११ Class पाठ :3 जाति, जनजाति १जाति बृहत् नेपाली शब्दकोशमा जाति शब्दलाई शारीरिक बनावट, आकारप्रकार, गुण, स्वभाव आदिका आधारमा छुट्टिने वा चिनिने समुह भनी परिभाषित गरिएको छ यो जन्मका आधारमा स्थापित हुन्छ, जस्तै मङ्गोल, आर्य आदि । नेपाल बहुजातीय मुलुक हो यहाँ सयौँ जातिहरू रहेका छन्। २.जनजाति आफ्नै धर्म, भाषा, संस्कृति, परम्परा एवम् रीतिरिवाज भएका र कुनै निश्चित भौगोलिक क्षेत्रमा बसोबास गर्ने जातिलाई जनजाति भनिन्छ । तामाङ, गुरुङ, राई, लिम्बु, मगर, शेर्पा, नेवार, भोटे, थकाली, चेपाङ, थारु, पहरी आदि जनजातिहरू हुन् विगतमा हाम्रो समाजमा जातजातिका आधारमा भेदभाव गर्ने प्रचलन थियो । हालका केही दशकदेखि देशको संविधान र कानुनहरूले त्यस्तो भेदभाव गर्न नपाइने व्यवस्था गरेको छ । त्यसैले हामी आज आफ्नो जातीय पहिचान कायम राख्दै नेपाली हुन पाएकामा गर्व गर्न थालेका छौं । ३. पहिचान हरेक व्यक्तिको आफ्नो पहिचान हुन्छ । उसले जहिले पनि आफ्नो पहिचान खोजिरहेको हुन्छ । यस्तो पहिचान व्यक्तिगत, लैङ्गिक, जातिगत, राष्ट्रिय, सांस्कृतिक, धार्मिक, भौगोलिक क्षेत्रीय, राजनीतिक, आर्थिकलगायत विविध प्र...