पुर्विय चिन्तन परम्पराको प्रभाव हाम्रो जीवनमा कस्तो परेको छ? उलेख गर्नुहोस

 

पुर्विय चिन्तन परम्पराको  प्रभाव हाम्रो जीवनमा कस्तो परेको छ? उलेख गर्नुहोस
पूविर्य चिन्तनमा जीवनोपयोगी सिपलाई वैदिक परम्परामा रहि व्याख्या गरिएको देखिन्छ । यस अन्तर्गत १४ विद्या १८ शास्त्र र ६४ कलाको अध्ययन हुने गरेको बुझिन्छ । यी मध्ये ४ वटा वेदहरू ऋगवेद, यजुरवेद, सामवेद र अर्थवेद । यसैगरि छ वटा वेदाङ्हरू शिक्षा कल्प, व्याकरण निरुक्त, छन्द  र ज्योतिष  तेस्तै  पुराण, न्याय, मिमांस(दर्शन) र धर्म शात्र पर्दछन। १४ ओटा विधामा  आयुर्वेद, धनुर्वेद गन्धर्ववेद  र अर्थशात्र पनि थप गरेपछि यीनिहरुलाई १८ शास्त्र भन्ने बुझिन्छ ।
नैतिक जीवन, खानपान, सङ्गत, जीवनशैली, आदीले मानिसको चिन्तन र व्यवहारमा प्रभाव पार्ने हुनाले ती सबै मानव मर्यादा अनुसार हुनुपर्ने कुरामा पूर्विय चिन्तनले जोड दिएको छ । त्यसैले जीवनोपयोगी शिक्षामा जहिले पनि उपयुक्त सिप र स्वस्थ जीवनशैलीलाई महत्त्व दिइएको छ।
      नेपालमा एकातिर अति प्राचिन कालदेखिका मान्यता
अविच्छिन्न देखिन्छ भने अर्कातिर विश्वव्यापीकरण, परसंस्कृतिकरण,र उपभोक्तावादले पूर्विय चिन्तन परम्परालाई असर पारेको छ । आयुर्वेद  योग, साकाहारी जीवनशैली प्रति जनचासो हालका वर्षहरूमा वढ्दो छ । हिन्दु र बौध दुवै परम्परामा जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीलाई आपसमा अन्तरसम्वन्धित  मानी खान पान आचार विचार  र दैनिक व्यवहारमा तिनीहरूको संयोगलाई जोड दिएको छ । शिक्षा नितीमा बहुसंस्कृति, बहुविध्यात्मीकता, प्रविधिको प्रयोग विस्वोब्यापिकरण मौलिकता स्तानियकरण जस्ता मान्यताले पनि प्रवेश पाइसकेको देखिन्छ ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता