Posts

modelquestions class ११

  सबै प्रश्नहरुको उत्तर दिनुहोस् । समुह क तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस् । ११x१= ११ १.सामाजिक अध्ययन र सामाजिक विज्ञान विचको अन्तरसम्वन्ध एक वाक्यमा उल्लेख गर्नुहोस । २. परियोजना कार्य गर्ने सिलसिलामा समुदायका व्यक्तिहरुसँग कसरी कुराकानी शुरु गर्नुहुन्छ ? एक वाक्यमालेख्नुहोस । ३ इन्टरनेटको प्रयोग गर्दा सावधानी अपनाउनु पर्दछ । किन ? कुनै एक तर्क प्रस्तुत गर्नुहोस । ४. होमो सेपियन्स मानव जातीको कुनै एक विशेषता लेख्नुहोस ? ५ होरोडोटसले लेखेको इतिहासको चर्चित पुस्तकको नाम लेख्नुहोस । ६ तपाईं कुन पर्यावरणीय क्षेत्रमा बस्नुहुन्छ र त्यसले तपाइँको जीवनमा पारेको कुनै एक प्रभाव लेख्नुहोस् । ७ जात र जनजाति बिचको कुनै एक फरक लेख्नुहोस् । ८ नेपालको राष्ट्रिय सभाको निर्वाचनको लागि कस्तो निर्वाचन प्रणाली अवलम्वन गरिएको छ ? ९ उद्यमशीलता भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् । १०. ग्रामिण बस्ती र सहरी बस्ती विचको कुनै एक भिन्नता लेख्नुहोस् । ११. लागुपदार्थको दुर्व्यसनवाट बच्ने कुनै एक उपाय सुझाउनुहोस् । तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् । समुह ख ८X ५ = ४० १२. अन्तरवैयक्तिक सीपको प्रभावकारी उ

Cultural nepali dance

Image
 

Cultural nepali dance

Image
 

Cultural nepali dance

Image
 

Cultural nepali dance

Image
 

Cultural nepali dance

Image
 

Cultural nepali dance

Image
 

Cultural nepali dance

Image
 

Nepali comedy

Image
 

Cultural nepali dance

Image
 

College programme

Image
 

कक्षा११पाठ ४ स्थानीय औपचारिक र अनौपचारिक कारोबार

 कक्षा११पाठ ४  स्थानीय औपचारिक र अनौपचारिक  कारोबार खरिदबिक्रगरिने कार्यलाई कारोबार भनिन्छ । समाजमा यस्ता कारोबारहरू तीन प्रकारका हुन्छन् : (क) स्थानीय कारोबार स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा सेवा त्यहीँ बिक्री गर्ने कार्यलाई स्थानीय कारोबार भनिन्छ । ऐँचोपैंचो, सरसापट, मेलापात, हारगुहार आदिबाट काम चल्छ । परम्परागत रूपमा लुगा सिउने, फलामका भाँडा तथा औजारहरू बनाउने, मर्मत गर्ने, खेती गर्ने, पशुपक्षीपालन तथा बिक्रीवितरण जस्ता कार्य पनि स्थानीय कारोबार हुन् । स्थानीय कारोबारले स्थानीय आवश्यकता पूरा गर्दछ । (ख) अनौपचारिक कारोबार अनौपचारिक कारोबार भन्नाले त्यस्ता कारोबारहरू पर्दछन् जसलाई कुल राष्ट्रिय उत्पादनमा गणना गरिँदैन ।यस्ता कार्य बाट राज्यलाई कर पनि पनि प्राप्त हुँदैन । सामान्यतया यस्ता कारोबारलाई राज्यले वैध कारोबार मान्दैन तर पनि यस्ता कारोबारहरू समाजमा लुकीचोरी हुने गर्दछन् । समाजमा ढुकुटी, जुवातास जस्ता अवैध खेलमा पनि ठुलो लेनदेन हुन्छ । गाउँका साहुमहाजनहरूले चर्को व्याजदरमा गाउँका सिधासाधा जनतालाई ऋण लगानी गर्ने कार्य पनि गर्दछन् । घुसखोरी, अवैध यौनधन्दा, मानव तथा म

कक्षा ११ पाठ :५ कृषि, उद्योग र निर्माण

  कक्षा ११ पाठ :५ कृषि, उद्योग र निर्माण नेपालको अर्थतन्त्र समयअनुसार बदलिरहेको छ । नेपालको अर्थतन्त्रमा कृषि, उद्योग र निर्माण क्षेत्रहरूको योगदान महत्त्वपूर्ण रहेको छ । (क) कृषि नेपालको अर्थतन्त्रको मूल आधार कृषि नै हो र कृषिको विकास भएमा मात्र नेपालको आर्थिक समृद्धि हुन सक्छ। नेपालको कृषि परम्परागत र निर्वाहमुखी भएको हुनाले यसलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नु आवश्यक छ । कृषियोग्य जमिनको अधिकतम सदुपयोग गरी खाद्यान्नमा आत्मनिर्भर हुँदै खाद्यान्न निकासी गरेर विदेशी मुद्रा आर्जनमा समेत कृषिलाई उपयोग गर्नुपर्ने देखिन्छ । विश्वमा विकास भएका नयाँ नयाँ प्रविधिहरूको आयात गर्नुका साथै आफ्नै देशमा कृषिको अध्ययन अनुसन्धान गरी यहीँको हावापानी र माटोअनुकूलको प्रविधि विकास गर्नुपर्ने देखिन्छ । पछिल्ला दिनमा नेपालमै बसेर केही गर्न चाहने उद्यमीहरू र वैदेशिक रोजगारीबाट कृषिका विभिन्न सिप हासिल गरेर फर्केका युवाहरूबाट आधुनिक र व्यावसायिक कृषि तथा पशुपालनको सुरुआत भएको देखिन्छ । (ख) उद्योग (ग) निर्माण < नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिने क्षेत्र निर्माण पनि

