Skip to main content

Posts

एकाइ ८ कक्षा १२ पाठ१ सरकारको गठन प्रकृया नेपालको शासन प्रणालीको परिचय:

 एकाइ ८  कक्षा १२  पाठ१  सरकारको गठन प्रकृया नेपालको शासन प्रणालीको परिचय: नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हो। २०६५ सालमा राजतन्त्र अन्त्य भई नेपाल गणतन्त्रमा रूपान्तरण भएको हो। देशमा संघीय प्रणाली लागू भएको छ, जसमा तीन तहका सरकार छन्— संघीय, प्रदेश, र स्थानीय। नेपालको संविधान, २०७२ अनुसार, देशमा बहुदलीय प्रणाली, जनप्रतिनिधिहरूको शासन, र समावेशी लोकतन्त्र लागू गरिएको छ। राष्ट्राध्यक्षको व्यवस्था: नेपालको राष्ट्राध्यक्ष राष्ट्रपति हुन्, जो देशको प्रमुख प्रतीकात्मक पदाधिकारी हुन्। राष्ट्रपति कार्यकारी प्रमुख होइनन्, तर संवैधानिक परम्पराहरू पालन गर्दै देशको एकता र अखण्डताको प्रतीकका रूपमा रहन्छन्। राष्ट्रपति संसदद्वारा निर्वाचित हुन्छन्। राष्ट्रपतिको निर्वाचनका लागि फरक-फरक लिङ्ग वा समुदायका प्रतिनिधित्वलाई प्राथमिकता दिइन्छ। राष्ट्रपतिले सरकारको सिफारिसमा संवैधानिक दायित्वहरू पूरा गर्छन्। राष्ट्रपतिको भूमिका अधिकतर औपचारिक र संवैधानिक सीमामा सीमित छ यसरी, नेपालमा कार्यकारी अधिकार प्रधानमन्त्रीसँग भए पनि राष्ट्रपति राष्ट्रको सम्मानजनक प्रतीक हुन्। संङ्घिय सरकार गठन प्...

एकाइ ७ पाठ ६ कक्षा १२

 एकाइ ७ पाठ ६ कक्षा १२ समतामूलक समाज भनेको सामाजिक, आर्थिक, र राजनीतिक रूपले सबै व्यक्तिलाई समान अवसर र अधिकार प्रदान गर्ने समाज हो। यस समाजमा जात, लिंग, धर्म, आर्थिक स्थिति, वा अन्य कुनै आधारमा विभेद हुँदैन। समतामूलक समाजको मुख्य उद्देश्य सबै मानिसलाई न्याय, समानता, र सम्मानको वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु हो। समतामूलक समाज एक आदर्श समाज हो, जहाँ सबै नागरिकले समान अवसर, अधिकार, र सम्मान प्राप्त गर्छन्। यस समाजको स्थापना गर्नका लागि शिक्षा, कानूनी सुधार, र सामाजिक सचेतना महत्त्वपूर्ण हुन्छ। समतामूलक समाज निर्माणले सामाजिक न्याय, शान्ति, र दिगो विकासमा ठूलो योगदान पुर्‍याउँछ। समतामूलक समाजको विशेषताहरू 1. सामाजिक समानता: सबै जात, धर्म, लिंग, र समुदायका व्यक्तिहरूलाई समान रूपमा व्यवहार गरिन्छ। जातीय भेदभाव, लैंगिक असमानता, र धार्मिक विभेदजस्ता समस्याहरू अन्त्य गरिन्छ। 2. आर्थिक समानता: सबै नागरिकलाई समान आर्थिक अवसर प्रदान गरिन्छ। गरिबी घटाउने, रोजगारका समान अवसर सिर्जना गर्ने, र स्रोतसाधनको समान वितरणमार्फत आर्थिक असमानता हटाउन प्रयास गरिन्छ। 3. शिक्षा र स्वास्थ्यमा ...

