सामाजिक विविधता भन्नाले के बुझिन्छ ?
एकाइ : ४ पाठ:१ समाजको विकास र दर्शन वर्तमान विश्वका सामाजिक विविधता र विशेषता १) सामाजिक विविधता भन्नाले के बुझिन्छ ? उत्तर: समाजमा अनेक जातजाती, भाषा, धर्म, एवम संस्कृति भएका मानिसहरु सँगसँगै बसेको अवस्थालाई सामाजिक विविधता भनिन्छ ।सामाजिक विविधताको अवधारणाले समाजमा रहेका विविध जाति भाषा, धर्म, संस्कृति आदिलाई एउटै संरचनाका विशेष अङ्गका रुपमा चिनाउँछ । यसरी समाजमा बसोबास गरेका थरिथरिका मानिसहरुलाई सामाजिक विविधताको आधार मानिन्छ । सामाजिक विविधाताका आयामहरू के के छन? व्याख्या गर्नुहोस। समाजिक विविधताका आयामहरुलाइ निम्नानुसार उलेख गरिन्छ। क) धार्मिक विविधता समाजमा अनेक धार्मिक आस्था मान्ने मानिसहरू रहेका छन् । समाजको यो भिन्नतालाई धार्मिक आस्थाजन्य विविधता भनिन्छ । यस अन्तर्गत थुप्रै सम्प्रदाय, समूह तथा साखाहरू हुन्छन् । जस्तै हिन्दु धर्ममा शैव, शाक्त, वैष्णव आदि । नेपालमा विभिन्न धर्म मान्ने समुदायहरू बसोबास गरेका छन् यहीं विविधतालाई नेपाली समाजको धार्मिक विविधता भनिन्छ । ख) प्रजातिय तथा जातिय विविधता समाजमा अनेक प्रजाति तथा जातिका मानिसहरु रहेको अवस्थालाई प...