शाब्दीक जानकारीलाई प्रस्तुत गर्ने तरिका

 इकाइ: २

पाठ: ९
शाब्दीक जानकारीलाई प्रस्तुत गर्ने तरिका
परिचय
प्रतिवेदन लेखनमा विशेष अर्थ दिने प्राविधिक र भाषिक शब्दहरुको जानकारी पाठवलाई प्रस्तुत गर्ने तरिकालाई शाब्दीक जानकारी भनिन्छ । यसरी अनुसन्धान प्रस्तवाना प्रतिवेदनमा प्रयोग भएका विशिष्ट पद वा पदावली र संक्षिप्त रूपको अर्थ स्पष्ट गराउनु पर्दछ जसलाई निम्न तरिकाले शाब्दिक जानकारी प्रस्तुत गरिन्छः
संक्षिप्त रूपको प्रयोग
बनिसकेका शब्दको छुट्टाछुट्टै अर्थ लगाउनु पर्ने गरि संक्षिप्त रूपको प्रयोग गर्नाले समयको बचत र अनुसन्धाननाई छोटो बनाउन सकिन्छ।
जस्तैःUNDP (United Nations Development Program)
प.नि.का (परिक्षा नियन्त्रण कार्यलय)

यसरि पहिलो पटक शब्दको अर्थ जानकारी गराइन्छ भने दोस्रो पटक देखि
यसको छोटो रूपमात्र प्रयोग गर्दा हुन्छ । छोटो रुपको सूची तयार गर्दा क्रम अनुसार पहिले एउटा भाषाको सूची तयार गरिसके पछि अर्को भाषाको प्रयोग गर्नुपर्दछ ।
प्राविधिक शब्दहरुको सूची
विशेष अर्थ दिने प्राविधिक क्षेत्रमा प्रयोग भएका शब्दहरूको अर्थ पाठक वर्गलाई सरल ढङ्गले बुझ्न सक्ने गरि प्रस्तुत गर्ने कार्य प्राविधिक शब्दको जानकारी हो । जस्तैः संस्थागत विद्यालय = निजी क्षेत्रको लगानीमा संचालित विद्यालय
कच्चा पदार्थ = कुनै पूनि वस्तुको उत्पादनको लागि
प्रयोग हुने आधारभूत वस्तु
पादटिप्पणी तथा अन्त्य टिप्पणी
कुनै विषयवस्तु बारे थप जानकारी दिन वा प्रतिलिपी अधिकार सम्बन्धी जानकारी दिन पृष्ठको तल दिइने विवरणलाई पादटिप्णि भनिन्छ । यसका लागि
मूल पाठमा भएका शब्दका पछाडी superscript मा अङ्क दिइन्छ र सोही अङ्क पृष्ठको तल  लेखि आवश्यक विवरण खुलाइन्छ ।
अन्त्य टिपप्पणी
विषयवस्तु बारे थप जानकारी दिन प्रस्तावना वा लेख रचनाको अन्त्यमा दिइने विवरणलाई अन्त्य टिपप्पणी भनिन्छ । यसका लागि मूल पाठमा भएका शब्दका पछाडी Superscript मा रोमन अङ्क दिइन्छ र सोही सूची पछि लेखी त्यसको विवरण खुलाइन्छ ।

Comments