एकाइ ७ पाठ ५ कक्षा १२

 एकाइ ७ पाठ ५ कक्षा १२ नेपालको धार्मिक तथा क्षेत्रीय पहिचान विभिन्न सांस्कृतिक, धार्मिक, प्राकृतिक, र ऐतिहासिक विशेषताहरूमा आधारित छ। यहाँ नेपालको मुख्य धार्मिक र क्षेत्रीय पहिचानहरू उल्लेख गरिएको छ: धार्मिक पहिचान: 1. हिन्दु धर्मको केन्द्र: नेपाल हिन्दु धर्मावलम्बीहरूको लागि पवित्र स्थान हो। पशुपतिनाथ, मुक्तिनाथ, गोरखनाथ लगायतका मन्दिरहरूले हिन्दु धर्ममा नेपालको महत्त्व झल्काउँछ। गौतम बुद्धको जन्मस्थल: लुम्बिनी, जो युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ, गौतम बुद्धको जन्मस्थल भएकाले नेपाललाई बौद्ध धर्मावलम्बीहरूको लागि पनि पवित्र स्थल बनाएको छ। धार्मिक सहिष्णुता: नेपाल बहुधार्मिक देश हो। यहाँ हिन्दु, बौद्ध, इस्लाम, किराँत, ख्रीष्टियन लगायतका धर्मावलम्बीहरू शान्तिपूर्ण रूपमा सह-अस्तित्वमा छन्। नेपालका मुख्य धर्महरु हिन्दु धर्म हिन्दु धर्मलाई पुरानो र सनातन धर्म मानिन्छ। यसमा योग, प्राणायाम, ज्योतिषशास्त्र, वास्तुशास्त्र जस्ता विभिन्न ज्ञान र संस्कृतिलाई महत्त्व दिइन्छ। हिन्दु धर्मका आधारभूत ग्रन्थहरूमा वेद, पुराण, उपनिषद्, रामायण, महाभारत र गीता समावेश छन्। स्मृति ग्रन्थहरूमा मनुस्...

एकाइ ७ पाठ २ कक्षा१२ १. लिङ्ग र लैङ्गिकता लिङ्ग (Sex):

 एकाइ ७ पाठ २ कक्षा१२ १. लिङ्ग र लैङ्गिकता लिङ्ग (Sex): जैविक आधारमा पुरुष र महिलाको पहिचान। जन्मजात अंग, हर्मोन, र गुणसूत्रको आधारमा निर्धारण गरिन्छ। यो प्राकृतिक हो र परिवर्तन गर्न सकिंदैन। लैङ्गिकता (Gender): सामाजिक, सांस्कृतिक, र व्यवहारजन्य आधारमा पुरुष, महिला, वा अन्य लैङ्गिक पहिचान। यो समय र समाज अनुसार परिवर्तनशील हुन्छ। २. महिला, पुरुष, लैङ्गिक अल्पसंख्यक र सामाजिक लैङ्गिकता सामाजिक लैङ्गिकता (Gender Roles) भन्नाले महिलालाई कोमल, पुरुषलाई बलियो, र लैङ्गिक अल्पसंख्यकलाई पन्छाउने संस्कारले बनाएको भूमिका र अपेक्षालाई जनाउँछ। महिलाहरूलाई घरायसी काममा सीमित राख्ने, पुरुषलाई आर्थिक उत्तरदायित्व दिने, र अल्पसंख्यकलाई अस्वीकार गर्ने प्रवृत्तिहरू समाजमा देखिन्छ। ३. लैङ्गिक सवालको अवधारणा लैङ्गिक सवालले समाजमा लैङ्गिक असमानताका कारण उत्पन्न समस्याहरूको अध्ययन र समाधानमा जोड दिन्छ। यसले अधिकार, समानता, न्याय, र अवसरको पहुँच सुनिश्चित गर्न महिलासँगै पुरुष र लैङ्गिक अल्पसंख्यकलाई पनि समेट्नुपर्ने कुरा उठान गर्छ। ४. बेइजिङ घोषणापत्रले निर्धारण गरेका महिला सरोकारका क्षेत्रहरू 1995 मा भए...

