समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरूः

 

समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरूः
विश्लेषण सिप
अर्थनिर्माण सिप
निष्कर्श अनुमान गर्ने सिप
व्याख्या गर्ने सिप
आत्मा नियमन सिप
खुला सोचाइ सिप
समस्या समाधान सिप
विश्लेषण सिप
कुनै घटना विषय वा समस्यासँग सम्बन्धित सूचना र तक्याङ्क सङ्‌ङ्कलन गर्ने र त्यसको प्रभाव वा नतिजाबारे विचार गर्ने सिप नै विश्लेषण सिप हो ।
अर्थनिर्माण सिप
संकलित तथा प्रशोधित सूचना र तथ्याङ्‌कबाट अर्थ निकालने क्षमता नै अर्थ-निर्माण सिप हो ।
निष्कर्श अनुमान गर्ने सिप
उपलब्ध ज्ञान/प्रयाप्त र विश्वासनिय छ कि छैन मुल्याङ्कन गरि त्यसबाट  प्राप्त हुने नतिजा अनुमान गर्ने सिप निष्कर्श
अनुमान गर्ने सिप हो ।
व्याख्या गर्ने सिप
तथ्य वा सूचनाको सम्बन्ध स्थापित गरि तर्क द्वारा घटना वा
विषयवस्तुलाइ बुझाउन सक्ने क्षमतालाई व्याख्या गर्ने सिप
भनिन्छ।
आत्मा नियमन सिप
आफ्नो सोच्ने तरिका ठिक छ कि छैन भनेर निरन्तर आफूलाई
अनुगमन या मुल्याङ्कन गर्नु पर्दछ । यस्तो मुल्याङ्कन गर्ने क्षमता नै
आत्मा नियमन सिप हो ।

खुलासोचाइ सिप
आफ्नो विचार मात्र ठिक भन्ने भावनाबाट मुक्त भई अरु सबैको
विचार, भावना, चासो प्रति पर्याप्त ध्यान दिने सिप नै खुला सोचाइ
सिप हो ।
समस्या समाधान सिप
अप्रत्यासित रुपमा आइ लाग्ने समस्यालाई चलाखीपूर्ण ढङ्गले
समाधान गरि विभिन्न प्रकारका द्वन्दलाई व्यवस्थापन गर्ने क्षमतालाई
समस्या समाधान सिप भनिन्छ ।
आत्मा आलोचना सिप
आफना सबल पक्ष र कमजोर पक्ष केलाएर आफ्नो कमजोर पक्षलाई
स्वीकार गरि त्यसलाई सुधार गर्ने वाचा गर्नु नै आत्माआलोचना हो ।
यसले आफना सबल पक्ष र कमजोर पक्ष केलाएर आफूलाई सुधार
गर्ने अवसर प्रदान गर्दछ । त्यस्तै व्यक्तिलाई अरुको दृष्टिकोणबाट
आफनो व्यवहारको समीक्षा गर्न सिकाउने भएकोले आत्मा सचेतना-
को विकास गराउँछ ।
स्वरुपान्तरण
आफूमा सुधार गर्न आवश्यक विचार, कार्य र व्यवहारमा आफैँ परिवर्तन  ल्याउनु नै स्वरुपान्तरण हो । यसका लागि आफ्ना कमजोरिहरुलाई हटाई व्यवहारिक रुपमा आफू परिवर्तन हुनुपर्दछ।

Comments