सेट ङ बिषय: सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा

 सेट ङ बिषय: सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा                   पुणाङ्क 75     समय        3 घन्टा                    समूह (क) अति छोटो उत्तर दिनुहोस्      ११×१=११ १  जीवन उपयोगी सीप भन्नाले के बुज्नु हुन्छ? २  स्वतन्त्र चर र निर्भर चरका एक एक उदाहरण दिनिहोस। 3  आत्मा आलोचना र स्वरुपान्तरण सिपको भिन्नतालाइ एक वाक्यमा प्रस्ट पार्नुहोस। 4  जानजान गरिने बौद्धिक चोरिका दुई उदाहरण दिनुहोस। 5  माक्सवादी धारणाले आर्थिक व्यावस्थालाइ बर्ग निर्माणको आधार मान्दछ तर सामाजिक आधारमा पनि बर्ग  निर्मण हुन्छ भन्ने तथ्य लाई एक उदाहरण सहित प्रस्ट पार्नुहोस। 6 किशोरावस्थामा सहपाठी समूह किन महत्वपूर्ण  हुन्छ ?दुई वाक्यमा लेखनुहोस। 7  वर्तमान नेपालको सङ्घिय प्रशासनिक संरचना अनुसार स्थानिय निकायलाइ कति वोटा  गाउँपालिका र नगरपालिकामा छुट्याइएको छ? 8  तपाईं गाउपालिकाको न्यायिक शाखा प्रमुख हुनुभयो। तपाइको कार्यालयमा ज्यान मार्ने कसुर र नाता सम्वन्ध कायम गरिपाउ भन्ने उजुरी परेमा यस्ता मुद्दालाइ कस्ता प्रकृतीका मुद्दा  भनी कर्वाही  चलाउनु हुन्छ? 9  मानव बिकस सुचाङ्क (HDI) गणना गर्नुको मुख्य दुई उदेश्य लेख्नु

सेट घ बिषय: सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा नमुना प्रस्न पत्र कक्षा 12

  सेट घ बिषय:  सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा                                                                                                      नमुना प्रस्न पत्र   कक्षा 12    पुणाङ्क 75                समय  3 घन्टा समूह क अति छोटो उत्तर दिनुहोस १ आस्तिक दर्शनको मुख्य आसय के हो? २ संवेग व्यावस्थापन भन्नाले के बुझिन्छ? ३ अन्त्य टिप्पणी भन्नाले के बुझिन्छ? एक वाक्यमा लेख्नुहोस। ४ तथ्याङ्क  व्यावस्थापन भनेको के हो? ५ भौगोलिक सुचना प्रणाली(GIS) भनेको के हो? ६ वर्ग निर्माणका कुनै दुई आधार उल्लेख गर्नुहोस। ७ नेपालमा कति तहको सरकार छ ?लेख्नुहोस। ८ नेपाल सरकारले तर्जुमा गरेका कुनै दुइओटा बिदेश नितिहरु लेख्नुहोस। ९ BIMSTEC को पूरा रुप लेख्नुहोस। १० नेपालको बैदेशिक व्यापार किन घाटामा छ ?कुनै दुइओटा कारणहरु उल्लेख गर्नुहोस। ११ साधारण शिक्षा र प्राविधिक शिक्षाबिचको एक फरक लेख्नुहोस। समूह ख छोटो उत्तर दिनुहोस १२ विश्व स्वास्थ्य  सङ्गठनले जीवनौपयोगी शिपहरुलाइ कति भागमा वर्गिकरण गरेको छ? उल्लेख गर्नुहोस। अथवा शाव्दिक प्रस्तुतिकरणलाइ प्रभावकारी बनाउने कुनै पाँच

सेट ग बिषय: सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा नमुना प्रस्न पत्र कक्षा 12

