समालोचनात्मक चिन्तन भन्नाले के बुझिन्छ ?

 

एकाई : ३
पाठ 2
समालोचनात्मक चिन्तन
१) समालोचनात्मक चिन्तन भन्नाले के बुझिन्छ ?
उत्तर कुनै विषयवस्तु समस्या वा मुद्धाका बारेमा राम्रा तथा नराम्रा
पक्षहरुको निष्पक्षताका साथ मुल्याङ्कन गर्ने कार्य समालोचनात्मक
चिनतन हो । समालोचनात्मक शब्द 'सम' र 'आलोचना' दुई शब्द मिलेर
बनेको छ ।
२) समालोचक बन्न निम्न चरणहरू अभ्यास गरिनु पर्दछ :
समस्या, मुद्दा वा. प्रश्नलाई पहिचान गर्ने,
तथ्याङ्क, तर्क र विचारहरु सङ्कलन गर्ने,
तथ्याङ्क विश्वासनिय र पर्याप्त छ कि छैन विश्लेषण र मुल्याङ्कन गर्ने,
आफ्नो तथा तथ्याङ्‌कको पक्षधर वा पूर्वाग्रहले प्रभाव पारेको छ कि छैन पहिचान गर्ने,प्राप्त सूचनाहरु  सान्दर्भिक छन् कि छैनन् ? कुन सूचना बढी महत्त्वपूर्ण छ पत्ता लगाउने,
सम्भावित विकल्पहरु माथि विचार गरि निष्कर्श वा निर्णयलिने
निष्कर्श वा निर्णयलाई प्रस्तुतिकरण र सञ्चार गर्ने
समालोचनात्मक चिन्तनको महत्त्व:
कुनै घटना, मुद्धा वा समस्याको वास्तविक निष्कर्शमा पुग्न यो चिन्तन महत्त्वपूर्ण छ
परिस्थिती अनुकूलता विभिन्न सिद्धान्त, परिभाषा कानुन लगायतका कुराहरु निश्चित गर्न,
व्यक्तिगत पक्षधरता र पूर्वाग्रह लगायतका निष्कर्शमा प्रभाव पार्ने तत्त्वहरुलाई हटाई उचित निष्कर्श निकाल्न,
सान्दर्भिक तथ्य, प्रमाण र अनुभवहरुलाई समेटि असान्दर्भिक कुराहरु हटाउन यो चिन्तन महत्त्वपूर्ण छ ।

Comments