एकाइ ७ पाठ ३ कक्षा १२ १. लैङ्गिक समावेशिताको परिचय

 एकाइ ७ पाठ ३ कक्षा १२ १. लैङ्गिक समावेशिताको परिचय लैङ्गिक समावेशिता भन्नाले महिला, पुरुष, लैङ्गिक अल्पसंख्यक लगायत सबैलाई समाजका हरेक क्षेत्रमा समान अवसर र सहभागिताको सुनिश्चितता गर्ने प्रक्रियालाई जनाउँछ। यसले लैङ्गिक असमानता अन्त्य गर्दै सबैलाई समान अधिकार, सम्मान, र पहिचान दिलाउन ध्यान केन्द्रित गर्छ। लक्ष्य: लैङ्गिक समानता स्थापना। हरेक व्यक्ति आफ्नो क्षमता अनुसार समाजमा योगदान पुर्याउन पाउने व्यवस्था। भेदभावमुक्त समाजको निर्माण। २. लैङ्गिक समावेशिताको विकासमा योगदान दिने मुख्य व्यक्ति मेरि वोल्स्टनक्राफ्ट (Mary    Wollstonecraft): पहिलो पटक महिलाको अधिकारका लागि आवाज उठाउने विचारक। उनले "A Vindication of the Rights of Woman" पुस्तक लेखेर शिक्षामा महिलाको समान अधिकारको वकालत गरिन्। एम्मेलिन प्यान्कहर्स्ट (Emmeline Pankhurst): ब्रिटेनमा महिला मताधिकार आन्दोलनकी अगुवा। उनले महिलाको राजनीतिक अधिकार सुनिश्चित गर्न योगदान पुर्याइन्। सिमोन द बोउवार (Simone de Beauvoir): "The Second Sex" लेखेर महिला सशक्तीकरण र लैङ्गिक समानताका लागि बौद्धिक आधार प्रदान गरिन्। ३. पहिल...

एकाइ ७ पाठ ४ कक्षा १२ अपाङ्गता र समावेसिकरण अपाङ्गताको परिचय

 एकाइ ७ पाठ ४ कक्षा १२ अपाङ्गता र समावेसिकरण अपाङ्गताको परिचय अपाङ्गता भन्नाले जन्मजात वा पछि प्राप्त विभिन्न शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी कमजोरी जसले व्यक्तिको दैनिक जीवनमा कठिनाइ उत्पन्न गर्छ, त्यसलाई जनाउँछ। अपाङ्गता भएका व्यक्ति समाजमा अन्य व्यक्तिहरू जस्तै अवसर र पहुँचको हकदार भए पनि प्रायः उपेक्षा, भेदभाव र सीमित स्रोतका कारण चुनौतीहरूको सामना गर्न बाध्य हुन्छन्।यस्ता व्यक्तिहरूलाई आत्मसम्मान र समान अवसर प्रदान गर्दै, उनीहरूको लागि अनुकूल वातावरण सिर्जना गर्नु समाजको दायित्व हो। ‘अपाङ्गता भएका र आर्थिक रूपमा विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुनेछ। दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर र बोलाइसम्बन्धी अपाङ्गता भएका नागरिकलाई सांकेतिक भाषाका माध्यमबाट कानुनबमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ। अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्ने तथा सार्वजनिक सेवा र सुविधामा समान पहुँच हुने व्यवस्था हुनेछ। नेपालको संविधान “तसर्थ अन्धा, अपाङ्ग, बहिरा तथा सुस्त मनस्थित भएका व्यक्तिलाई नेपालभरि...

model questions class 11

    सेट ४:  समूह क अति सक्षिप्त उत्तरात्मक प्रश्नहरू : १. जीवनोपयोगी शिक्षामा प्रयोग हुने कुनै दुई सिपहरू प्रस्तुत गर्नुहोस् । २. सर्च इन्जिन भनेको के हो? एक वाक्यमा लेख्नुहोस् । ३. टोलीकार्यबाट नेतृत्व सिप विकास गर्भ कसरी मद्दत पुगेको हुन्छ ? प्रस्तुत गर्नुहोस् । ४. सामाजिक सञ्जालको प्रयोग गर्दा के कस्तो साइवर नैतिकता तपाईंले प्रर्दशन गर्नुहुन्छ ? दुईओटा उदाहरण प्रस्तुत गर्नुहोस् । ५. बहुसांस्कृतिकता भनेको के हो ? ६. तपाईं इटालीको व्यवसायिक कृषक हुनुभएको भए फलफूल खेती किन गर्नुहुन्थ्यो ? एक वाक्यमा लेख्नुहोस् । ७. नेपालको वर्तमान संविधानका कुनै दुई राजनीतिक विशेषताहरू उल्लेख गर्नुहोस् । ८. होमोयोप्याथी कस्तो चिकित्सा पद्धति हो ? ९. कर आय र गैरकर आयबिच कुनै एक फरक लेख्नुहोस् १०. तपाईं सङ्घीय सरकारको अर्थमन्त्री भएको भए विप्रेषणको सदुपयोग गर्न के कस्तो कार्यक्रम 

