सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कसरी अन्तरसम्बन्धित छन?

 

जीवनोपयोगी शिक्षामा समावेश हुने विषयवस्तुहरू के कस्ता छन् ?
उत्तर : व्यक्ति स्वयमको शारिरिक, मानसिक र आध्यात्मिक समुन्नतीका लागि कृयाशिल रहने वा परिवार, व्यक्ति, समुदाय र समाजसँग उपयुक्त व्यवहार गर्ने सभ्य, सामाजिक सम्बन्ध, नैतिक मर्यादापूर्ण व्यवहार एवम प्रभावकारी सञ्चार गर्ने सिप तथा समूहमा काम गर्ने ।
सिपको सिकाई जीवनोपयोगी शिक्षाका विषयवस्तु हुन् ।

सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कसरी अन्तरसम्बन्धित छन?
परम्परागत रुपमा चलि आएका पाठ कन्ठस्त गर्ने व्याख्यान सुन्ने.टिप्पणि पढ़ने जस्ता कार्यले सिकाइ उपलब्धि हुँदैन । सामाजिक विषय र जीवनोपयोगी शिक्षा एकै सिक्काका दुई पाटा हुन् । शिक्षाका राष्ट्रिय उद्देश्य पूरा गरि समुन्नत समाजको सृजनामा लाग्नु आजका विद्यार्थीको कर्तव्य हो । व्यक्ति समाजमा बस्ने हुँदा समाजका हरेक क्रियाकलापमा घुलमिल हुनुपर्दछ । समाजका मूल्य,मान्यता, परम्परा र रितिरिवाज सिक्नु पर्दछ । सामाजिक न्याय दिलाउने.
स्वतन्त्रताको र नैसर्गिक अधिकारको संविधान सम्बत तरिकाबाट प्राप्त गर्न, समस्या समाधान, निर्णय क्षामता,नेतृत्वदाइ भुमिका निर्वाह गर्न सक्ने बनाउन नै जीवनोपयोगी शिक्षाको उद्देश्य रहेको छ।उदाहरणका लागि व्यक्तिले घोकेर, बुँदा पढेर वा शैद्धान्तिक ज्ञानबाट उच्च अङ्‌क प्राप्त गरेको छ तर सिद्धान्तको मर्म अनुसार सोच,आचरण व्यवहार र काम नभएका सामाजिक विषयको उच्च अङ्कको कुनै अर्थ रहँदैन । त्यसैले तथयाङ्कहरु खोजेर, विश्लेषण गरेर,परिक्षण गरेर अनुसन्धानात्मक पद्धतिबाट सिकनुपर्छ । विद्यार्थीलाई पर्याप्त मात्रामा खोजी गर्ने सोच्ने, तर्क गर्ने, समालोचानात्मक सोच राख्ने, बुभने, छलफल गर्ने, परिक्षण गर्ने, अनुभूति गर्ने अवसर दिनुपर्छ ।उच्च अङ्कको प्रमाणपत्रले मात्र व्यक्ति जीवनमा स्थापित हुन सक्दैन ।तसर्थ व्यवहारिक ज्ञान आफ्नो जीवनमा लागु गर्न सकने बनाउनु नै जीवनपयोगी शिक्षाको मूल मर्म हो ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

एकाइ २ पाठ ७ 'तथ्याङ्क तथा सूचनाको विश्लेषण र प्रस्तुतीकरण'

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता