Skip to main content

Posts

कक्षा १२ एकाइ १० पाठ ७ नेपालमा गरिबी चक्र र सम्बोधनका उपायहरू

  कक्षा १२ एकाइ १० पाठ ७ नेपालमा गरिबी चक्र र सम्बोधनका उपायहरू 1. प्रश्न: गरिबी के हो? उत्तर: आफ्ना दैनिक आधारभूत आवश्यकता जस्तै गास, बास, कपास पूरा गर्न नसक्ने अवस्था गरिबी हो। 2. प्रश्न: सापेक्ष गरिबी भनेको के हो? उत्तर: अन्य व्यक्तिहरूको आयसँग तुलना गर्दा कम आम्दानी हुने अवस्था सापेक्ष गरिबी हो। 3. प्रश्न: निरपेक्ष गरिबी केलाई भनिन्छ? उत्तर: आफ्ना आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने अवस्था निरपेक्ष गरिबी हो। 4. प्रश्न: गरिबीको चक्र के हो? उत्तर: गरिबीले न्यून उत्पादन, लगानी, आय र माग निम्त्याउँछ, जसले पुनः गरिबीलाई कायम राख्छ; यसलाई गरिबीको चक्र भनिन्छ। 5. प्रश्न: गरिबीको चक्र तोड्न के गर्नुपर्छ? उत्तर: लगानीमा वृद्धि गरी उत्पादन र रोजगारी बढाउनुपर्छ। 6. प्रश्न: नेपालमा गरिबी निवारणका लागि कुन नीति अपनाइएको छ? उत्तर: नेपालले नवौं योजनादेखि गरिबी निवारणलाई प्रमुख उद्देश्यमा राखेको छ। 7. प्रश्न: गरिबी चक्र तोड्न प्राकृतिक साधनको उपयोग कसरी सहायक हुन्छ? उत्तर: प्राकृतिक साधनहरूको उच्च परिचालनले रोजगारी र आय वृद्धि गर्छ, जसले गरिबी घटाउँछ। 8. प्रश्न: लक्षित समूह कार्यक्रम के हो? ...

कक्षा १२ एकाइ १० पाठ ६ आर्थिक वृद्धि मानव विकास तथा दिगो विकासको अवधारणा

 कक्षा १२ एकाइ १० पाठ ६ आर्थिक वृद्धि मानव विकास तथा दिगो विकासको अवधारणा  1. आर्थिक वृद्धि भनेको के हो? राष्ट्रको उत्पादन र आम्दानीमा भएको मात्रात्मक वृद्धि। 2. मानव विकास सूचकाङ्क (HDI) का मुख्य तीन सूचकहरू के-के हुन्? जिवन आयु, सक्षेरता दर र प्रतिब्याक्ति आम्दिनि। 3. दिगो विकासको मुख्य उद्देश्य के हो? वर्तमान आवश्यकताहरू पूरा गर्दै भावी पुस्ताका आवश्यकताहरूलाई खतरामा नपार्ने विकास। 4. दिगो विकासका तीन मुख्य आयामहरू के-के हुन्? आर्थिक, सामाजिक, र वातावरणीय। 5. मानव विकास सूचकाङ्क (HDI) कसले प्रकाशित गर्छ? संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP)। 6. दिगो विकासका लागि सन् २०१५ मा कति उद्देश्यहरू (SDGs) तय गरिएको थियो? १७ उद्देश्यहरू। 7. आर्थिक वृद्धि र मानव विकासबीचको मुख्य भिन्नता के हो? आर्थिक वृद्धि मात्रात्मक वृद्धि हो भने मानव विकास गुणात्मक सुधार हो। 8. दिगो विकासको अवधारणा पहिलो पटक कहिले प्रस्तुत गरिएको थियो? सन् १९८७ मा 'ब्रन्टल्यान्ड प्रतिवेदन' मार्फत। 9. मानव विकास सूचकाङ्क (HDI) मा उच्च स्थान प्राप्त गर्नका लागि के आवश्यक छ? उच्च आयु, उच्च शिक्षा स्तर, र उच्च आ...

