Skip to main content

पाश्चात्य चिन्तन परम्परा भन्नाले के बुझिन्छ ?

 

२) पाश्चात्य चिन्तन परम्परा भन्नाले के बुझिन्छ ?
उत्तर: प्राचीन ग्रीसका दार्शनिकहरु सुकरात, प्लेटो, एरिस्टोटलका तार्किक एवम् भौतिकवादी दृष्टिकोणलाई पाश्चात्य चिन्तन भनिन्छ । सोक्रेटसको तार्किक बहस शैलीलाई पाश्चात्य दर्शनको आधारशिला' मानिन्छ।
प्लेटोले ज्ञनका सबै विधाहरु मध्ये दर्शन नै श्रेष्ठ रहेको कुरामा जोड दिएका थिए। दार्शनिक शासक नै आदर्श शासक हुन सक्ने उनको मान्यता थियो। उनले व्यवस्थित शिक्षाको लागि एकेडेमी नामक संस्था खोले । आधुनिक विश्वविद्यालयहरुलाई प्लेटोको एकेडेमीकैं विकसित रूप मानिन्छ । प्लेटोका शिष्य एक्सिटोटलले भौतिक जगत र मानव समाजको अध्ययनलाई अगाडि बढाएँ।पश्चिमा चिन्तन परम्परामा क्रिस्चयन मतको पनि धेरै प्रभाव परेको छ । युरोपमा कुनै समय चर्चनै शक्तिशाली रहेका थिए ।।चर्चले प्रकृति, विज्ञान, आलोचनात्मक अध्ययन
तथा प्रश्न निरपेक्षक विचारलाई दमन गयो । त्यसैले
यो समयलाई अँध्यारो युग नाम दिइएको छ । चर्चको अत्यचार निकै बढी भएपछि क्रिश्चियन समुदाय भित्र कलाकार,राजनैतिक चिन्तक साहित्यकार, दार्शनिक, वैज्ञानिक, आदिले विद्रोह गरे । यसैको फलस्वरूप पन्थ
निरपेक्ष आलोचनात्मक चेत सहितको ज्ञानको खोजिमा प्राचिन ग्रीसको चिन्तन परम्परालाई व्यूत्याए |
अतः पाश्चात्य समाजमा कलात्मक अभिव्यक्ति, आलोचनात्मक विषयकोखोजिको ढोका खोल्यो ।भौतिक विज्ञान र प्रविधिको विकाससँगै आधुनिक शिक्षा, वैज्ञानिक खोजि, प्रविधि औधोगिकिकरण, बजार अर्थतन्त्र, शास्त्र, निति शास्त्रः प्रकृति विज्ञान, वैचारिक स्वतन्त्रताः लोकतान्त्रिक पद्धतिको विकास नैं पाश्चात्य चिन्तन परम्पराको विशेषता हुन् ।

Comments

Popular posts from this blog

Factors affecting climate

 

social evils in Nepali society {Major tradition base social evils practice in Nepal }