Model questions class 11

  सेट ३ समूह क अति सङ्क्षिप्त उत्तरात्मक प्रश्नहरू :(११×१=११) १.सामाजिक अध्ययनमा प्रयोग हुने कुनै दुई सिपहरू प्रस्तुत गर्नुहोस् । सकिन्छ ? आफ्ना साथीलाई कुनै पांचओटा सुझावहरू प्रस्तुत गर्नुहोस् । २.ब्राउजर भन्नाले के बुझिन्छ ? एक वाक्यमा लेख्नुहोस् । ३.दोहोरो सञ्चार हुन नसक्दा के प्रभाव पर्न सक्छ ? लेख्नुहोस्  ४. अपेक्षा गरिएअनुरुप उपलब्धि हासिल नभएको अवस्थामा हुने तनावलाई तपाईं कसरी व्यवस्थापन गर्नुहुन्छ ? ५. पूँजीवादी समाजको परिभाषा उल्लेख गर्नुहोस् । ६. वातावरण संरक्षण कार्यमा तपाईंले निर्वाह गरेको भूमिका प्रस्तुत गर्नुहोस्  ७. संविधानमा प्रस्तावना भनेको के हो ८. प्राणायाम गर्दा मानव स्वास्थ्यलाई हुने कुनै दुई लाभ उल्लेख गर्नुहोस् । ९. चालु खर्च र पूँजीगत खर्चबिचको एक फरक लेख्नुहोस् १०. तपाईं सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भएको भए नेपालमा जनसङ्ख्या व्यवस्थापन गर्न के रणनीति तय गर्नुहुन्थ्यो ? लेख्नुहोस् । ११. विप्रेषणबाट नेपाली अर्थतन्त्रमा के कस्तो सहयोग पुगेको छ ?लेख्नुहोस् । समूह ख सङ्क्षिप्त उत्तरात्मक प्रश्नहरू : (८×५=४०) १२. माइक्रोसफ्ट वर्ड (Micro...

Model questions class11

  समूह क तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् : १. जीवनोपयोगी शिक्षा भनेको के हो ? २. सामाजिक अध्ययन र सामाजिक विज्ञानविचको कुनै एक भिन्नता लेख्नुहोस् । ३. तनावमा परेको नजिकको साथीलाई तनाव व्यवस्थापन गर्ने कुनै एक सुझाव दिनुहोस् । ४. परियोजना कार्य गर्ने सिलसिलामा समुदायका व्यक्तिहरूसँग कसरी कुराकानी सुरू गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् । ५. आधुनिक मानवको पुर्खा कसलाई मानिन्छ ? ६. तपाईं बस्ने पर्यावरणीय क्षेत्रमा अनुकूलन हुन तपाईले गर्नुभएका कुनै दुईओटा कार्यहरू लेख्नुहोस् । ७. नेपालको प्रतिनिधि सभाको निर्वाचनको लागि कस्तो निर्वाचन प्रणाली अवलम्बन गरिएको छ ८. जनसाङ्ख्यिक लाभांश भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् । ९. विप्रेषणले नेपालको अर्थतन्त्रमा पारेको कुनै दुई प्रभाव लेख्नुहोस् । १०. विपद् जोखिमका दृष्टिकोणमा तपाईं रहेको बस्ती कस्तो प्रकारको बस्ती हो? यदि जोखिमयुक्त भएमा यस्ता जोखिमबाट सुरक्षित गर्ने कुनै एक उपाय लेख्नुहोस् । ११. आहार र स्वस्थ जीवनबिचको सम्बन्ध एक वाक्यमा प्रस्ट पार्नुहोस् । समूह ख तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् : १२. बर्ड फाइल (Word file) मा टाइप...