कक्षा १२ एकाइ १० पाठ ५ नेपालको वैदेशिक रोजगार नीति

  कक्षा १२ एकाइ १० पाठ ५ नेपालको वैदेशिक रोजगार नीति १. श्रम भनेको के हो, अर्थ लेख्नुहोस्। श्रम भनेको शारीरिक तथा मानसिक प्रयास हो, जसलाई उत्पादनात्मक कार्यमा प्रयोग गरिन्छ। यो व्यक्ति वा समूहद्वारा विभिन्न वस्तु तथा सेवाहरू उत्पादन गर्न गरिने काम हो। २. रोजगारी र बेरोजगारीमा भिन्नता छुट्याउनुहोस्। रोजगारी: जब व्यक्ति कुनै आर्थिक प्रतिफल प्राप्त हुने कार्यमा संलग्न हुन्छ, त्यसलाई रोजगारी भनिन्छ। बेरोजगारी: जब काम गर्न सक्ने उमेर समूहका व्यक्ति इच्छुक भए तापनि काम नपाइ बेरोजगार रहन्छ, त्यसलाई बेरोजगारी भनिन्छ। ३. वैदेशिक रोजगारीलाई परिभाषित गर्नुहोस्। जब कुनै देशका नागरिकहरू काम गर्ने उद्देश्यले वैधानिक रूपमा अर्को देशमा गई काम गर्छन्, त्यसलाई वैदेशिक रोजगारी भनिन्छ। ४. नेपालको वैदेशिक रोजगार नीति कहिले लागू भएको हो? वि.सं. २०५८ सालमा। ५. वैदेशिक रोजगार ऐनको मुख्य उद्देश्य के हो? विदेशमा काम गर्न जाने कामदारहरूको हकहित संरक्षण गर्नु। ६. वैदेशिक रोजगार विभागको स्थापना कहिले भएको हो? वि.सं. २०६० सालमा। ७. वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको मुख्य कार्य के हो? वैदेशिक रोजगार सम्बन्धी नीत...

कक्षा १२ एकाइ १० पाठ ४ वैदेशिक व्यापार

 कक्षा १२ एकाइ १० पाठ ४ वैदेशिक व्यापार (१) वैदेशिक व्यापार भनेको के हो?  दुई वा सो भन्दा बढी देशहरूबीच हुने सामान तथा सेवाको किनबेचलाई वैदेशिक व्यापार भनिन्छ। (२) व्यापार सन्तुलनलाई परिभाषित गर्नुहोस्। कुनै देशको निर्यात र आयातबीचको वरावरिको अवस्थालाइ व्यापार सन्तुलन भनिन्छ। (३) बचत व्यापार भनेको के हो?  लागत घटाएर अधिकतम नाफा निकाल्ने व्यापारिक रणनीतिलाई बचत व्यापार भनिन्छ। (४) व्यापार घाटालाई परिभाषित गर्नुहोस्।  जब कुनै देशको कुल आयात त्यसको कुल निर्यातभन्दा बढी हुन्छ, त्यसलाई व्यापार घाटा भनिन्छ। ५. नेपालको बैदेशिक व्यापारको मुख्य उद्देश्य के हो?    उत्तर: देशको आर्थिक विकासलाई गतिशील बनाउने र विदेशी मुद्रा आर्जन गर्ने । ६. नेपालको बैदेशिक व्यापारमा प्रमुख निर्यात वस्तु के हो?  उत्तर: कार्पेट, लुगा, चामल, काठ तथा हस्तशिल्प । ७. नेपालको बैदेशिक व्यापारमा प्रमुख आयात वस्तु के हो?    उत्तर: पेट्रोलियम पदार्थ, मशीनरी, यान्त्रिक सामान, र औषधि । ८. नेपालले बैदेशिक व्यापार घाटा कम गर्न के गर्न सक्छ?  उत्तर: उत्पादन क्षमता बढाएर, निर्यात वि...

कक्षा १२ एकाइ १० पाठ ३ नेपालको अन्तराष्ट्रीय सम्वन्ध

 कक्षा १२ एकाइ १० पाठ ३ नेपालको अन्तराष्ट्रीय सम्वन्ध १. नेपालको विदेश नीतिको मुख्य उद्देश्य के हो?लेख्नुहोस।    नेपालको विदेश नीतिको मुख्य उद्देश्य सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्नु हो। २. नेपालले कुन सिद्धान्तमा आधारित विदेश नीति अवलम्बन गरेको छ?  नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनमा आधारित विदेश नीति अवलम्बन गरेको छ । ३. नेपालको विदेश नीतिमा पञ्चशीलको सिद्धान्तको महत्त्व के छ? पञ्चशीलको सिद्धान्तले नेपाललाई शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र अहस्तक्षेपको नीतिमा अग्रसर बनाउँछ । ४. नेपालले संयुक्त राष्ट्रसङ्घमा कस्तो भूमिका खेलेको छ?    नेपालले संयुक्त राष्ट्रसङ्घमा शान्ति मिशन, विकास सहयोग र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि सक्रिय भूमिका खेलेको छ । ५. नेपालको विदेश नीतिमा असंलग्नताको अर्थ के हो? असंलग्नताको अर्थ नेपालले कुनै पनि सैन्य गुटमा सम्मिलित नहुने र स्वतन्त्र विदेश नीति अवलम्बन गर्ने हो ।६. नेपालले कसरी अन्तर्राष्ट्रिय विवादहरू समाधान गर...

कक्षा १२ एकाइ १० पाठ २ "नेपालको विदेश नीति र नेपाल-भारत तथा नेपाल-चीन सम्बन्ध"

 कक्षा १२ एकाइ १० पाठ २ "नेपालको विदेश नीति र नेपाल-भारत तथा नेपाल-चीन सम्बन्ध" 1. नेपालको संविधानमा उल्लिखित विदेश नीतिहरू के-के हुन्? नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै संयुक्त राष्ट्रसङ्घको वडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यताका आधारमा स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने।  2. नेपालले अवलम्बन गरेको परराष्ट्र नीतिका मुख्य सिद्धान्तहरू के-के हुन्? सबैको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने, कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक हितका आधारमा सन्धि सम्झौताहरू गर्ने, विवादको शान्तिपूर्ण निरुपण गर्ने।  3. नेपाल-भारत व्यापार सन्धि कहिले भएको थियो? वि.सं. २०३५ सालमा।  4. नेपालले भारतबाट मुख्यतः के-के वस्तुहरू आयात गर्छ? पेट्रोलियम पदार्थ, सवारी साधन, स्पेयर पार्ट्स, मेसिनरी सामान, औषधी, विद्युतीय उपकरण, खाद्यान्न आदि।  5. नेपालले भारतमा मुख्यतः के-के वस्तुहरू निर्यात गर्छ? तयारी पोसाक, जुट, धागो, जस्ता पाता, पोलिस्टर धागो, टेक्सटाइल...

कक्षा १२ एकाइ १० पाठ १ "नेपालको अर्थतन्त्र र विकास"

  कक्षा १२ एकाइ १० पाठ १ "नेपालको अर्थतन्त्र र विकास"   अति छोटो  उत्तरह दिनुहोस १. अर्थतन्त्र भनेको के हो ? अर्थतन्त्र भन्नाले कुनै देश वा समाजको आर्थिक गतिविधिहरूको समष्टि बुझाउँछ, जसमा उत्पादन, वितरण, उपभोग, रोजगारी, लगानी आदि समावेश हुन्छन्। २. विकास भनेको के हो ? विकास भन्नाले समग्र समाजको आर्थिक, सामाजिक, सांस्कृतिक, र प्रविधिगत रूपमा भएको सकारात्मक परिवर्तन वा उन्नति बुझिन्छ। आर्थिक विकासका कुनै दुई सूचकहरूको नाम लेख्नुहोस्। ३. प्रतिव्यक्ति आय (Per Capita Income) २. मानव विकास सूचकांक (Human Development Index - HDI) ४. नेपालको आर्थिक विकासका कुनै दुई अवरोधहरूको नाम लेख्नुहोस्। १. कमजोर भौतिक पूर्वाधार (Poor Infrastructure) २. बेरोजगारी र श्रम पलायन (Unemployment and Brain Drain) ५. नेपालको अर्थतन्त्रमा कुन क्षेत्रले ठूलो योगदान दिन्छ?     उत्तर: नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रले क्षेत्रले ठूलो योगदान दिन्छ।  ६. नेपालको प्रमुख आय स्रोत के हो?एक वाक्यमा लेख्नुहोस  उत्तर: नेपालको प्रमुख आय स्रोत विदेशी मुद्रा र कृषि हो। ७. नेपालको विकास...