  सेट ग बिषय:  सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा                                                                                                      नमुना प्रस्न पत्र   कक्षा 12    पुणाङ्क 75                समय  3 घन्टा समूह क अति छोटो उत्तर दिनुहोस १ जीवन उपयोगी शिक्षाको परिभाषा दिनुहोस २ पुर्विय चिन्तन भन्नाले के बुझिन्छ? ३ अध्यन प्रस्तावना भनेको के हो? एक वाक्यमा लेख्नुहोस। ४ समानुभुतिसिपका मुख्य तत्वहरु मध्य कुनै दुई तत्वहरु लेख्नुहोस। ५ विपतलाइ एकवाक्यमा परिभाषित गर्नुहोस। ६ स्थानिय ज्ञान भन्नाले के बुझ्नु हुन्छ? एक वाक्यमा लेख्नुहोस। ७ नेपालको कानुन अनुसार जनसंख्याको आधारमा हिमालको शहरिकरणको मापदण्ड  उल्लेख गर्नुहोस। ८ गाउँ शहर सम्बन्ध भन्नाले के बुझ्नुहुन्छ? एक वाक्यमा लेख्नुहोस। ९ बसाइसराइको धार भनेको के हो?एक वाक्यमा उल्लेख गर्नुहोस। १० आप्रवासी कामदारहरुले भोग्नु परेका मुख्य दुई समस्याहरु लेख्नुहोस। ११ नेपालको आर्थिक विकासका कुनै दुइ अवरोधहरुको नाम लेख्नुहोस। समूह ख छोटो उत्तर दिनुहोस १२ मानिसले आफैले गणना गर्नुभन्दा कम्प्युटर सफ्टवेयर प्रयोग ग

एकाइ १० कक्षा११ पाठ :२ सार्वजनिक, निजी तथा सहकारी क्षेत्र

  एकाइ १० कक्षा११ पाठ :२ सार्वजनिक, निजी तथा सहकारी क्षेत्र देश विकास गर्नका लागि  क्रियाशील भएका हुन्छन्  नेपालमा यी तीनओटै क्षेत्रबिच एकआपसका सहकार्य गरी जनतालाई बढीभन्दा बढी सुविधा दिने नीति अपनाइएको छ जसलाई तीन खम्बे नीति भनिन्छ । (क) सार्वजनिक क्षेत्र सार्वजनिक क्षेत्रलाई सरकारी क्षेत्र भनिन्छ । सरकारसँग राष्ट्र विकासका लागि दूरदृष्टि, योजना, स्रोत र साधनहरू उपलब्ध हुन्छन् । स्रोत र साधनको परिचालन गर्नका लागि संविधान, कानुन, मानव संसाधन र जनताद्वारा प्रदान गरिएको शक्ति पनि हुन्छ र बजेट खर्च गर्ने अधिकार पनि हुन्छ । सरकारले देश निर्माणका लागि नीति,योजना, रणनीति तथा मापदण्डको तर्जुमा गर्दछ । सोहीअनुसार विभिन्न निकायमार्फत विकास निर्माण र सामाजिक सेवाका कार्यहरू सञ्चालन हुन्छन् । सार्वजनिक क्षेत्रले समग्र विकास प्रयासमा निजी, सहकारी, सामुदायिक र गैरसरकारी क्षेत्रको लगानी र सहभागिताका लागि समेत उत्प्रेरणा प्रदान गर्दछ । यसले उच्च, दिगो र समावेशी आर्थिक वृद्धि र स्थायित्व कायम गर्न लगानीको वातावरण निर्माण गर्दछ । नेपालमा सार्वजनिक क्षेत्रको लगानीका लागि तीन तहका सरकारहरू

एकाइ १० कक्षा ११ पाठ :१ नेपालको अर्थतन्त्रका आधार र विशेषताहरू

  एकाइ १० कक्षा ११ पाठ :१ नेपालको अर्थतन्त्रका आधार र विशेषताहरू १. नेपालको अर्थतन्त्रका आधार विश्वमा पाइने धेरै प्रकारका हावापानी, वनस्पति र धरातलीय स्वरूप यहाँ पाइन्छन् । नेपालमा प्रशस्त जल विद्युत् निकाल्न सकिने अपार जल स्रोतको भण्डार  रहेको छ। हावापानी र प्राकृतिक सुन्दरताका कारण पर्यटन व्यवसायको पनि ठुलो सम्भावना रहेको छ । औद्योगिकीकरणको पनि उत्तिकै सम्भावना छ । यति ठुलो सम्भावना भएर पनि नेपालले त्यसको पर्याप्त उपयोग गर्न अझै धेरै काम गर्न बाँकी छ । हालको नेपालको अर्थतन्त्रलाई विश्लेषण गर्दा अर्थतन्त्रका आधारहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ : (क) कृषि नेपालमा ६०.४ प्रतिशत जनसङ्ख्या कृषिमा आबद्ध छन् अधिकांश नेपालीहरू कृषिलाई सुरक्षित पेसा मान्दछन् किनकि कृषिमा थोरै लगानीमा नै निर्वाहका लागि आवश्यक खाद्यवस्तु प्राप्त गर्न सकिन्छ । नेपालका अधिकांश कृषकको आफ्नै जग्गा भएका कारण पनि यो पेसाबाट बाहिरिन नेपाली कृषकहरूलाई कठिन भएको देखिन्छ । नेपालमा कुल गार्हस्थ उत्पादनमा २७.६ प्रतिशत योगदान कृषिको रहेको छ । त्यसैले नेपालको अर्थतन्त्रको मूल आधार कृषि नै हो भन्न सकिन्छ ।