medel question class 11

 सेट २:  समुह क तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् । - समय : ३ घन्टा (११×१=११) १. सामाजिक अध्ययन र सामाजिक विज्ञानविचको अन्तरसम्बन्ध एक वाक्यमा उल्लेख गर्नुहोस् । २. परियोजना कार्य गर्ने सिलसिलामा समुदायका व्यक्तिहरूसंग कसरी कुराकानी सुरू गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् । ३. इन्टरनेटको प्रयोग गर्दा सावधानी अपनाउनुपर्दछ । किन ?कुनै एक तर्क प्रस्तुत गर्नुहोस् । ४ होमो स्यापियन्स मानव जातिको कुनै एक विशेषता लेख्नुहोस ? ५. होरोडोबसले लेखेको इतिहासको चर्चित पुस्तकको नाम लेख्नुहोस । ६. तपाईं कुन पर्यावरणीय क्षेत्रमा बस्नुहुन्छ र त्यसले तपाईंको जीवनमा पारेको कुनै एक प्रभाव लेख्नुहोस् ।  ७.जात र जनजातिविचको कुनै एक फरक लेख्नुहोस् । ८. नेपालको राष्ट्रिय सभाको निर्वाचनको लागि कस्तो निर्वाचन प्रणाली अवलम्बन गरिएको छ ? ९. उद्यमशीलता भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् । १०. ग्रामिण बस्ती र सहरी बस्तीबिचको कुनै एक भिन्नता उल्लेख गर्नुहोस। ११.गुपदार्थको दुर्वेसन बाट बच्ने कुनै एक उपाय सुझाउनुहोस् । . समुह ख तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् । १२. अन्तरवैयक्तिक सिपको प्रभावक...

modelquestions class ११

  सबै प्रश्नहरुको उत्तर दिनुहोस् । समुह क तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस् । ११x१= ११ १.सामाजिक अध्ययन र सामाजिक विज्ञान विचको अन्तरसम्वन्ध एक वाक्यमा उल्लेख गर्नुहोस । २. परियोजना कार्य गर्ने सिलसिलामा समुदायका व्यक्तिहरुसँग कसरी कुराकानी शुरु गर्नुहुन्छ ? एक वाक्यमालेख्नुहोस । ३ इन्टरनेटको प्रयोग गर्दा सावधानी अपनाउनु पर्दछ । किन ? कुनै एक तर्क प्रस्तुत गर्नुहोस । ४. होमो सेपियन्स मानव जातीको कुनै एक विशेषता लेख्नुहोस ? ५ होरोडोटसले लेखेको इतिहासको चर्चित पुस्तकको नाम लेख्नुहोस । ६ तपाईं कुन पर्यावरणीय क्षेत्रमा बस्नुहुन्छ र त्यसले तपाइँको जीवनमा पारेको कुनै एक प्रभाव लेख्नुहोस् । ७ जात र जनजाति बिचको कुनै एक फरक लेख्नुहोस् । ८ नेपालको राष्ट्रिय सभाको निर्वाचनको लागि कस्तो निर्वाचन प्रणाली अवलम्वन गरिएको छ ? ९ उद्यमशीलता भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् । १०. ग्रामिण बस्ती र सहरी बस्ती विचको कुनै एक भिन्नता लेख्नुहोस् । ११. लागुपदार्थको दुर्व्यसनवाट बच्ने कुनै एक उपाय सुझाउनुहोस् । तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् । समुह ख ८X ५ = ४० १२. अन्तरवैयक्तिक सीपको प्रभावका...

Cultural nepali dance

 

Cultural nepali dance

 

Cultural nepali dance

 

Cultural nepali dance

 

Cultural nepali dance

 

Cultural nepali dance

 

Cultural nepali dance

 

Nepali comedy

 

Cultural nepali dance

 

College programme

 