एकाइ ९ पाठ ८ बसाइँसराइको प्रभाव

 एकाइ ९ पाठ ८ बसाइँसराइको प्रभाव १. आन्तरिक बसाइँसराइ भनेको के हो? देशको भौगोलिक सीमाभित्र हुने बसाइँसराइलाई आन्तरिक बसाइँसराइ भनिन्छ। २. बसाइँसराइका प्रमुख धारहरू के-के हुन्? गाउँबाट सहर, सहरबाट सहर, गाउँबाट गाउँ, र सहरबाट गाउँ। ३. बसाइँसराइका आर्थिक प्रभावहरू के-के हुन्? जमिनमा जनसङ्ख्याको दबाबमा परिवर्तन, प्रतिव्यक्ति उत्पादन र आयमा प्रभाव, विप्रेषणको आगमन, र उपभोग गर्ने संस्कारमा वृद्धि। ४. बसाइँसराइका सांस्कृतिक प्रभावहरू के-के हुन्? भाषिक, सांस्कृतिक र सामाजिक समायोजनमा कठिनाइ, मौलिक संस्कृतिमा विचलन, र विदेशी रहनसहनको नक्कल छोटो उत्तर दिनुहोस (१) बसाइँसराइले पार्ने आर्थिक प्रभावहरूको सूची तयार पार्नुहोस्। बसाइँसराइले विभिन्न आर्थिक प्रभाव पार्छ, जसलाई सकारात्मक र नकारात्मक रूपमा वर्गीकरण गर्न सकिन्छ: सकारात्मक प्रभावहरू: 1. आयआर्जनमा वृद्धि: नयाँ स्थानमा रोजगारीका अवसरहरू पाइने भएकाले बसाइँसराइ गर्ने व्यक्तिको आयस्तर बढ्न सक्छ। 2. विदेशी मुद्रा भित्रिने (विप्रेषण): यदि बसाइँसराइ अन्तर्राष्ट्रिय रूपमा भयो भने विदेशबाट पठाइने विप्रेषणले देशको अर्थतन्त्रलाई बलियो बनाउँछ। 3. उद्...

एकाइ ९ पाठ ७ सुरक्षित एवम मर्यादित आप्रवासन

 एकाइ ९ पाठ ७ सुरक्षित एवम मर्यादित आप्रवासन अति छोटो उत्तर दिनुहोस 1. सुरक्षित एवम मर्यादित अप्रवासन भनेको के हो?  अप्रवासन प्रक्रियामा आप्रवासीहरूको मानव अधिकारको सम्मान गर्दै, उनीहरूको श्रमको उचित मूल्यांकन र सम्मानजनक व्यवहार सुनिश्चित गर्नु सुरक्षित एवम मर्यादित अप्रवासन हो २. वैदेशिक रोजगार ऐनको मुख्य उद्देश्य के हो?  वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, र व्यवस्थित बनाउनु यसको मुख्य उद्देश्य हो। ३. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले आप्रवासन सम्बन्धी के प्रावधान गरेको छ?  यस ऐनले स्थानीय तहलाई सुरक्षित श्रम आप्रवासनका लागि सूचना प्रचारप्रसार, तथ्याङ्क सङ्कलन, सिपमूलक तालिम, वित्तीय साक्षरता, र सामाजिक तथा आर्थिक पुनः एकीकरणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने प्रावधान गरेको छ। ४. अप्रवासनका क्रममा आप्रवासीहरूले सामना गर्ने मुख्य चुनौतीहरू के हुन्?  मानव बेचबिखन, श्रम शोषण, भेदभाव, र कानूनी अधिकारको अभाव मुख्य चुनौतीहरू हुन्। ५. सुरक्षित आप्रवासनका लागि सरकारको भूमिका के हो?  नीतिगत संरचना तयार पार्नु, कानूनी संरक्षण प्रदान गर्नु, र आप्रवासीहरूको हितमा...