सेट ख नमुना प्रस्न पत्र कक्षा 12

 सेट ख नमुना प्रस्न पत्र   कक्षा 12  बिषय:  सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा                                                                                                     पुणााङ्क 75                समय  3 घन्टा समूह क अति छोटो उत्तर दिनुहोस १ प्रतिलिपी अधिकार भन्नाले के बुझिन्छ? २ आत्मामुल्याङ्कनका दुइओटा महत्वहरु उल्लेख गर्नुहोस। ३ समस्या पहिचान भन्नाले के बुझ्नु हुन्छ? एक वाक्यमा लेख्नुहोस। ४ अरुको दुखलाइ आफ्नै दुख झै ठानेर व्यावहार गर्नु कुन जीवन उपयोगी सीप हो ५ समानता र समताबिचको एक भिन्नता लेख्नुहोस। ६ धर्म निरपेक्षताको अर्थलाइ एक वाक्यमा स्पष्ट पार्नुहोस। ७ कस्तो अवस्थामा संयुक्त सङघिय सरकारको गठन हुन्छ?एक वाक्यमा लेख्नुहोस। ८शहरिकरणका कुनै दुई अवसरहरु उल्लेख गर्नुहोस। ९ बसाइँसराइका कुनै दुई आर्थिक प्रभावहरु लेख्नुहोस। १०बिप्रेषणलाइ किन राष्ट्रीय आयको स्थाइ स्रोत मान्न सकिन्न? ११ शिक्षाले समुदायको विकासमा खेल्ने कुनै एक भुमिका लेख्नुहोस। समूह ख छोटो उत्तर दिनुहोस १२ समानुभुती सीप सिक्नाले तपाइको जीवनमा हुने पाँच फाइदाहरु उल्लेख गर्नुहोस् । अथवा तपाइक

कक्षा ११ पाठ :८ उमेर संरचनाको सङ्क्रमण र जनसाख्यिक लाभांशको उपयोग

  कक्षा ११ पाठ :८ उमेर संरचनाको सङ्क्रमण र जनसाख्यिक लाभांशको उपयोग जनसाङ्ख्यिक घटना (जन्म र मृत्यु) का कारणले जनसङ्ख्या वृद्धिदर पनि उच्च, निम्न र स्थिर हुन्छ । यिनै जनसाङ्ख्यिक घटनाका प्रभावले गर्दा जनसङ्ख्या वृद्धिदर एउटा अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुँदै जान्छ । यही प्रक्रियालाई जनसाङ्ख्यिक सङ्क्रमण भनिन्छ। सन् १९४५ मा F.W. Notyestein ले पहिलो पटक Demographic Transition शब्दको प्रयोग गरेका थिए । जनसाङ्ख्यिक सङ्क्रमणलाई निम्नलिखित तीन भागमा विभाजन गरी व्याख्या गर्न सकिन्छ : (क) प्रारम्भिक अवस्था यो जनसाङ्ख्यिक सङ्क्रमणको पहिलो अवस्था हो । यसमा जन्मदर र मृत्युदर दुवै उच्च हुने हुनाले जनसङ्ख्या बिस्तारै वृद्धि भइरहेको हुन्छ । (ख) मध्य अवस्था यो जनसाङ्ख्यिक सङ्क्रमणको दोस्रो अवस्था हो । यस अवस्थामा व्यक्तिहरू शिक्षित हुनुका साथै स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति भएका कारण मृत्युदरमा निकै कमी आइसकेको हुन्छ तर व्यक्तिका अभिवृत्ति तथा व्यवहारमा खासै परिवर्तन नआइसकेको हुनाले जन्मदर भने उच्च नै रहन्छ । त्यसकारण जनसङ्ख्या तीव्र रूपले वृद्धि भएको हुन्छ । यस अवस्थालाई व

कक्षा ११ एकाइ ९ पाठ :3 जनसङ्ख्या र विकास (बाकी)

  नेपालमा प्रादेशिक विकास र जनसङ्ख्याको प्रादेशिक वितरण कुनै पनि देशको भौगोलिक तथा प्रशासनिक क्षेत्रका आधारमा छरिएर रहेको जनसङ्ख्यालाई जनसङ्ख्याको प्रादेशिक वितरण भनिन्छ । नेपाललाई प्राकृतिक संरचनाका आधारमा हिमाल, पहाड र तराई गरी तीन क्षेत्रमा विभाजन गरिएको छ । त्यसैगरी, सङ्घीय संरचनाका आधारमा सात प्रदेशमा विभाजन गरिएको छ । यी भौगोलिक तथा प्रशासनिक क्षेत्रको भौगोलिक, आर्थिक र सामाजिक विविधताका कारण जनसङ्ख्याको वितरण सबै प्रदेशमा समान छैन । भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्याको वितरण २०६८ हिमाल  १७,८१, ७९२ पहाड   १,१३,९४,००७ तराई १,३३, १८, ७०५ जम्मा २,६४,९४,५०४ प्रतिशत ६.७३ हिमाल ४३.०१पहाड ५०.२७ तराई १००.०० जम्मा हिमाली प्रदेशमा विषम हावापानी, कठिन भौगोलिक अवस्था र पूर्वाधारको कमीका कारण जनसङ्ख्या पातलो छ । त्यसमा पनि सुविधाको खोजीमा त्यहाँबाट अन्यत्र बसाइँसराइ गर्नाले त्यहाँको जनसङ्ख्या घट्दो क्रममा छ । पहाडी प्रदेशमा पनि कठिन भूबनोट, उत्पादकत्वमा कमी, जनशक्ति पलायनका कारण विकासले गति लिन नसकेको, कमजोर भूबनोटका कारणले सडकलगायतका पूर्वाधारहरू छिटो छिटो बिग्रने,