कक्षा११पाठ ४ स्थानीय औपचारिक र अनौपचारिक कारोबार

 कक्षा११पाठ ४  स्थानीय औपचारिक र अनौपचारिक  कारोबार खरिदबिक्रगरिने कार्यलाई कारोबार भनिन्छ । समाजमा यस्ता कारोबारहरू तीन प्रकारका हुन्छन् : (क) स्थानीय कारोबार स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा सेवा त्यहीँ बिक्री गर्ने कार्यलाई स्थानीय कारोबार भनिन्छ । ऐँचोपैंचो, सरसापट, मेलापात, हारगुहार आदिबाट काम चल्छ । परम्परागत रूपमा लुगा सिउने, फलामका भाँडा तथा औजारहरू बनाउने, मर्मत गर्ने, खेती गर्ने, पशुपक्षीपालन तथा बिक्रीवितरण जस्ता कार्य पनि स्थानीय कारोबार हुन् । स्थानीय कारोबारले स्थानीय आवश्यकता पूरा गर्दछ । (ख) अनौपचारिक कारोबार अनौपचारिक कारोबार भन्नाले त्यस्ता कारोबारहरू पर्दछन् जसलाई कुल राष्ट्रिय उत्पादनमा गणना गरिँदैन ।यस्ता कार्य बाट राज्यलाई कर पनि पनि प्राप्त हुँदैन । सामान्यतया यस्ता कारोबारलाई राज्यले वैध कारोबार मान्दैन तर पनि यस्ता कारोबारहरू समाजमा लुकीचोरी हुने गर्दछन् । समाजमा ढुकुटी, जुवातास जस्ता अवैध खेलमा पनि ठुलो लेनदेन हुन्छ । गाउँका साहुमहाजनहरूले चर्को व्याजदरमा गाउँका सिधासाधा जनतालाई ऋण लगानी गर्ने कार्य पनि गर्दछन् । घुसखोरी, अवैध यौनधन्दा, म...

कक्षा ११ पाठ :५ कृषि, उद्योग र निर्माण

  कक्षा ११ पाठ :५ कृषि, उद्योग र निर्माण नेपालको अर्थतन्त्र समयअनुसार बदलिरहेको छ । नेपालको अर्थतन्त्रमा कृषि, उद्योग र निर्माण क्षेत्रहरूको योगदान महत्त्वपूर्ण रहेको छ । (क) कृषि नेपालको अर्थतन्त्रको मूल आधार कृषि नै हो र कृषिको विकास भएमा मात्र नेपालको आर्थिक समृद्धि हुन सक्छ। नेपालको कृषि परम्परागत र निर्वाहमुखी भएको हुनाले यसलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नु आवश्यक छ । कृषियोग्य जमिनको अधिकतम सदुपयोग गरी खाद्यान्नमा आत्मनिर्भर हुँदै खाद्यान्न निकासी गरेर विदेशी मुद्रा आर्जनमा समेत कृषिलाई उपयोग गर्नुपर्ने देखिन्छ । विश्वमा विकास भएका नयाँ नयाँ प्रविधिहरूको आयात गर्नुका साथै आफ्नै देशमा कृषिको अध्ययन अनुसन्धान गरी यहीँको हावापानी र माटोअनुकूलको प्रविधि विकास गर्नुपर्ने देखिन्छ । पछिल्ला दिनमा नेपालमै बसेर केही गर्न चाहने उद्यमीहरू र वैदेशिक रोजगारीबाट कृषिका विभिन्न सिप हासिल गरेर फर्केका युवाहरूबाट आधुनिक र व्यावसायिक कृषि तथा पशुपालनको सुरुआत भएको देखिन्छ । (ख) उद्योग

सेट ङ बिषय: सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा

 सेट ङ बिषय: सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा                   पुणाङ्क 75     समय        3 घन्टा                    समूह (क) अति छोटो उत्तर दिनुहोस्      ११×१=११ १  जीवन उपयोगी सीप भन्नाले के बुज्नु हुन्छ? २  स्वतन्त्र चर र निर्भर चरका एक एक उदाहरण दिनिहोस। 3  आत्मा आलोचना र स्वरुपान्तरण सिपको भिन्नतालाइ एक वाक्यमा प्रस्ट पार्नुहोस। 4  जानजान गरिने बौद्धिक चोरिका दुई उदाहरण दिनुहोस। 5  माक्सवादी धारणाले आर्थिक व्यावस्थालाइ बर्ग निर्माणको आधार मान्दछ तर सामाजिक आधारमा पनि बर्ग  निर्मण हुन्छ भन्ने तथ्य लाई एक उदाहरण सहित प्रस्ट पार्नुहोस। 6 किशोरावस्थामा सहपाठी समूह किन महत्वपूर्ण  हुन्छ ?दुई वाक्यमा लेखनुहोस। 7  वर्तमान नेपालको सङ्घिय प्रशासनिक संरचना अनुसार स्थानिय निकायलाइ कति वोटा  गाउँपालिका र नगरपालिकामा छुट्याइएको छ? 8  तपाईं गाउपालिकाको न्यायिक शाखा प्रमुख हुनुभयो। तप...

सेट घ बिषय: सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा नमुना प्रस्न पत्र कक्षा 12

  सेट घ बिषय:  सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा                                                                                                      नमुना प्रस्न पत्र   कक्षा 12    पुणाङ्क 75                समय  3 घन्टा समूह क अति छोटो उत्तर दिनुहोस १ आस्तिक दर्शनको मुख्य आसय के हो? २ संवेग व्यावस्थापन भन्नाले के बुझिन्छ? ३ अन्त्य टिप्पणी भन्नाले के बुझिन्छ? ...

सेट ग बिषय: सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा नमुना प्रस्न पत्र कक्षा 12

  सेट ग बिषय:  सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा                                                                                                      नमुना प्रस्न पत्र   कक्षा 12    पुणाङ्क 75                समय  3 घन्टा समूह क अति छोटो उत्तर दिनुहोस १ जीवन उपयोगी शिक्षाको परिभाषा दिनुहोस २ पुर्विय चिन्तन भन्नाले के बुझिन्छ? ३ अध्यन प्रस्तावना भनेको के हो? एक व...

एकाइ १० कक्षा११ पाठ :२ सार्वजनिक, निजी तथा सहकारी क्षेत्र

  एकाइ १० कक्षा११ पाठ :२ सार्वजनिक, निजी तथा सहकारी क्षेत्र देश विकास गर्नका लागि  क्रियाशील भएका हुन्छन्  नेपालमा यी तीनओटै क्षेत्रबिच एकआपसका सहकार्य गरी जनतालाई बढीभन्दा बढी सुविधा दिने नीति अपनाइएको छ जसलाई तीन खम्बे नीति भनिन्छ । (क) सार्वजनिक क्षेत्र सार्वजनिक क्षेत्रलाई सरकारी क्षेत्र भनिन्छ । सरकारसँग राष्ट्र विकासका लागि दूरदृष्टि, योजना, स्रोत र साधनहरू उपलब्ध हुन्छन् । स्रोत र साधनको परिचालन गर्नका लागि संविधान, कानुन, मानव संसाधन र जनताद्वारा प्रदान गरिएको शक्ति पनि हुन्छ र बजेट खर्च गर्ने अधिकार पनि हुन्छ । सरकारले देश निर्माणका लागि नीति,योजना, रणनीति तथा मापदण्डको तर्जुमा गर्दछ । सोहीअनुसार विभिन्न निकायमार्फत विकास निर्माण र सामाजिक सेवाका कार्यहरू सञ्चालन हुन्छन् । सार्वजनिक क्षेत्रले समग्र विकास प्रयासमा निजी, सहकारी, सामुदायिक र गैरसरकारी क्षेत्रको लगानी र सहभागिताका लागि समेत उत्प्रेरणा प्रदान गर्दछ । यसले उच्च, दिगो र समावेशी आर्थिक वृद्धि र स्थायित्व कायम गर्न लगानीको वातावरण निर्माण गर्दछ । नेपालमा सार्वजनिक क्षेत्रको लगानीका लागि तीन...

