अनुसन्धान प्रस्तावनाको संरचना
पाठ ३.
अनुसन्धान प्रस्तावनाको संरचना
अनुसन्धान प्रस्तावना भन्नाले के बुझिन्छ ?
कुनै पनि घटना, विषय, क्रियाकलाप, भ्रमण, कार्यक्रम आदिको बारेमा अवलोकन निरिक्षण गरि निष्कर्श निकाल्न बनाइएको कार्य योजनालाई प्रस्तावना भनिन्छ । यसमा परिचय, समस्याको कथन, उद्देश्य, साहित्य पुनरावलोकन, अध्ययन विधि र सन्दर्भ सामग्री आदि समावेश गरिएको हुन्छ ।
: अनुसन्धान प्रस्तावनाका चरणहरु :
१) परिचय
२) समस्याको कथन
३) साहित्य पुनरावलोकन
४) उदेश्य
५) अनुसन्धान विधिः तथ्याङ्क सङ्कलन विधि
:तथ्याङ्क प्रस्तुतिकरण र विश्लेषण
६) प्रतिवेदन
७) निष्कर्श
8) संदर्भ सामाग्री
परिचय
शिर्षक छनौट पश्चात उक्त विषयमा जानकारी गराउने कार्य, परिचय
हो । आफूलाई थाहा भएसम्म विषयका सम्बन्धमा सामान्य परिचय दिइन्छ
जसले अनुसन्धान शिर्षकका सम्बन्धमा जान्ने अवसर प्रदान गर्दछ ।
समस्याको कथन
यस चरणमा के र कस्ता भन्ने प्रश्नको जवाफ खोजिन्छ । यसमा उक्त विषयको
छनौट गर्नुको कारण प्रस्टाइन्छ । अनुसन्धान कार्यमा छनोट गरियको विषय अनुसन्धान कार्य सम्पन्न नभए सम्म यसलाइ अनुसन्धान समस्या भनिन्छ
साहित्य पुनरावलोकन
अनुसन्धान विषयसँग सम्बन्धित पूर्व साहित्यहरुको अध्ययन गर्ने
कार्य यस चरणमा गरिन्छ । यसले आफ्नो अनुसन्धानलाई अरुको भन्दा
प्रिथक बनाउन र आफ्नो अनुसन्धानलाई उद्देश्यमा पुयाउन भित्रिज्ञान प्रदान गर्न गर्दछ ।
उद्देश्य
यस चरणमा अनुसन्धान किन र केका लागि गर्न लागिएको हो,उक्त कुराको उल्लेख गरिन्छ । उद्देश्य निर्धारण गर्दा छोटो र स्पष्ट हुनुपर्दछ ।उद्देश्य बिनाको अनुसन्धान कार्य हुन सक्दैन
अनुसन्धान विधि
यश चरणमा तथ्याङ्क संङ्कलन गर्नको लागि उपयुक्त
विधिको छनौट
र विश्लेषणको तरिका उल्लेख गरिन्छ
तथ्याङ्क संकलन प्रस्तुतिकरण र विश्लेषणका बारेमा कुन
विधि प्रयोग गर्ने भन्ने बारेमा प्रस्ट पारिन्छ ।
प्रतिवेदन
सङ्कलित तथ्याङ्कहरुलाई प्रस्तुतिकरण र विश्लेषण गरि निष्कर्शमा नपुगेसम्म कुनै पनि अनुसन्धानको औचित्य पुष्टि हुदैन् ।तसर्थ यस चरणमा प्रतिवेदन लेख्ने कार्य प्रतिवेदनलाई विद्युतिय माध्यम, छापा माध्यम मार्कत कुनै संस्था समूह वा पाठक वर्गसम्म पुयाउने कार्य गरिन्छ ।
निष्कर्श
यसरि लेखिएको समग्र अनुसन्धानको सारांशलाई यसमा उल्लेख गरिन्छ । पाठक वर्गले प्रतिवेदनको सारांश अध्ययन गरेर यसको भाव र अर्थलाई सजिलैसँग बुझ्न सक्दछ ।
सन्दर्भ सामाग्री
अनुसन्धानको क्रममा प्रस्तावना तयारिदेखि प्रतिवेदन लेखनसम्मम विभिन्न चरणहरुमा अन्य साहित्यहरूको तथ्यलाई साभार गरिएको हुन्छ । यसरि अरुका तथ्यलाई साभार गरिएको छ भने त्यस्ता तकथ्यहरुलाई सन्दर्भ सामग्रीको रूपमा Modern language Association
(MLA) तथा American Psychological Association (APA) को माध्यमव माध्यद्वारा साहित्यको
सूची तयार गरिनु पर्दछ । यस्ता सूचीमा लेखकको नाम तथा पेज नम्वर उल्लेख गरिनुपर्दछ । यसो नगरिकन अर्काको साहित्य साभार गरिएमा बौधिक चौरिको आरोपमा कानूनी
सजाए भोग्नु पर्दछ ।
Comments
Post a Comment