कक्षा ११ एकाइ ९ पाठ :3 जनसङ्ख्या र विकास

  कक्षा ११ एकाइ ९ पाठ :3 जनसङ्ख्या र विकास जनसङ्ख्या दुईओटा शब्दहरू 'जन' र 'सङ्ख्या' मिलेर बनेको शब्द हो । यसमा 'जन' को अर्थ मानिस र ‘सङ्ख्या'को अर्थ गणना गर्दाको परिमाण भन्ने हुन्छ । यसका आधारमा जनसङ्ख्याको अर्थ गणना गर्दा आउने मानिसहरूको परिमाण भन्ने बुझिन्छ । अतः कुनै खास ठाउँमा कुनै निश्चित समयमा बसोबास गर्ने मानिसहरूको कुल सङ्ख्यालाई जनसङ्ख्या भनिन्छ। विकासको शाब्दिक अर्थ उन्नति वा प्रगति हो । कुनै व्यक्ति, संस्था, समाज वा राष्ट्रको भौतिक, मानसिक, बौद्धिक उन्नति हुनुलाई विकास भनिन्छ । मानवीय चाहनाहरू परिपूर्ति गरी सुख, सुविधा बढाउन विद्यमान प्राकृतिक, भौतिक, मानवीय र सांस्कृतिक स्रोतहरूको रचनात्मक, सकारात्मक र सन्तुलित रूपमा प्रयोग गरी जीवनमा सुधार ल्याउनु नै विकास हो । विकास एक गतिशील प्रक्रिया हो । जनसङ्ख्या र विकास एकअर्काका पूरक हुन् । यी दुवैबिच अन्योन्याश्रित सम्बन्ध रहेको छ । जनसङ्ख्या विकासको आधारभूत तत्त्व हो । जनसङ्ख्याले देशमा उपलब्ध स्रोतसाधनको परिचालन गरी विकासको गतिलाई अगाडि बढाउन मदत गर्दछ । जनसङ्ख्याको वृद्धिसँगै मानिसले जी

कक्षा ११(ख) सहरी बस्ती (Urban Settlement):

  (ख) सहरी बस्ती (Urban Settlement): सहरको अङ्ग्रेजी शब्द Urban, Latin भाषाको Urbs बाट आएको हो । यसको अर्थ नगर अथवा नगरसँग सम्बन्धित हुन्छ । सामान्यतया सहरी बस्ती सेवा उद्योग, व्यापार, पर्यटन आदिमा आधारित हुन्छ। कुनै बस्ती सहर हुनका लागि देशअनुसार फरक फरक मापदण्ड निर्धारण गरिएको पाइन्छ। नेपालमा हिमाली क्षेत्रमा १०,०००, पहाडी क्षेत्रमा ४०, ००० भित्री मधेसमा ५०,००० तराईमा ७५,००० हजार र काठमाडौँ उपत्याकामा १,००,०००, जनसङ्ख्यासहित नगरीय सेवा तथा सुविधाहरू,जस्तै : विद्युत्, सडक, खानेपानी, सार्वजनिक उद्यान, नगर सभागृह भएको अर्धसहरी क्षेत्रलाई नगर घोषणा गरिन्छ । तसर्थ सहरी बस्तीलाई परिभाषित गर्न कठिन छ । यद्यपि केही विद्वान्हरूले आआफ्नै ढङ्गबाट १. A.B. Gallion का अनुसार : “सहर भन्नाले त्यस ठाउँमा बस्ने सम्पूर्ण बासिन्दाहरू, बस्नका लागि घरहरू, किनबेचका लागि पसल, हिँड्नका लागि सडक (गल्ली) र व्यापारका लागि स्थान उपलब्ध भएको क्षेत्रलाई जनाउँछ ।” Von Richthofen का अनुसार : "सहरले त्यस्तो क्षेत्र समावेश गरेको हुन्छ, जहाँ कृषिभन्दा फरक मुख्य पेसाका रूपमा व्यापार र उद्योग हुन्