एकाइ १० कक्षा ११ पाठ :१ नेपालको अर्थतन्त्रका आधार र विशेषताहरू

  एकाइ १० कक्षा ११ पाठ :१ नेपालको अर्थतन्त्रका आधार र विशेषताहरू १. नेपालको अर्थतन्त्रका आधार विश्वमा पाइने धेरै प्रकारका हावापानी, वनस्पति र धरातलीय स्वरूप यहाँ पाइन्छन् । नेपालमा प्रशस्त जल विद्युत् निकाल्न सकिने अपार जल स्रोतको भण्डार  रहेको छ। हावापानी र प्राकृतिक सुन्दरताका कारण पर्यटन व्यवसायको पनि ठुलो सम्भावना रहेको छ । औद्योगिकीकरणको पनि उत्तिकै सम्भावना छ । यति ठुलो सम्भावना भएर पनि नेपालले त्यसको पर्याप्त उपयोग गर्न अझै धेरै काम गर्न बाँकी छ । हालको नेपालको अर्थतन्त्रलाई विश्लेषण गर्दा अर्थतन्त्रका आधारहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ : (क) कृषि नेपालमा ६०.४ प्रतिशत जनसङ्ख्या कृषिमा आबद्ध छन् अधिकांश नेपालीहरू कृषिलाई सुरक्षित पेसा मान्दछन् किनकि कृषिमा थोरै लगानीमा नै निर्वाहका लागि आवश्यक खाद्यवस्तु प्राप्त गर्न सकिन्छ । नेपालका अधिकांश कृषकको आफ्नै जग्गा भएका कारण पनि यो पेसाबाट बाहिरिन नेपाली कृषकहरूलाई कठिन भएको देखिन्छ । नेपालमा कुल गार्हस्थ उत्पादनमा २७.६ प्रतिशत योगदान कृषिको रहेको छ । त्यसैले नेपालको अर्थतन्त्रको मूल आधार कृषि नै हो भन्न ...

सेट ख नमुना प्रस्न पत्र कक्षा 12

 सेट ख नमुना प्रस्न पत्र   कक्षा 12  बिषय:  सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा                                                                                                     पुणााङ्क 75                समय  3 घन्टा समूह क अति छोटो उत्तर दिनुहोस १ प्रतिलिपी अधिकार भन्नाले के बुझिन्छ? २ आत्मामुल्याङ्कनका दुइओटा महत्वहरु उल्लेख गर्नुहोस। ३ समस्या पहिचान भन्नाले के बुझ्नु हुन्छ? एक वाक्यमा लेख्नुहोस। ४ अरुको दुखलाइ आफ्नै दुख झै ठानेर व्यावहार गर्नु कुन जीवन उपयोगी सीप हो ५ समानता र समताबिचको एक भिन्नता लेख्नुहोस। ६ धर्म निरपेक्षताको अर्थलाइ एक वाक्यमा स्पष्ट पार्नुहोस। ७ कस्तो अवस्थामा संयुक्त सङघिय सरकारको गठन हुन्छ?एक ...

कक्षा ११ पाठ :८ उमेर संरचनाको सङ्क्रमण र जनसाख्यिक लाभांशको उपयोग

  कक्षा ११ पाठ :८ उमेर संरचनाको सङ्क्रमण र जनसाख्यिक लाभांशको उपयोग जनसाङ्ख्यिक घटना (जन्म र मृत्यु) का कारणले जनसङ्ख्या वृद्धिदर पनि उच्च, निम्न र स्थिर हुन्छ । यिनै जनसाङ्ख्यिक घटनाका प्रभावले गर्दा जनसङ्ख्या वृद्धिदर एउटा अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुँदै जान्छ । यही प्रक्रियालाई जनसाङ्ख्यिक सङ्क्रमण भनिन्छ। सन् १९४५ मा F.W. Notyestein ले पहिलो पटक Demographic Transition शब्दको प्रयोग गरेका थिए । जनसाङ्ख्यिक सङ्क्रमणलाई निम्नलिखित तीन भागमा विभाजन गरी व्याख्या गर्न सकिन्छ : (क) प्रारम्भिक अवस्था यो जनसाङ्ख्यिक सङ्क्रमणको पहिलो अवस्था हो । यसमा जन्मदर र मृत्युदर दुवै उच्च हुने हुनाले जनसङ्ख्या बिस्तारै वृद्धि भइरहेको हुन्छ । (ख) मध्य अवस्था यो जनसाङ्ख्यिक सङ्क्रमणको दोस्रो अवस्था हो । यस अवस्थामा व्यक्तिहरू शिक्षित हुनुका साथै स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति भएका कारण मृत्युदरमा निकै कमी आइसकेको हुन्छ तर व्यक्तिका अभिवृत्ति तथा व्यवहारमा खासै परिवर्तन नआइसकेको हुनाले जन्मदर भने उच्च नै रहन्छ । त्यसकारण जनसङ्ख्या तीव्र रूपले वृद्धि भएको हुन्छ । यस अवस्थाल...