश्य:

अध्ययनले के पत्ता लगाउने हो, त्यसको उद्देश्य निर्धारण गरिन्छ।

जस्तै: "जलवायु परिवर्तनले कृषिमा पार्ने प्रभावको विश्लेषण।"

४.समीक्षा:

सम्बन्धित विषयमा भएका विगतका अनुसन्धानहरूको अध्ययन गरी त्यसको सन्दर्भ दिइन्छ।

सामग्री र सीमा:

अध्ययनको भौगोलिक क्षेत्र, समयसीमा, र स्रोतहरूको स्पष्ट विवरण।

५.विधि:

तथ्य संकलन र विश्लेषणका विधिहरू, जस्तै प्रश्नावली, अन्तर्वार्ता, अवलोकन।

६.तथ्य विश्लेषण:

संकलित तथ्यहरूको वर्गीकरण, प्रस्तुति, र विश्लेषणको योजना।

७.निष्कर्ष:

अध्ययनबाट अपेक्षित उपलब्धिहरूको संक्षिप्त उल्लेख गर्ने

८.सन्दर्भ सामग्री :

 अध्ययन र अनुसन्धानलाई प्रामाणिक र तथ्यमा आधारित बनाउन प्रयोग गरिने पुस्तक, दस्तावेज, तथ्यांक, र अन्य स्रोतहरू हुन्। यस्ता सन्दर्भ सामग्रीहरुलाइ क्रममिलाएर अन्तमा लेख्नु पर्दछ।

निष्कर्ष:

अध्ययन प्रस्तावना अनुसन्धानको मार्गचित्र हो। यसले अध्ययनलाई व्यवस्थित, समयमै, र उद्देश्यअनुसार सम्पन्न गर्न सहयोग पुर्‍याउँछ।

तपाइ वसोवास गरेको क्षेत्र नजिकै भएका ऐतिहासिक, धार्मिक, प्रकृतिक क्षेत्र आदि भ्रमणको लागि एक अध्ययन प्रस्तावनाको नमुना तयार पर्नुहोस

अध्ययन प्रस्तावना: 

भक्तपुर दरबार क्षेत्र 

1. अध्ययन शीर्षक र परिचय

भक्तपुर दरबार क्षेत्र नेपालकै एक प्रमुख सांस्कृतिक सम्पदा हो, जसले मल्लकालीन वास्तुकला, मूर्तिकला, र इतिहासको झल्को दिन्छ। 1979 मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत यो क्षेत्र शैक्षिक र ऐतिहासिक अध्ययनका लागि महत्वपूर्ण छ।

२ समस्याको कथन

भक्तपुर दरबार क्षेत्र नेपालको प्रमुख ऐतिहासिक र सांस्कृतिक स्थल हो, जहाँ परम्परागत नेवारी संस्कृति, उत्कृष्ट काष्ठकला, मूर्तिकला, र वास्तुकलाको अद्भुत नमुना पाइन्छ। यो क्षेत्रमा ५५ झ्याले दरबार, न्यातपोल मन्दिर, भैरवनाथ मन्दिर, वंशगोपाल मन्दिर, सुनधारालगायतका सम्पदाहरू छन्। भ्रमणको क्रममा पर्यटकले प्राचीन इतिहासबारे ज्ञान लिन सक्छन्, परम्परागत हस्तकला र स्थानीय जीवनशैली बुझ्न सक्छन्, साथै धार्मिक र सांस्कृतिक महत्वका स्थलहरूको अवलोकन गर्न सक्छन्। यो क्षेत्र युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि विशेष आकर्षणको केन्द्र बनेको छ।

3. उद्देश्य:

भक्तपुर दरबार क्षेत्रको ऐतिहासिक पृष्ठभूमि र महत्व पत्ता लगाउने।

यस क्षेत्रमा रहेको वास्तुकला, मूर्तिकला, र संस्कृति अध्ययन गर्ने।

यस क्षेत्रको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने।

४.साहित्य पुनरावलोकन 

 भक्तपुर दरबार क्षेत्रबारे लेखिएका पुस्तक र लेखहरूको अध्ययन गर्ने।कुनै साहित्यिक कृतिलाई गहिरो अध्ययन गरी त्यसको विषयवस्तु, शैली, भाषा, संरचना, लेखकको उद्देश्य, र प्रभावको समीक्षा गर्ने। यसमा कृतिका मुख्य अंशहरूको पुनः अध्ययन गरिन्छ, त्यसको महत्वपूर्ण पक्षहरूको विश्लेषण गरिन्छ, र पाठकलाई त्यसको महत्त्व बुझाउन सहायक हुने निष्कर्ष निकालिन्छ। यो चरण साहित्यको गहिरो अध्ययन र मूल्यांकनका लागि आवश्यक मानिन्छ।

५. अध्ययनको सीमा:

अध्ययन भक्तपुर दरबार क्षेत्रभित्रका महत्वपूर्ण संरचनाहरूमा केन्द्रित हुनेछ, जस्तै न्यातापोल मन्दिर, ५५ झ्याले दरबार, भैरव मन्दिर, र दरबार संग्रहालय।

अध्ययनको समयावधि: १ दिन।

६.  अध्ययन विधि:

अवलोकन: दरबार क्षेत्रका प्रमुख संरचनाहरू अवलोकन गरी तिनको विशेषता नोट गर्ने।

अन्तर्वार्ता: स्थानीय गाइड र संग्रहालयका कर्मचारीहरूसँग अन्तर्वार्ता लिने।

फोटो डकुमेन्टेसन: महत्वपूर्ण स्थान र वस्तुको फोटो खिच्ने।

७. प्रतिवेदन लेखन र प्रवोधिकरण

भक्तपुर दरबार क्षेत्रको सांस्कृतिक, ऐतिहासिक, र कलात्मक पक्षबारे गहिरो जानकारी प्राप्त हुनेछ।

यस क्षेत्रको संरक्षणका लागि उपायहरूबारे सुझाव दिन सकिनेछ।

विद्यार्थीहरूमा ऐतिहासिक सम्पदाको महत्वबारे चेतना बढ्नेछ।

८. निष्कर्ष:

भक्तपुर दरबार क्षेत्र नेपालको सम्पदा मात्र नभई शिक्षा र पर्यटनका लागि प्रेरणादायक स्रोत पनि हो। यस अध्ययनले विद्यार्थीहरूलाई सांस्कृतिक सम्पदाको महत्त्व र यसको संरक्षणमा सक्रिय भूमिका खेल्न उत्प्रेरित गर्नेछ।

९.सन्दर्भ सामाग्री

हाम्रो प्रस्तावनामा प्रयोग भयका श्रोतहरुलाइ क्रम मिलायर लेख्ने गर्नु पर्छ। जस्तै। भक्तपुर नगर्पालिका बुलेटिन पेज न. ६७, गोर्खपत्र दैनिक 2079 पुस १८ ,UNESKO, 1979 AD,

Comments

Popular posts from this blog

Factors affecting climate

 

social evils in Nepali society {Major tradition base social evils practice in Nepal }