कक्षा ११ एकाइ ९ पाठ १ मानव वस्ती

  कक्षा ११ एकाइ ९ पाठ १ मानव वस्ती मानिसको बसोबास भएको ठाउँ, टोल, गाउँ, सहर आदिलाई मानव बस्ती भनिन्छ । मानव बस्ती जमिनमा प्रत्यक्ष रूपमा देख्न सकिने एक सांस्कृतिक भुस्वरुप हो। Jean Brunhes का अनुसार घर मानिसको खानापछिको दोस्रो आवश्यकता हो । उनका विचारमा खाना प्रथम जैविक आवश्यकता हो भने निद्रा दोस्रो जैविक आवश्यकता हो । चाहे त्यो सामान्य झुपडी होस् या ठुला महल, सुत्नका लागि मानिसलाई घरको आवश्यकता पर्दछ । Ellsworth Huntington का अनुसार घर मानिसको खाना र कपडापछिको तेस्रो आवश्यकता हो । यसले आश्रय मात्र दिने होइन जङ्गली जनावर, घाम, पानी, हावा, हुरी आदिबाट जोगाउँछ । R.L. Sing का अनुसार : बस्न, प्रयोग गर्न, कुनै कुरा सञ्चित गर्न आदि जुनसुकै उद्देश्यका लागि निर्माण गरिएका घर तथा सडक गल्ली नै बस्ती हुन् । यी सबैका भनाइका आधारमा मानिसको बसोबास भएको ठाउँ, टोल, गाउँ, सहर आदिलाई बस्ती भनिन्छ ।बस्तीले मानिस र प्राकृतिक वातावरणबिचको सम्बन्धलाई उजागर गर्दछ किनकि बस्ती निर्माणमा मानिसले विभिन्न भौतिक वस्तुहरूको प्रयोग गरेका हुन्छन् । यसले मानिसको भौतिक वस्तुको प्रयोग गर्ने क्षमतालाई समेत

कक्षा ११ पाठ : ३ नेपालको निर्वाचन प्रणाली

  कक्षा ११ पाठ : ३ नेपालको निर्वाचन प्रणाली  निर्वाचन आयोगले संविधान र सङ्घीय कानुनअन्तर्गत रही राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश सभाका सदस्य र स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्दछ । यसले निर्वाचनका लागि निम्ति मतदाताको नामावलीसमेत तयार गर्दछ । नेपालमा प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचनका लागि दुई किसिमको निर्वाचन प्रणालीको व्यवस्था गरेका छन् । एउटालाई पहिलो हुने निर्वाचित हुने प्रणाली भनिन्छ भने अर्कोलाई समानुपातिक प्रणाली भनिन्छ । पहिलो हुने निर्वाचित हुने प्रणालीअनुसार एक निर्वाचन क्षेत्र एक पदका आधारमा निर्वाचन हुन्छ । यसमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सदस्यमा निर्वाचित हुने प्रावधान छ । समानुपातिक निर्वाचन प्रणालीअनुसार प्रतिनिधि सभा सदस्यको हकमा सम्पूर्ण देशलाई र प्रदेश सभाको हकमा सम्बन्धित प्रदेशलाई एक निर्वाचन क्षेत्र मानिन्छ । यस प्रणालीमा आफूले चाहेको दललाई मतदान गरिन्छ । प्रत्येक दलले प्राप्त गरेको कुल मत सङ्ख्याको अनुपातमा त्यस्तो दल

कक्षा ११ पाठ :२

  कक्षा ११ पाठ :२ वर्तमान संविधानका राजनितिक कानुनि आर्थिक र सांकृतिक विशेसताहरु। जनताका आर्थिक, राजनीतिक, सांस्कृतिक र कानुनी अधिकारहरूको संरक्षण गर्दै देशलाई एक सार्वभौम र समृद्ध राष्ट्रका रूपमा सञ्चालन गर्न संविधानको भूमिका महत्वपुर्ण हुन्छ । यस संविधानका विशेषताहरू निम्नलिखित छन् : (क) राजनीतिक विशेषता वर्तमान संविधानको राजनीतिक, कानुनी, आर्थिक र सांस्कृतिक विशेषता (अ) राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको व्यवस्था गरिएको (आ) तीन तहमा राज्यशक्तिको बाँडफाँड गरिएको (इ) गणतान्त्रिक व्यवस्थाअन्तर्गत राष्ट्रिपति र उपराष्ट्रपतिको व्यवस्था रहेको (ई) कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबिचमा शक्ति सन्तुलन एवम् नियन्त्रणको व्यवस्था (उ) बहुदलीय प्रतिस्पर्धा र बालिक मताधिकारको प्रत्याभूत गरिएको (ऊ) दलसम्बन्धी व्यवस्था रहेको (ॠ) आवधिक निर्वाचनको प्रावधान रहेको (ख) कानुनी विशेषता (अ) कानुनी शासनको प्रत्याभूत गरिएको (आ) कानुन बनाउने अधिकार संसद्मा निहित रहेको (इ) मौलिक हकको हनन भएमा संवैधानिक उपचारको हकको व्यवस्था रहेको (ई) न्यापालिकाका रूपमा सङ्घमा सर्वोच्च अदालत, प्

नमुना प्रस्न पत्र कक्षा12

 क बाट 5 ओटा ख बाट 3 ओटा र ग बाट 1 गर्नु होस सेट क  बिषय:  सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा                                                                                          नमुना प्रस्न पत्र   कक्षा 12    पुणाङ्क 75       समय  3 घन्टा समूह क अति छोटो उत्तर दिनुहोस १ सामाजिक अध्यायन विषयको प्रमुख उदेश्य के हो? २ तथ्याङ्क भन्नाले के बुझिन्छ? ३ स्वतन्त्र चर र निर्भर चरका एक एक ओटा उदहरण दिनुहोस। ४ स्वरुपान्तरणको परिभाषा एक वाक्यमा दिनुहोस। ५ सामाजिक सम्बन्ध भनेको के हो? परिभाषित गर्नुहोस। ६ अन्तरप्रादेशिक सम्बन्धका कुनै दुई आयामहरु के के हुन? लेख्नुहोस ७ नागरिक अधिकार भनेको के हो? ८ किशोराअवस्थामा हुने एक शारिरिक र एक मानसिक परिवर्तनहरु लेख्नुहोस। ९ फौजदारी अभियोग कस्तो प्रकारको अभियोग हो? लेख्नुहोस। १० सुचनाको हकअन्तर्गत पर्ने कुनै दुई अधिकार के के हुन ? लेख्नुहोस। ११ सामाजिक जवाफदेहिता भनेको के हो? लेख्नुहोस। समूह ख छोटो उत्तर दिनुहोस १२ सामाजिक अनुसंधानमा समस्या निर्माण गर्दा ध्यान दिनुपर्ने कुनै पाँच कुराहरु उल्लेख गर्नुहोस। अथवा सामाजिक अध्ययन तथा जी

आधुनिक कालको अर्थतन्त्र, कानुन र संस्कृती

  ● आधुनिक कालको अर्थतन्त्र, कानुन र संस्कृती नेपालको इतिसासमा वि.सं . १८२५ देखि हालसम्मको समयावधिलाई आधुनिक काल भनिन्छ । यस कालखण्डको अर्थतन्त्र, कानुन, संस्कृति र कलाकौशललाई बेग्लाबेग्लै बुदागत रूपमा चर्चा गरिएको छ । • आर्थिक अवस्था (Economic Situation) पृथ्वीनारायण शाहले नेपाल तिब्बत व्यापार सुधार्ने प्रयास गरेका थिए • बहादुर शाहले भूमि व्यवस्था र कर प्रणालीमा सुधार गरेका थिए । भीमसेन थापाले पहाड र तराईको बाँझो जग्गालाई खेतीयोग्य बनाउन किसानहरूलाई प्रोत्साहन गरेका थिए । भीमसेन थापाले भूमिको वैज्ञानिक किसिमले नापी गराएर मालपोत सङ्कलन कार्य व्यवस्थित गरेका थिए । राणाशासन कालमा नेपालको बाह्य व्यापार भारत र तिब्बतसँग हुन्थ्यो । वि.सं . १९९३ मा पहिलो कम्पनी ऐन जारी भएपछि विराटनगर जुटमिलको स्थापना भयो र औद्योगिकीकरणको सुरू भयो । नेपालमा धेरैजसो उद्योगहरू जुद्धशमशेरको पालामा स्थापन भएका थियो । वि.सं . १९९४ मा नेपाल बैंक लिमिटेडको स्थापना भयो वि.सं . २००८ सालमा अर्थमन्त्री सुवर्ण शमशेरको पालामा पहिलो पटक बजेट निर्माण भयो । वि.सं . २०१३ मा नेपाल राष्ट्र बैंकक
 अन्तरिम संविधानमा तोकिएको मितिमा संविधान बन्न सकेन र वि.सं . २०६९ जेठ १४ मा विघटन भयो र पुनः वि.सं . २०७० मंसिर ४ मा संविधान सभाको निर्वाचन भयो ।वि.सं . २०७२ बैशाख १२ मा विनाशकारी भूकम्प गएपछि सबै दलहरू एकै ठाउँमा आएपछि नेपाली काँग्रेसको नेता सुशील कोइरालाको नेतृत्वको सरकारले सबै दलहरूबिचमा सहमति जुटाई वि.सं . २०७२ असोज ३ गते संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भयो । त्यसपछि दोस्रो जनआन्दोलनको भावनाअनुसार नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र मुलुकको रूपमा स्थापित भयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक काल, वि.सं . २०७२ देखि हालसम्म (Federal Democratic Republic Period) वि.सं . २०७२ को नेपालको संविधान घोषणापछि नेपालमा ७ प्रदेश र ७५३ ओटा स्थानीय तह रहने गरी राज्यको पुनर्संरचना गरियो । वि.सं . २०७४ बैशाख ३१, असार १४ र असोज २ गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भयो । वि.सं . २०७४ मंसिर १० र मंसिर २१ मा प्रतिनिधि सभा र ७ ओटै प्रदेश सभाको निर्वाचन भयो । यो निर्वाचनमा नेकपा एमाले सबैभन्दा ठुलो दल बन्न पुग्यो तर उक्त दलभित्र नेतृत्वमा अनेक खालका व्यक्तिग
 एकीकरण पछिको राज्य सात्ता continue दशरथ चन्द,शुक्रराज शास्त्री) लाई फाँसीको सजाय भयो बि.स. २००६ मा नेपालीकाङ्ग्रेसको नेतृत्वमा सशत्र युद्ध गरी वि.स. २००७ सालमा दिल्ली सम्झौता भई १०४ वर्षको राणाशासन सधैका लागि अन्त्य भयो । क्रमणकालीन अवधि, वि.स. २००७-२०१७ (Transitional Period) वि.सं . २००७ फागुन ७ गते राजा त्रिभुवनले नेपालमा १०४ वर्षे राणा शासन अन्त्य भएको घोषणा गरे । वि.स. २००७ सालमै अन्तरिम शासन विधान जारी भई देशमा पहिलोपल्ट संवैधानिक शासन व्यवस्था लागु वि.सं . २०११ सालमा राजा त्रिभुको मृत्युपछि राजा महेन्द्र नेपालका राजा भए । वि.स. २०१५ मा राजा महेन्द्रले केही विज्ञहरूको सहयोगमा संविधान बनाई जारी गरे र सोही संविधानअनुसार नेपालमा पहिलोपटक आम निर्वाचन भयो । जुन निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत ल्याई विजयी भयो । वि.पी . कोइरालाको नेतृत्वमा प्रथम जननिर्वाचित मन्त्रिमण्डल बन्यो । प्रजातान्त्रिक सरकारको देश विदेशमा प्रभाव बढेको राजा महेन्द्रलाई मन नपरेपछि अनेकौं आरोप लगाई वि.सं . २०१७ पुस १ गते मन्त्रिमण्डल भङ्ग गरी सबै राजनीतिज्ञहरूलाई जेल हाले र ब
  एकीकरणपछिको राज्य सत्ता State Power after Unification एकीकरणपछिको नेपाल (Nepal after Unification) नेपाल एकीकरणको काम समाप्त भएपछि नेपालको दरबार षडयन्त्रको भुमरीमा फस्यो । त्यसपछि नेपालको राज्य सत्ता तथा सेना कमजोर हुन थाल्यो । वि.सं . १८७१ मा नेपाल अङ्ग्रेज युद्ध भयो र वि.सं . १८७२ मा नेपाल र अङ्ग्रेजबिच सुगौली सन्धि भयो र नेपालले एक तिहाइ भूभाग गुमायो त्यसपछि नेपालको सिमाना मेची र काली नदीका बिचमा सीमित हुन गयो । राणाकाल अघि(Prior Rana Period) ● पृथ्वीनारायण शाहको मृत्युपछि नेपालको राजदरबारमा षड्यन्त्र सुरू हुन थालेको, सानो उमेरमा राजा हुने, नायब शासन चल्ने गरेको अवस्थाको फाइदा उठाई भारदारहरू शक्तिशाली हुन थालेका थिए । • रणबहादुर शाह अढाइ वर्षमा, गीर्वाणयुद्ध विक्रम शाह दुई वर्षमा र राजेन्द्रविक्रम पनि सानैमा राजा भएका थिए • रणबहादुर शाह नाबालक हुदा बहादुर शाह र राजेन्द्रलक्ष्मी मुख्तियार भई शासन गरेका, गीर्वाणयुद्ध विक्रम शाहको मुख्तियार भई उनका रानी सुवर्णप्रभा, राजराजेश्वरी र स्वयम् रणबहादुरले नायब भएर काम गरेका थिए । रणबहादुर शाहको हत्या भएपछि गीर्वाणयुद्धको

पृथ्वीनारायण शाहको एकीकरण अभियानका महत्त्वपूर्ण घटनाहरू (Major Events of Unification Campaign of Prithivi Narayan Shah)

  पृथ्वीनारायण शाहको एकीकरण अभियानका महत्त्वपूर्ण घटनाहरू (Major Events of Unification Campaign of Prithivi Narayan Shah) पृथ्वीनारायण शाहको राज्यरोहण : वि.सं . १७९९ साल नुवाकोट विजय : वि.सं . १८०१ (२ पटक आक्रमण) ३. कीर्तिपुर विजय : वि.सं . १८१४ पहिलो, वि.सं . १८२१ दोस्रो र वि.सं . १८२२ मा तेस्रो पटकमा सफल मकवानपुर विजय: वि.सं . १८१९ साल कान्तिपुर विजय : वि.सं . १८२५ असोज १३ गते इन्द्रजात्राको दिन पाटन विजय : वि.सं . १८२५ असोज २४ गते भादगाउँ विजय: वि.सं . १८२६ मंसिर १ गते विजयपुर विजय: वि.सं . १८३१ साल पृथ्वीनारायण शाहको मृत्यु : वि.सं . १८३१ माघ १ गते । पृथ्वीनारायण शाहको मृत्युपछि भएका नेपाल एकीकरणका प्रयासहरू (Efforts to Unified Nepal after Prithivi Narayan Shah) पृथ्वीनारायण शाहको मृत्युपछि पनि एकीकरण अभियानलाई उनकी जेठी बुहारी राजेन्द्र लक्ष्मी र कान्छा छोरा बहादुर शाहद्वारा संयुक्त रूपमा निरन्तरता दिइयो । उनीहरूले कुशलतापूर्वक एकीकरणको कार्यभार सम्हाले र नेपाल एकीकरणमा ठुलो योगदान गरे । बहादुर शाहले नेपालको पश्चिमतर्फको ठुलो भूभाग नेपालमा